Tuesday, April 27, 2021

भूटानी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह “किनाराको प्रश्न” को लोकार्पण तथा परिचर्चा



साहित्य परिषद् भूटानको आयोजना तथा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा साहित्य परिषद् भूटानको प्रकाशन ‘समकालीन भूटानी नेपाली कथा’ तथा भूटानी कवि तुम्बेहांग लिम्बुको कविता सङ्ग्रह “किनाराको प्रश्न” को लोकार्पण तथा परिचर्चा सम्पन्न भयो।

गोपिन्द्र पौडेलले कथा सङ्ग्रहमाथि चर्चा गरे भने सीता शर्मा र श्रावण मुकारुङले कविता सङ्ग्रहमाथि प्रकाश पारेका थिए। त्यस्तै निनु चापागाईंले दुवै कृतिमाथि विमर्श गरेका थिए ।

स्रष्टा बलराम तिम्सिनाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा साहित्यसाधकहरू प्राज्ञ मातृका पोख्रेल, प्राज्ञ अमर गिरी, इस्माली, आहुति, रावत, स्वप्नील, स्नेह सहमी, लक्ष्मी माली, घनश्याम शर्मा, खेम थपलिया, हिरामणी दुखी, राजकुमार हिङमाङ, अभय श्रेष्ठ, देवेन्द्र थुम्केली, रामप्रसाद ज्ञवाली, मित्रलाल पंग्ली, लगायतको सराहनीय एवं बौद्धिक उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार भूटानी परिप्रेक्षमा लेखिँदै गरेको नेपाली साहित्यका सन्दर्भमा प्रकाश पर्नुका साथै मूलधार नेपाली साहित्यमा भूटानी नेपाली साहित्यको उपस्थितिको खोजी उक्त कार्यक्रमको मूल लक्ष्य रहेको थियो।

“समकालीन भूटानी नेपाली कथा”मा सोह्र जना भूटानी कथाकारका एक-एकवटा गरी जम्मा सोह्रवटा कथाहरू सङ्ग्रहित छन् भने “किनाराको प्रश्न” कवि लिम्बुको एकल कविता सङ्ग्रह हो। साहित्य परिषद् भूटानले प्रकाशित गरेका यी दुवै कृतिहरूको गत महिना सिनसिनाटी, अमेरिकामा एक भव्य कार्यक्रमबिच विमोचन गरिएको थियो।

www.bhutaneseliterature.com  बाट साभार 

No comments: