Thursday, September 14, 2017

अनेसासका अध्यक्ष विश्वकर्मा सम्मानित, विशेष साहित्यिक समारोह सम्पन्न



काठमान्डौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय समितिले २०७२ जेठ २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विशेष साहित्यिक समारोहको आयोजना गरी समाजबाट प्रकासित अन्तर्दृष्टि (अनेसासको साहित्यिक प्रकासन अंक ३९) को लोकार्पण तथा भूकम्प पीडित स्रष्टाहरुलाई राहत प्रदान गर्न समिति घोषणा तथा सांगीतिक समारोहको आयोजना गर्यो |सोही समारोहमा अनेसास नेपाल च्याप्टरले केन्द्रीय अध्यक्ष पदम विश्वकर्मालाई सम्मान पनि प्रदान गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको सो समारोहको अध्यक्षता अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजनले गीतहरु प्रस्तुत गर्नु भएको थियो भने कुलपति गङ्गा प्रसाद उप्रेती, अनेसास अध्यक्ष पदम विश्वकर्मा, वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, अनेसासका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडीले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा भूकम्पको शोकलाइ शक्तिमा बदल्दै काम सरु गर्ने संदेश व्यक्त गरिएको थियो ।

सोहि कार्यक्रममा भूकम्प पीडित स्रष्टाहरुलाई राहत प्रदान गर्न गठित समितिका सदस्यहरुलाई मनोनयन पत्र पनि प्रदान गरिएको थियो । सो समितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद सदस्य मात्रिका पोखरेल (संयोजक), सदस्यहरुमा साहित्यकारहरु प्रतिक ढकाल, कृष्ण प्रसाई र फुलमान बल तथा सदस्य सचिवमा सन्ध्या पहाडी रहनु भएको छ ।


http://www.news.sahityasansar.com बाट साभार 

No comments: