Friday, September 15, 2017

दबाबका सामु नझुक्न २९ प्रगतिशिल संघ–संस्थाको माग

काठमाडौं– विभिन्न प्रगतिशिल संघ–संगठनहरुले छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष आव्हान गरेका छन् । २९ वटा प्रगतिश संघ–संगठनले शनिवार संयुक्त विज्ञप्ती जारी गरेर दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न माग गरेका छन् ।

‘अन्तर्राष्ट्रिय विधि, परम्परा र कानुनको ठाडो उल्लङ्घन गर्दै भूपरिवेष्टित छिमेकी राष्ट्र नेपालको जनजीवनलाई नै तहसनहस पारी आफ्नो प्रभुत्व जमाउने, एकपक्षीय हित र स्वार्थ पूरा गर्ने तथा प्राकृतिक स्रोत र साधनहरूको अन्यायपूर्ण दोहन गर्ने मनसायले यो नाकाबन्दी गरिएको हो । ’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘यसो गर्नुमा हाम्रो प्रतिदिन बढ्दै गइरहेको राष्ट्रिय परनिर्भरता, खुला सीमानाको दुरुपयोग र सांस्कृतिक सम्बन्धको भ्रष्टीकरणले पनि काम गरेको छ । तसर्थ राज्यले राष्ट्रिय आत्मनिर्भरता र स्वावलम्बनको गुरुयोजना निर्माण गर्नु जरुरी छ ।
त्यसै गरी आधारभूत आवश्यकताका वस्तुहरूको एकपक्षीय परनिर्भरताले पनि यो उत्पीडनलाई सहयोग पु¥याएको छ ।’

विज्ञप्तीमा नेपालमा हाल भइरहेको भारतीय अघोषित नाकाबन्दी र अस्वाभाविक दबाबद्वारा सार्वभौमिकतामाथि नै हस्तक्षेप गरिएको भन्दै विरोध गरिएको छ । विज्ञप्तीमा नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गरिएको छ । ‘यसको तत्कालिक र दीर्घकालिक भरपर्दो विकल्प खोज्न, दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न हामी माग गर्दछौँ ।
नेपालीका घरआँगनमा आएका चाडपर्वको पूर्वसन्ध्यामा हामी राज्य समक्ष नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गर्दछौँ । ’ विज्ञप्तीमा भनिएको छ ।
उनीहरुले विज्ञप्तीमा छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि अपिल गरेका छन् । देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली स्रष्टा, संस्कृतिकर्मी तथा कलाकारहरूलाई यसको सशक्त विरोध र प्रतिवाद गर्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ । ‘देशलाई पराधीन बनाउने पुराना असमान सन्धि–सम्झौता खारेज गर्न र पुनः त्यस्ता सन्धि सम्झौता नगर्न पनि नेपाल सरकारलाई सजग गराउँदछौँ । ’ विज्ञप्तीमा छ ।

संयुक्त विज्ञप्ती निकाल्ने संघ– संस्थाहरु
(१) प्रगतिशील लेखक संघ : अमर गिरी
(२) देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठान :  निनु चापागाईँ
(३) इच्छुक सांस्कृतिक प्रतिष्ठान :  डा. जगदीश चन्द्र भण्डारी
(४) युद्धप्रसाद मिश्र प्रतिष्ठान :  वासुदेव अधिकारी
(५) घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान :  गणेश भण्डारी
(६) पारिजात स्मृति केन्द्र :  लक्ष्मी माली
(७) राष्ट्रिय जनसांस्कृतिक महासंघ :  खगेन्द्र राई
(८) अखिल नेपाल जनसांस्कृतिक महासंघ :  ईश्वरचन्द्र ज्ञवाली
(९) एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ :  मातृका पोखरेल
(१०) अखिल नेपाल जनसांस्कृतिक महासंघ :  खेम थपलिया
(११) जन साहित्यिक मञ्च :  विनोद मञ्जन
(१२) अखिल नेपाल लेखक संघ :  हिरामणि दुःखी
(१३) एकीकृत अखिल नेपाल लेखक संघ :  तेजविलास अधिकारी
(१४) साहित्य सन्ध्या :  भागवत आचार्य
(१५) प्रतिभा प्रवाह :  मित्रलाल पंज्ञानी
(१६) साहित्य सदन, नेपाल :  वसन्त रिजाल
(१७) रमेश विकल साहित्य प्रतिष्ठान :  विजय चालिसे
(१८) नागार्जन साहित्य प्रतिष्ठान :  प्रकाश सिलवाल
(१९) सिस्नुपानी नेपाल :  लक्ष्मण गाम्नागे
(२०) त्रिशूली वाङ्मय प्रतिष्ठान :  श्रीहरि फुँयाल
(२१) स्रष्टा समाज नेपाल :  अतृप्त पाण्डे
(२२) क्रान्तिकारी सांस्कृतिक विङ्स :  पुण्य गौतम ‘विश्वास’
(२३) उन्मुक्त पुस्ता :  कला अनुरागी
(२४) काव्यशिविर अभियान :  प्रोल्लास सिन्धुलीय
(२५) नेपाली साहित्य घर :  विष्णु भण्डारी
(२६) नेपाल साहित्यिक पत्रकार संघ :  रोचक घिमिरे
(२७) जनमत वाङ्मय प्रतिष्ठान :  मोहन दुवाल
(२८) रातो घर : स्नेह सायमी
(२९) अभियान साहित्य प्रतिष्ठान :  छायादत्त न्यौपाने

http://www.ratopati.com बाट साभार 

No comments: