Sunday, February 23, 2020

भवानीको सम्झनामा मितेरी उत्सव - रामप्रसाद पन्त

मानव जीवन, चुनौती र अवसरको दोसाँध रहेछ । 

हो, चुनौतिपूर्ण जीवन बाँच्न सकिएन भने जिउनुको ताŒिवक अर्थ नहुँदो रहेछ । अवसरलाई च्याप्प समाउन सकिएन भने अवसरले पर्खेर बस्दो रहेनछ । यसैले भनिएको रहेछ — ग्राहक र समय भगवान हुन्, यिनले पर्खेर बस्दैनन् ।

दश दिनको बीचमा तीनवटा यात्रा गर्नु मेरा लागि चुनौतीपूर्ण नै थियो । मेरा लागि त्यो अवसर पनि थियो । पैँसठ्ठी उकालिएको वयले धान्छ कि धान्दैन ! मैले चिन्ता गर्न थालिनँ । 

वास्तवमा मैले भोलिको चिन्ता गर्दिनँ, गर्ने पक्षमा पनि छैन । गर्न थालेँ भने मैले पाइला चाल्नै सक्तिनँ । भोलि मेरो होइन, भोलि मेरो हातमा छैन भने किन चिन्ता गर्ने ? जे पर्छ गर्दै जाने, सकिएन भने सकिएन । सक्नु मेरो प्रयास हो, नसक्नु मेरो सामथ्र्यभन्दा परको कुरा । 

मैले अठोट गरेँ— म बुटवल पुगेर फर्कन्छु । फर्केको अर्काे दिन झापा हिँड्छु । झापाबाट फर्केर एक रात आराम गरेपछि पुनः हेटौँडा प्रस्थान गरिहाल्छु । 

स्थानविशेषले तीनवटै यात्रा मेरा लागि नौला थिएनन् तर विषयवस्तुले बिल्कुल नवीनता । त्यत्तिकै महŒवपूर्ण र त्यत्तिकै अत्याज्य । कुनभन्दा कुन उपयोगी ! अतुलनीय र अव्याख्येय ।

मातृका पोखरेललाई हेर्ने आँखा व्यक्तिविशेषका फरक होलान् तर म पोखरेललाई अनन्य मित्रको रूपमा चिन्छु । उहाँको सकारात्मक पक्ष के हो भने उहाँले व्यक्ति र व्यक्तित्व चिन्नुहुन्छ र त्यसै अनुसार व्यवहार गर्नुहुन्छ । त्यो मलाई मनपर्छ । त्यसैले मैले पोखरेलको कुरा काट्न सक्तिनँ । अहिले पनि काटिनँ र भनेँ - म झापा जान तयार छु । 

तर एउटा दिवङ्गत विशिष्ट साहित्यिक पत्रकार भवानी घिमिरेको नाममा स्थापित संस्थाको कार्यक्रममा जान तयार भएका मेरा अग्रज साहित्यिक पत्रकारहरू — रोचक घिमिरे, नगेन्द्रराज शर्मा र मोहन दुवालहरू कारणवश जान नपाउँदा भने खल्लो खल्लो महसुस भइरहेको थियो मलाई । नढाँटेर भनूँ भने कोटेश्वर पुगेका मेरा पाइला कुनै कारण देखाएर फर्कने दाउ गर्दै थिए । 

२०७५ साल माघ १७ गतेको दिन थियो । कोटेश्वरको भाटभटेनी सुपरमार्केट अगाडि तीनवटा माइक्रोबस बिहान साढे छ बजेदेखि नै हाम्रो प्रतीक्षामा उभिएका थिए तर साढे सातसम्म पनि रमेश शुभेच्छु ‘को को आउनुभयो ?’ भन्दै तीनवटै माइक्रोको गेटबाट चिहाउँदै थिए र नामलिष्टमा रेजा लगाउँदै थिए । 

म चढेको माइक्रो बसमा क्रमशः बसेका थिए— हरिहर खनाल, ताराकान्त पाण्डे, डा.रामप्रसाद ज्ञवाली, नरनाथ लुइँटेल, भावकेशर बराल, निबन्ध आचार्य, देविका तिमल्सिना, नारायण नेपाल, शीतल गिरी र डिल्लीराज अर्याल । हामीलाई झापा पु¥याउने जिम्मा लिएका थिए— चालक शङ्कर गिरी र सहचालक टासी लामाले । 

चर्चा थियो, समयकै । समयलाई पछ्याउँदै शिखरयात्रामा लागेका डा. ज्ञवाली आफू समयको परिपालनमा परिपक्व रहेको उदाहरण पेश गर्दै थिए— ‘नर्सरीदेखि पिएचडीसम्म पैँतीस वर्ष पढाएँ तर पाँच मिनेट ढिलो हुँदा म कक्षाकोठामा छिरिनँ ।’ 

ज्ञवालीको मतमा हरेक व्यक्ति साहित्यकार हुन्छ÷हुनुपर्छ । नारायण नेपालको मतमा हरेक व्यक्ति डाक्टर हुन्छ÷हुनुपर्छ । यही सुन्दै थिएँ म । तर शीतल गिरीको मत अनौठो थियो - मानिसमा असल सोचाइ आउनका लागि त्यो मानिस बिरामी हुनुपर्छ । 

खतरनाक लाग्दै थियो शीतलको भनाइ तर एक अर्थमा सही थियो उनको भनाइ । मानिस खुशीमा मात्तिन्छ, दुःखमा आत्तिन्छ । दुःख पर्दा ऊ संवेदनशील बन्छ र उसले सही दृष्टिकोण ओकल्न थाल्छ । 

म त्यही सोच्दै थिएँ त्यस वेला । घाट कुरेको बेला, धार्मिक अनुष्ठानमा बसेको बेला र रोग लागेको वेला मानिसमा जुन वैराग्य उत्पन्न हुन्छ, त्यो क्षणिक हुन्छ । यदि वैराग्यको त्यो प्रभाव उसमाथि  परिरहने हो भने मानिसले जीवनमा केही गर्नै सक्तैन तर प्रभाव अवश्य पर्छ । यही दर्शन दिन खोजेका होलान् शीतलले । 

समय आठतिर उकालो लाग्न थालेपछि हामीले भनेका थियौँ— आउन 
बाँकी मानिसहरू आउँदै गरून्, माइक्रोका खाली सिटहरू भरिँदै जाऊन् र भरिएपछि हाम्रो पछिपछि आइरहून् । सिट भरिएको हाम्रो माइक्रोले गति लिओस् । हामी एक तमासको तन्द्राबाट मुक्त होऔँ । भयो त्यसै ।

बढी वाचाल बन्नेहरू थिए— डा. ज्ञवाली र शीतल । उनीहरूलाई साथ दिनेहरू थिए— डिल्लीराज, नारायण र नरनाथहरू । बीचबीचमा सही थाप्नेहरू थिए— निबन्ध, देविका र भावकेशरहरू । अघिल्लो सिटमा बस्ने हरिहर र ताराकान्तहरू आफ्नै मस्तीमा थिए । असली स्रोताको रूपमा थिएँ म । 

काँडाघारीमा बसेर सिस्नो खाने शीतल र टाउनप्लानिङमा बसेर पेप्सीकोला खाँदै प्लानिङ बनाउने अर्यालको अनौठो मित्रता छ हिजोआज । जागिर छाडी व्यवसायमा लागेका शीतल र मास्टरी छाडेर स्वतन्त्र लेखनमा लागेका अर्यालको पैदलयात्रा (हाइकिङ) चल्छ बेला बखत । उनीहरूले तेह्र वर्षअघिका मेरा पाइला पछ्याउँदै छन् । म भन्दै छु— काठमाडौँ वरिपरि ठडिएका पहाडी शिखरको कुरा नगर, मैले ती पहाडहरू परिक्रमा गर्दा छुटेका केही घुम्तीहरू छन्, ती घुम्तीहरूको फन्को मार्दा मलाई सम्झनू । 

मैले एक वर्ष लगाएर सोह्रवटा यात्रा गरी ‘बाह्रसूर्य सोह्रफन्को’ नियात्राकृति लेखेजस्तै यी मित्रहरूका यात्राहरू पनि लिखित रूपमा आउलान्, हामीले पढ्न पाऔँला । आशा छ । तर लेखिएन भने शीतल र अर्यालका यात्राहरूको मजा पाठकले कसरी लेलान् ? ज्ञवालीले भनेजस्तै— कृति यस्तो लेखिनुपर्छ, जुन कृति पढ्न पाठक उत्सुक होऊन् र समालोचक पनि समालोचना गर्न बाध्य बनून् । नत्र लेखक चर्चामा आउन सक्तैनन् । 
हामी एउटा कुरामा मतैक्य थियौँ— राम्रो रचना बाँचिरहन्छ र कुनै दिन चर्चामा आउँछ । 

भारतीय साहित्य जगत्का दुई सहयात्री प्रेमचन्द र जैनेन्द्रकुमारमध्ये प्रेमचन्द अत्यन्त चर्चामा आए तर धेरैपछि मात्र समालोचकका नजरमा परे जैनेन्द्र र कालान्तरपछि मात्र चर्चामा आए । उदाहरण पेश गर्दै थिए केही साथीहरू । जे भने पनि अकाट्य कुरा हो, सत्य कुरा एक दिन न एक दिन उजागर भइहाल्छ । राम्रो सिर्जना पछिसम्म पनि मर्दैन । 

त्यसै वेला कसैले तर्क गरे— ‘कहिले काहीँ वर्गले उठाइदिन्छ लेखकलाई र नपत्याइँदो गरी शिखरमा पुग्छ लेखक । मोहन कोइरालालाई एउटा वर्गले उठायो, पारिजातलाई अर्काे वर्गले । नत्र यी व्यक्ति यतिविधि चर्चामा आउने थिएनन् ।’ 
तर उठाएरै मात्र उठेका होइनन् है यी पात्रहरू ।  
रमाइलै रमाइलोमा हामी बिपी राजमार्गको बाटो हुँदै पुगेछौँ काभ्रेभञ्ज्याङ ।
गाडी रोकियो । 
माइक्रोको ढोका खुल्यो । सहचालक टासी लामा बाहिर निस्किए र दौडे चेकपोष्टतिर ।
लामा निस्कँदासाथ एउटी युवती माइक्रोद्वारमा देखापरिन् ।
अगाडिका साथीहरूले भने — ‘तपाईंलाई लैजान मिल्दैन ।’ 
ती युवतीले भनिन्— ‘म जान आएकी होइन, हेर्न आएकी ।’ 
उनी इशद् मुस्कान छाड्दै मोडिइन् । 
पहिले त हामीले बुझेनौँ, पछि बुझेपछि पो हाँसोका फोहोरा छुटे । 
क्याप र पोशाक छोपिने गरी मोटो ज्याकेट लगाएकी ती बहिनी त प्रहरी पो रहिछन् । कति हाँस्नु हामी ? 
तीनवटै माइक्रोका यात्रीहरू काभ्रेभञ्ज्याङमा जम्मा हुने र सँगै चिया खाने सहमति पालना गरी  अगाडि बढेका थियौँ तर माइक्रो भने अझ अगाडि बढेर ‘दशभाइ होटल एन्ड खाजा घर’ को प्राङ्गणमा  अडियो । 
कुरो रहेछ, भञ्ज्याङमै नभएर भञ्ज्याङ आसपासमा । 
तीनवटै माइक्रो एकै ठाउँमा लाइन लागेपछि हामी खाजाघरभित्र छि¥यौँ ।
गजबको मित्रता रहेछ दश भाइको । 
दश जना युवा मिलेर बनाएछन्— दश सटरको लामै न लामो एउटा घर र सञ्चालन गर्न थालेछन् रेष्टुराँ । 
हो, यस्ता स्वाभिमानी युवाहरू खाडीतिर नतानिएर यस्तै अवसरको खोजी गर्छन् र पौरखी बन्छन् ।
त्यस यात्राका सहभागी को को रहेछौँ भन्ने कुरा ‘दश भाइ खाजाघर’को प्राङ्गणले देखाइदियो । 
सबैको नाम लिएर साध्य छैन । तीनवटा माइक्रो बसमा रहेछौँ— चौतीस/पैतीस जना ।

खाजाको रूपमा यही नै खानुपर्छ भन्ने बाध्यकारी व्यवस्था थिएन । अर्थमन्त्रीको रूपमा उदार व्यक्ति नियुक्त भएका छन्— रमेश शुभेच्छु । उनैको नेतृत्वमा छौँ हामी । मातृका पोखरेल पूर्वतयारीका लागि हिजै पुगेका छन् झापा ।

इच्छा बमोजिमको नास्तापानी उदरस्थ गरिसकेपछि हाम्रो यात्रा पुनः अगाडि बढ्यो । भकुन्डेबेसीमा भेटिएको रोशी र नेपालथोकमा भेटिएको कोशीले हामीलाई खुर्काेटसम्म छाडेन । रोशी र कोशी किनारको फाँटमा फुलेको पहेँलपुर तोरीले मेरो मनको मझेरी नै फुलाइदियो । केही आलुका डिही र गुुजुप्प परेका केराघारीले पनि मेरो आँखाको परेली उघारिदियो । 
कोशी किनारमा गुड्दै गर्दा डा. ज्ञवालीले कवि र समालोचकबीचको विभेदबारे आफ्ना धारणा राखेको सम्झन्छु— ‘स्रष्टाका लागि अनेकौँ पुरस्कार स्थापना गरिएका छन् । द्रष्टाको नाममा खोइ ? लेखिदिन्छ स्रष्टाले, त्यसलाई केस्रा केस्रा केलाएर कति मिहिनेत गरेर स्रष्टालाई शिखरमा पु¥याइदिन्छ समालोचकले, तथापि जस पाउँदैन, सम्मान पाउँदैन समालोचकले । उल्टै आलोचना खेप्नुपर्छ । पुरस्कारको कुरा परै जाओस् । रोड र पार्क बन्छन् स्रष्टाकै नाममा, शालिक ठडिन्छन् तिनकै । त्यसै भएर द्रष्टाका लागि पुरस्कार स्थापना गर्ने सोचाइ आएको छ मेरो । त्यो चाँडै नै सार्वजनिक होला !’

कोशी किनारमा छौँ हामी यस वेला । माछाको कुरा नउठ्ने कुरै भएन । 
माछाविशेषज्ञ रहेछन् शीतल गिरी । भन्दै छन्— ‘खुर्काेटको माछा त जिब्रोमै अडिन्छ । किन किन यहाँको माछाको तुलना अरू माछासँग हुन सक्तैन । तपाईंहरूले गफ चुटेको नसम्झनुहोला— माछा खाएपछि मैले कुन माछाको स्वाद हो, ट्वाक्कै भनिदिन सक्छु ।’

हुनसक्छ, डोटीमा जन्मे पनि रौतहटको पानी धेरै खाएका छन् शीतलले । अहिले पो उमेरले नेटो काट्न थाल्यो र सोच्नुपर्छ, नत्र त जवानीमा खुब खान्थे रे शीतलले माछा ! 
‘खाजा खाएको डेढ घण्टामै खाना ! यति चाँडो त नखुवाएको भए हुन्थ्यो !’ भन्नेहरू धेरै थिए । तर आयोजकको योजनामा परेको कुरा, विपरीत चल्नसक्ने स्थिति थिएन । त्यसै भएर रोकिए माइक्रोहरू खुर्काेटको ‘ताज रिभरसाइड रिसोर्ट एन्ड एडभेन्चर’को प्राङ्गणमा ।
फोटो खिच्ने र सेल्फी हान्नेको तँछाड मछाड । 
एक घण्टा नाघ्यो भात खाँदैमा । तर माछाको स्वाद लिन चाहनेहरूका रसना सुके । आजका लागि सबै शाकाहारी ।
कोशी किनारको बाटो छाडेर सिन्धुलीगढीतिर उकालो लागेपछिको रमाइलो बेग्लै । केही चिसोपना, केही मौसमी परिवर्तन । तर बाटोको संरचनामा परिवर्तन छैन । बिपी राजमार्गको विशेषता नै यस्तो— माटोको संरक्षण, जङ्गलको संरक्षण, बाटोको नित्य नवीनता । 
उक्लँदै गर्दा देखियो— पल्लोपट्टि पाखोमा भोगशिला गाउँ । बरालहरूको गाउँ रे ! पोखराबाट आएर बस्ती बसाएका बरालहरूले । यसै भन्दै छन्— भावकेशर बराल । 
अचम्म लाग्छ मलाई ! पोखराजस्तो सम्मपरेको ठाउँबाट आएर यस्तो पाखोमा बस्ने कस्तो बुद्धि भएका बरालहरू ! तर कसैलाई भन्नुभन्दा पहिले आत्मसमीक्षा गर्छु म- ‘पानी जमेर सर्प हिँड्ने मैतीदेवी फाँटको ढावमा पनि जग्गा किन्नहुन्छ ? अहँ हुँदैन’ भनेर त्योभन्दा महँगो भाउमा धापासीको डाँडोमा जग्गा किन्न जाने म कस्तो नि ?’ 
खनियाखर्क पुगेर हामीले सुन्तला र जुनार खाएका थियौँ र सिन्धुलीगढीको गेट नाघेर हामी पल्लोपाखोतिर ओरालो लागेका थियौँ । ‘ढुङ्ग्रेभञ्ज्याङ’बाट ‘सेल्फीडाँडा’मा परिणत भएको गाउँ देखिएको थियो तलपट्टि र मरिनखोलाको बगर देखिएको थियो अलिपर, अलि टाढा । 
मरिनखोला देखेपछि म २०५४ सालतिर फर्केको थिएँ — अहो ! त्यो डरलाग्दो परिस्थिति । माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेको वेला चुनाव गराउने चुनौती मेरो काँधमा परेको थियो । मरिनखोला बगरमा हिँड्दा मेरा अघिपछि पच्चीसपच्चीस जना सशस्त्र प्रहरी लामलस्कर थिए । ठूलै युद्ध जितेजस्तै सम्पन्न भएको थियो निर्वाचन र हेलिकोप्टरले उडाएर काठमाडौँ पु¥याएको थियो— मतपेटिका र मतदान अधिकृतलाई । 
सेल्फीडाँडातिर ओर्लंदै गर्दा भावकेशर बरालले एउटा इतिहास कोट्याए— काठमाडौँ भद्रकालीको कालीको मूर्ति यहीँबाट चोरी गरी लगिएको । यिनै 
कालीको मूर्ति स्थापना गरिएपछि नाम रह्यो, भद्रकाली । त्यसअघिको नाम लुमडी । 

भद्रकालीको अर्काे नाम ‘लुमडी’ भन्ने त सुनिएको हो, तर सत्य वा किंवदन्तीको रूपमा रहेको यो कथा मेरो जानकारीमा थिएन । बरालले पढेको इतिहास सत्य रहेछ भने सत्य नै मान्नुपर्ला । देवीदेवताका बारेमा कतिपय यस्ता इतिहास छन्, जहाँ देवीदेवतालाई पनि चोरी गरिएको छ । एक ठाउँबाट चोरी गरेर अर्काे स्थानमा पु¥याई प्रतिस्थापन गर्ने चोरीकला । 

मैले सुनेको छु, बालाजुबाट चोरी गरी ल्याएर बागमती किनारमा स्थापना गरिएकी हुन् गुह्येश्वरी । हाँडीगाउँबाट चोरी गरी ल्याएर चाबिहलमा स्थापना गरिएका हुन् चाबहिल गणेश । यस्ता इतिहास अरू पनि होलान् ! देवतालाई पनि चोर्न सक्ने ‘मानिस’ संज्ञा दिइएको मनुवा कति ज्याद्रो रहेछ त ! मानवले गर्दै आएका अमानवीय क्रिया सम्झेर मनमनै गम खाएँ । 
इतिहासकै कुरा गर्दा डा. ज्ञवालीले पनि आफूले जीवनमा केही इतिहास रचेको कुरा सुनाए — ‘एकै जनाले लेखेका दशवटा समालोचनाका किताब एकैचोटी विमोचन गराएको घटना नेपालको मात्र नभएर विश्वकै पहिलो घटना हो ।’ उनले गर्वसाथ भने — ‘विमोचनकै दिन मैले किताब बिक्रीबाट ७६ हजार आर्जन गरेँ ।’ 

पुरस्कारको कुरा उठ्यो त्यसै वेला । 

‘अहिलेका पुरस्कारहरू पाउनुपर्नेले पाउँदैनन्, नपाउनुपर्नेले पाउँछन् । 
योगदानको कदर छैन हामीकहाँ । गहन लेखले स्थान पाउँदैन । प्रचारवाजीले खानेहरूको देश हो नेपाल । मैले दुई वर्षमा नौवटा पुरस्कार वहिष्कार गरेँ, जुन पुरस्कार पाउनुको कुनै औचित्य थिएन ।’ ज्ञवालीकै गवाइ थियो यो । 

सिन्धुली बजार नाघेपछि छेउ लाग्यो अगाडिको माइक्रो बस । पिछा गरिरहेको हाम्रो माइक्रो पनि साइड लगायो त्यहीँनेर । 
गाडी बिग्रियो रे ! 
हामी चढेको होइन अर्को ।
‘तेस्रो चाहिँ खोइ नि !’
‘ऊ त अगाडि बढिसक्यो ।’
‘सँगै आएपछि आपतविपतमा एकअर्कालाई साथ दिनुपर्ने होइन र ?’
हो, तर एक भाइले साथ दिइसकेपछि अर्काे भाइको आवश्यकता पर्दैन भनेर होला !

‘के परेछ त माइक्रोमा समस्या ?’
‘तानरड भाँचियो ।’ 
‘समस्याको समाधान कसरी हुन्छ ?
‘वाइल्डिङ गरेर जोड्नुपर्छ ।’
जोडियो रड र बढियो अगाडि । तर बर्दिबास पनि पुग्न भ्याएन माइक्रो । 
धिमा गतिमा गुडेको माइक्रोले वर्दिबास काट्यो र ‘अडिल अटो इलेक्ट्रिक वर्कशप’को आश्रय लियो । 
हामीले ‘आसियाना होटल’को छाप्रोमुनि बसेर तुलसी गिरीका बाबुका नाममा रहेको गौरीशङ्कर डाँडो हेर्दै र चियाको सुप्की लिँदै झन्डै तीन घण्टा बितायौँ । ठूलै सङ्घर्ष गर्नुप¥यो रड जोड्नका लागि । पहिलेजस्तो काम्रो बाँधेर हामी झापा पुग्नेवाला थिएनौँ, त्यसैले स्थायित्व प्रदान गर्नुथियो रडलाई । 
लाहान पुग्दा सन्ध्याले छोपिसकेको थियो धर्तीलाई । लाहान काट्दा उत्तरपट्टिको जङ्गलमा भीषण आगलागी भएको देखिँदै थियो । डढेलोले जङ्गलको लामै एरिया ढाकेको देखिएको थियो अँध्यारोमा । 
सोच्दै थिएँ, नेपालमा डढेलाका घटनाहरू प्रायः समाचार बन्दैनन् । नेपालमा हुने डढेलाका यस्ता घटना शायद सानै हुँदा हुन् समाचारका लागि । महिनौँ  निभाउन नसकिएका र चौध जना अग्निनियन्त्रक मरेका क्यालिफोर्नियाका घटनाहरू र डढेलोका कारण देशको तापक्रम नै बढेको अष्ट्रेलियाको समाचार पो समाचार ! चारकोसे जङ्गल पनि साँघुरिएका नेपालका जङ्गलमा लागेको डढेलोको समाचार के समाचार ? लाहानपछिको पूर्वी नेपाल पूरै अँध्यारो भएको थियो । सप्तरीको रूपनगर (धर्मेश्वर चोक) को ‘मगर खाजाघर’मा पसेर एक/एकवटा पेडा र तात्तातो रसदार चाउचाउको आड पाएपछि पेटले आशिष दियो । 
त्यसपछिको महापथ अवरुद्ध ।यति फराकिलो महापथमा यस बेला गाडीको लाइन ! के कारण हुनसक्छ ? 
बसले हानिदिएछ मोटरसाइकललाई । 
बाटोमा रगतको भल । 
आँखा परिहाले, देखिहालियो, मन आहात भयो । दुर्घटित मानिसको प्राण बच्ने सम्भावना त देखिएन, कति जनाको ज्यान गयो भन्नेमात्र । मन संवेदित भयो धेरै बेर । 
त्यसपछि भने हाम्रो गतिमा ब्रेक लाग्यो बिर्तामोड पुगेपछि मात्र । 
हामीले आदर्श व्याङ्क्वेटमा खाना खायौँ र रात्री विश्रामका लागि प्रेम होटलमा पस्यौँ, रातको एघार बजे ।
तर प्रेम होटलले प्रेम दिन सकेन ।
ढोका खोल्नेबित्तिकै ढुस्स गनायो कोठा । एउटा कोठामा एउटै खाट छ । खाटमाथि मैलो तन्ना । गुम्स्याएर राखिएको ढुसी गनाउने मैलो सिरक । 
मेरा रुमपार्टनर वसन्त रिजाल । 
‘खाट एउटा भए पनि सिरक त दुईवटा चाहियो नि ! अर्काे सफा सिरक लेऊ, यो सिरक पनि लैजाऊ र बदलेर लेऊ ।’ 
‘लुगा धुने मानिस नआएको धेरै भयो । सिरक सबै यस्तै छन्’— बियराको जवाफ ।
‘कसरी सुत्ने होला ! लुङ्गी पनि ल्याइएन । ल्याएको भए लुङ्गीमा गुटमुटिएर भए पनि सुत्न सकिन्थ्यो’ मेरो चिन्ता ।
मेरो खिन्न अनुहार देखेर रिजालजीले भन्नुभयो— ‘मसँग छ नि लुङ्गी, म दिन्छु सरलाई ।’ 
‘अनि तपाईंलाई !’ 
‘मलाई चाहिन्न, म यसैउसै सुतिहाल्छु र पल्टेपछि निदाइहाल्छु । निदाएपछि घुर्छु, माफ गर्नुहोला !’
वसन्तजीको लुङ्गीमा बेरिएपछि सुत्न सकिन्छ कि भन्ने आँट पलायो । 
लुगा झुन्डाउन खोज्छु, किला छैन । सामान राख्न खोज्छु, दराज छैन । अनुहार हेर्न खोज्छु, ऐना छैन । वाथरुम जान खोज्छु, चप्पल छैन । हात धुन खोज्छु, साबुन छैन । ए बाबा ! कस्तो होटलमा परियो ? 
जसरी तसरी काटियो रात ।

०००

बिर्तामोडस्थित आदर्श व्याङ्क्वेटको हलमा टाँसिएको व्यानरमा लेखिएको थियो— मितेरी साहित्य सम्मेलन २०७५-१०-१८-१९ उद्घाटन समारोह । आयोजक/ भवानी घिमिरे साहित्य प्रतिष्ठान । 

हिजै उद्घोष भए अनुसार प्रेम होटलमा बसेका हामी काठमाडौँवासीहरू खाजा खानका लागि तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरेर साढेसात बजे आदर्श व्याङ्क्वेट पुगेका थियौँ तर खाजाको कुनै सुरसार थिएन । 

आठ बजेपछि के जानकारीमा आयो भने ‘खाजाको व्यवस्था छैन । एकैचोटि दश बजे भात र एघार बजे उद्घाटन कार्यक्रम ।’ 

मेरा रुम पार्टनर वसन्त रिजाल मर्निङवाक गर्नुपर्ने मानिस । बिहानको एकछिनको हिँडाइले रिजालजीलाई पुगेको थिएन । रिजालजी र म त्यहाँबाट निस्कियौँ बजारतिर । ‘भक्का’ भेटिइहाल्यो फुटपाथमा । चामलको पीठोलाई मःम जस्तै बफाएर पकाइने भक्काजस्तो स्वस्थकर र सस्तो खाजा पाएपछि व्याङ्क्वेटको खाजा के आवश्यक प¥यो र ! दुईदुईवटा भक्का भुक्यायौँ, चिया खायौँ, कुरै खतम । 

काठमाडौँमा तन्दुरीको बजार फिँजाउने गुल्मी, पाल्पा र अर्घाखाँचीका युवाजस्तै हिजोआज तराईतिर भक्काको फुटपाथ तताउँदै छन् राजवंशीहरू । ब्वाली माछा र भक्का राजवंशीका टे«डमार्क । दश बजे आदर्श व्याङ्क्वेट पुग्दा खानपिनको तर्खर भइरहेको थियो । पश्चिममा धनगढीदेखि पूर्वमा सीमापारिको सिक्किमसम्मबाट अतिथिहरू आएका थिए । पूर्वमन्त्री तथा सांसद धर्मशीला चापागाईं, नरेश रेग्मी, खगिन्द्रा खुशी, आयोजक संस्थाका अध्यक्ष सरोज ओली र मातृका पोखरेलहरू अतिथिहरूलाई आतिथ्य दिनमा व्यस्त थिए । 

यस बीचमा झापाली साहित्यकार कृष्ण धराबासी पनि ढलिमली गर्दै हिँडिरहेका देखिए । उनी आयोजक संस्थाका उपाध्यक्ष । उनको कोटमा टाँसिएको लोगोमाथि दर्शकका आँखा तानिए । त्यो लोगो भानुभक्त वा देवकोटा वा आजका स्मरणीय व्यक्तित्व भवानी वा अन्य कुनै नेपाली साहित्यकारको जस्तो लाग्दैनथ्यो । कसैले सोधिहाले । धरावासीले भने— ‘लेमोन्तोभ, अर्थात् रसियन साहित्यकार ।’ उनले यो पनि भने — ‘अब म अमेरिका नजानेगरी श्रीमती विमलीसहित फर्कें ।’ 

पत्नी सीताको मृत्युपश्चात् कुरुणाद्र्र रुवाइ रोएका धरावासीका आँसु विमलीले पुछिदिएकी थिइन् र पतिवरण गरी धरावासीलाई अमेरिका पु¥याएकी थिइन् तर यस वेला भने दर्शकमाझ चर्चाको विषय बनेको थियो— धरावासीको छातीमा टाँसिएको लेमोन्तोभ । 
भोजन चल्यो साढे एघारसम्म । 
माइक खोले नरेश रेग्मीले त्यसपछि मात्र । 
अध्यक्षता— सरोज ओलीको । प्रमुख आतिथ्य— मुख्यमन्त्री शेरधन राईको । अन्य अतिथिहरूमा — कुलपति गङ्गाप्रसाद उप्रेती, सांसद धर्मशीला चापागाईं, सांसद पवित्रा निरौला, राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटी, संविधानसभा सांसद सुधीर सिवाकोटी, रविन कोइराला, प्रदेश सांसदहरू देवराज घिमिरे, गोपाल बुढाथोकी, हरि थापा, दीर्घ प्रधान, झलकसिंह दर्लामी, अर्जुन राई र भरत कार्की । 

अतिथिहरूको कमी थिएन । नाम लिन भ्याई नभ्याई थियो उद्घोषकलाई — डा. हेमनाथ पौडेल, सिडिओ जनक पराजुली, बिर्तामोड नपा प्रमुख धु्रवकुमार सिवाकोटी, पत्रकार-साहित्यकार चन्द्र भण्डारी, साहित्यकार शेरबहादुर इगनाम, प्रलेस अध्यक्ष मातृका पोखरेल, एसपी भीमप्रसाद ढकाल, साहित्यकार विवश पोखरेल, केशव आचार्य, प्राज्ञ कलाकार पवन राजवंशी, तारामणि सापकोटा, रामप्रसाद ढकाल, तेजराज खतिवडा, कोमल पोखरेल, रत्नमणि नेपाल, ताराकान्त पाण्डे, हरिहर खनाल, नवीन पौडेल, चिन्तामणि दाहाल, सञ्जीव उप्रेती, अर्चना थापा, गंगा ओली, नारायण ढकाल, कुन्ता शर्मा, मञ्जिता घिमिरे, नरबहादुर दाहालसहित पचासौ जना अतिथि । 

अतिथिको नाम लिँदालिँदै खर्च भयो होला आधा घण्टा । 
साहित्यिक कुम्भमेला विशेषण दिइएको कार्यक्रमको रोचकता यति हुने नै भयो ।
औपचारिक स्वागत गर्नेमा थिए— कृष्ण धरावासी । 
स्वागत मन्तव्यको क्रममा उनले भवानीको सम्झना गरे— ‘लेख्ने लेखाउने र साङ्गठनिक कार्यमा लाग्ने घिमिरे नेपालभित्र र नेपाली बाहिरका नेपालीभाषी साहित्यकारहरू बीच चिरपरिचित थिए । २०३६ सालमा सडक कविता क्रान्तिको नेतृत्व गर्ने, २०४० सालमा ‘लेखकले आन्दोलन गर्न अझ बाँकी छ’ भनेर झापामा भोक हडताल गर्ने र ‘राजनीतिमा आउँदा साहित्यलाई घरमा थन्क्याउनुपर्छ र साहित्यमा आउँदा राजनीतिलाई’ भन्ने भवानी साच्चिकै क्रान्तिकारी साहित्यिक योद्धा थिए । 

यसपछि शुभकामना दिने क्रम शुरु भयो । सुधीरकुमार सिवाकोटीबाट शुरू भएको शुभकामना मन्तव्य देवराज घिमिरे, शेरबहादुर तिङमन, पवन राजवंशी, गंगाप्रसाद उप्रेती हुँदै अगाडि बढ्यो । 

‘नेपालको जातीय एवं सांस्कृतिक बहुलतालाई समेट्दै अघि बढ्ने प्रज्ञाको उद्देश्य छ । बहुलतामा एकता हुनु हाम्रो सांस्कृतिक वैशिष्ट्य हो । हाल चलिरहेको प्रज्ञासम्बन्धी दन्तबझानलाई कम गर्दै जाने र सबैसँग समन्वयात्मक परिस्थिति सिर्जना गर्ने दायित्व हामी माथि छ । सहकार्यबाट मात्र हामी अघि बढ्न सकिन्छ ।’ — कुलपतिको अभिव्यक्ति थियो । 

‘कारमा आउन नसक्ने र रोजिरोटीको व्यवस्था नभएको मजस्तो आर्थिक विपन्न व्यक्तिलाई प्राज्ञ नबनाइदिनुभएको भए हुन्थ्यो’ भन्ने पवन राजवंशीको अभिव्यक्ति पनि मननीय र संवेद्य थियो ।

मुख्यमन्त्री शेरधन राई पनि कार्यक्रमबाट प्रभावित भएका देखिए — ‘म पनि क्रान्तिकारी गीत र कविता सुनेर राजनीतिक क्रान्तिमा लागेको हुँ । म लेखक नभए पनि राम्रो पाठक हुँ । मलाई साहित्य प्यारो लाग्छ । नेपालका सबै भाषा साहित्यका व्यक्तित्वहरू एक ठाउँमा उभिएर आफ्नो पहिचान, स्थान र अस्तिŒवको निक्र्याैल गर्नुपर्छ । हाम्रा युवाहरूलाई शिक्षित, दीक्षित बनाउँदै लैजाने हाम्रो चुनौती छ । यस चुनौतीको सामना गर्न सकिएन भने समाज ध्वस्त र देश विखण्डन हुन्छ । अब हामीले नेपालको यथार्थ इतिहास लेख्ने काम गर्नुपर्छ । तपाईंहरूले यस प्रतिष्ठानलाई अघि बढाउनुस् । मबाट केही सहयोग चाहनुहुन्छ भने प्रस्ताव पेश गर्नुस् । म सहयोग गर्न तयार छु ।’

राईले त्यस बखत सरोज ओली, हरिनारायण भण्डारी र होम सुवेदीका किताबहरू पनि विमोचन गरे । 

अन्त्यमा सरोज ओलीले जुनसुकै वेला समयसापेक्ष कविता लेख्नसक्ने खुबी भएका जोशिला कवि भवानी घिमिरेको प्रशस्ति गाएपछि पहिलो सत्र अन्त्य भएको थियो । 

दोस्रो सत्रको कार्यक्रम थियो- कार्यपत्र प्रस्तुतिको । 
यस सत्रको सभापतित्व पनि सरोज ओलीले नै गरेका थिए ।
प्रमुख अतिथि थिए— सिलगुढी भारतबाट आएका नब्बे वर्षीय नरबहादुर दाहाल । कार्यक्रम सञ्चालिका थिइन्— खगिन्द्रा खुशी । कार्यक्रम प्रस्तोता थिए— ‘नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको विकास र विस्तारमा भवानी घिमिरेको योगदान’ विषयमा डा. रामप्रसाद ज्ञवाली, ‘नेपाली कवितामा गणतान्त्रिक चेतना’ विषयमा ताराकान्त पाण्डेय र ‘नेपाली भाषाको भारतीय साहित्य समसामयिक अध्ययन’ विषयमा नवीन पौडेल । कार्यपत्र माथिका टिप्पणीकर्ता थिए — क्रमशः चिन्तामणि दाहाल, रत्नमणि नेपाल र योगेश खाती ।

स्रोतादीर्घाबाट प्रश्न गर्ने व्यवस्था थिएन । तीनवटा कार्यपत्र र तीनवटै टिप्पणी, त्यसै पट्यारिलो हुन्छ, त्यसमाथि सबै कार्यपत्र र सबै टिप्पणीहरूको किताब प्रत्येक व्यक्तिको हातहातमा परिसकेको हुँदा बसेर सुनिरहने आवश्यकता नै के भयो र ? कार्यक्रमको समाप्तितिर हल शून्यप्रायः भइसकेको थियो । प्रमुख अतिथि र सभापतिको मन्तव्यपछि पहिलो दिनको कार्यक्रम सकिएको थियो, बेलुका पाँच बजे । 

०००

दोस्रो दिन अर्थात् माघ १९ गतेको पहिलो सत्र शुरु भएको थियो— बिहान नौ बजे र उद्घोषक थिए— रमेश शुभेच्छु । कार्यक्रमका सभापति थिए— हरिहर खनाल र प्रमुख अतिथि थिए— राम कार्की । कार्यक्रमको विषय थियो— ‘अबको नेपाली साहित्य’ र विचार प्रस्तोता थिए— केदार शर्मा, कुन्ता शर्मा, अर्चना थापा, गोपाल अश्क, नारायण ढकाल, सञ्जीव उप्रेती, रामचन्द्र पोख्रेल, पुण्य खरेल, ज्ञानेन्द्र खतिवडा, भवानी क्षेत्री र मिश्र वैजयन्ती । 

प्रस्तोताका वैचारिक अभिव्यक्तिहरू खरा र उत्तेजक लाग्दै थिए । नेपाली साहित्यले हिँड्ने आगामी बाटो कस्तो हुनुपर्ने हो ? र हामीले प्राप्त गर्ने उन्नत साहित्यको स्वरूप कस्तो हुने हो ? भन्ने विषयमा उठेका तर्क वितर्कहरूले स्रोताको ध्यान आकर्षित गरेको थियो ।

‘राम्रो ‘म’ भन्नेहरू धेरै भए, ज्ञानी ‘ज्ञ’ हुनेहरू देखिन छाडे । सुविधाभोगीहरूले लेखेका आत्मसंस्मरण पढेर  हामी अघि बढ्न सक्तैनौँ । हामीहरूले राजनीति गर्नेहरू र राज्यका सुविधाभोगीहरूबाट जोगिएर साहित्य लेख्नुपर्छ । अबको साहित्य नेपालीइतर भाषामा पनि लेखिने छ ।’— केदारले अभिव्यक्ति दिए । 

पहिले भोटको समस्या, अहिले खाडीको । नेपाली युवाहरूको पलायनको बारेमा गम्भीर साहित्य लेखिनुपर्छ । खरा कविता लेख्नेलाई प्रज्ञा प्रतिष्ठानले थन्क्याइदियो । तिनीहरू चुप लागेर कुनामा बसेका छन् अहिले । जति कराए पनि महिलामुक्ति भएकै छैन । सबै महिला ‘उप’ हुनुपर्ने के कारण प¥यो ? अबको जमाना आज्ञाकारिताको होइन, आमाले नराम्रो गरे पनि हामीले विरोध गर्नुपर्छ भन्ने हो । सत्ताका धुपौरेहरूले आन्दोलनको औचित्य सकियो भन्छन् तर भएको केही छैन ।’— कुन्ताले भाले बासिन् । 

‘साहित्यिक संस्थाहरू शक्तिशाली पनि छैनन्, आशालाग्दा पनि छैनन् । हामी सङ्कटतिर डोरिइरहेका छौँ । अबको साहित्यले टाढाटाढासम्म पुग्ने ध्वनि निर्माण गर्नुपर्छ । समयसित संवाद गर्नसक्ने प्रगतिशील साहित्य निर्माण गर्नुपर्छ । विदेशतिर मन्त्रीले स्रोतादीर्घामा बसेर साहित्य सुन्छन् । हामीले पनि राजनीतिज्ञहरूलाई दर्शक दीर्घामा राखेर साहित्य पढाउनुपर्छ । साहित्यको मर्म बुझाउनुपर्छ ।’— नारायणले उद्घोष गरे । 
‘अध्यात्म, संस्कृति र समाजसँग जोडेर साहित्य लेखिनुपर्छ । प्रकृतिपरक साहित्य लेखेर बिदेसिएको बौद्धिक जगत् र डाक्टर इन्जिनियरहरूलाई गाउँ फर्काउनुपर्छ । प्रकृति अतिक्रमण गर्ने साहित्य र नारावादी साहित्य यथार्थमा असली साहित्य हुन सक्तैन । अबको साहित्य जीवन र जगत्मा केन्द्रित भएर लेखिनुपर्छ ।’ — रामचन्द्रले ठोकुवा गरे ।

‘कला र साहित्य हेर्ने दृष्टि फरक हुनुपर्छ । अलकत्रालाई शिलाजित भनेर प्रचार गर्ने शैली विकसित भएको छ । यस प्रकारको सतही विचारले साहित्य अघि बढ्न सक्तैन । उपयोगितावादी वा सौन्दर्यवादी कस्तो साहित्य लेख्नुपर्ने हो ! पैरवी गर्नुपर्छ । कला र साहित्य, साधन हो कि साध्य ? रूपरङ्गका बीचमा अभेद्य सम्बन्ध भएजस्तै कला र साहित्यको सम्बन्ध पनि उपयोगिताका लागि हुनुपर्छ । अबको साहित्य, सामाजिक विसङ्गति अन्त्य गर्ने दिशातिर अग्रसर हुनुपर्छ ।’— पुण्यले आफ्नो विचार पुष्टि गरे ।

‘साहित्यलाई समाजको दर्पण भनेर मात्र अब पुग्दैन । स्रष्टा भविष्यको द्रष्टा पनि हो । त्यसैले भविष्यको तस्वीर पनि साहित्यमा देखिनुपर्छ । साहित्य समाजको भोगाइ हो । त्यसैले साहित्य समावेशी पनि हुनुपर्छ । नारी नभएको मञ्च, मञ्च हुँदैन । मञ्चमा बस्नेले विपरीत दिशाको भित्तोमात्र देख्छ र दर्शकदीर्घामा बस्नेले अर्काेतर्फको भित्तो देख्छ । यस्तो स्थिति आउन दिनुहुँदैन ।’— डा. अर्चनाले साहित्य अथ्र्याइन् । 

‘अहिले आधुनिकता र परम्पराको द्वन्द्व चलिरहेको छ । आधुनिकता विरोधाभासपूर्ण छ । हामी यसै द्वन्द्वभित्र बाँचिरहेका छौँ । अबको साहित्य बहुलताको पक्षमा लेखिनुपर्छ । सीमान्त वर्ग समेटिने गरी लेखिनुपर्छ । चराहरूलाई सीमाले छेक्दैन । जनावरहरूलाई सीमाले रोक्दैन । यस्तैखाले सीमारहित साहित्य आजको आवश्यकता हो । हामीकहाँ फरक फरक प्रदेशहरू छन् । फरक फरक हावापानी छ । फरक फरक जनजीवन छ । त्यसैले फरक फरक ढङ्गले साहित्य निर्माण गरिनुपर्छ ।’— डा. सञ्जीवले सचेतना दिलाए । 

‘नेपाली भाषाको साहित्यलाई अरू भाषामा र अरू भाषाको साहित्यलाई नेपाली भाषामा अनुवाद गरिनुपर्छ । चिनियाँ भाषालाई उल्था गरेर अँग्रेजीमा प्रकाशित गरेपछि चिनियाँ साहित्यले नोवेल पुरस्कार पायो । हामी शहरमा बसेर गाउँका कुरा लेख्छौँ । त्यस्तो साहित्य मौलिक हुनसक्तैन । ऐसेलुको रुखमुनि बसेर प्रेमीप्रेमिकाले मायापिरती लाए भनेजस्तो हुन्छ । साहित्यबाट राजनीति निर्देशित हुनुपर्छ र साहित्य सधैँ राजनीतिको अगाडि हुनुपर्छ । हामीले घरघरमा साहित्य पढ्ने वातावरण बनाउनुपर्छ । नेपाली साहित्यको उचाइ सँगसँगै विस्तार पनि गरिनुपर्छ ।’— ज्ञानेन्द्रले ज्ञान दिलाए । 

‘भोगेको साहित्य हृदयस्पर्शी हुन्छ । दश जना प्रेमिकाको प्रेमबाट वास्तविक प्रेमको अनुभूति हुँदैन । पुरुषले महिलामाथि लेखेजस्तै महिलाले पनि पुरुषमाथि साहित्य लेख्नुपर्छ । नारीवादी साहित्यकारले पुरुषको विरोध गर्दा आफ्ना छोरा र लोग्नेका बारेमा पनि लेख्न सक्नुपर्छ । जीवन फर्मेटविहीन छ । त्यसैले स्वतन्त्र वातावरणमा जीवनवादी साहित्य लेखिनुपर्छ । अबको साहित्य पहाडले मधेश र मधेशले पहाड लेखेको हुनुपर्छ ।’ — गोपालले गायन गरे । 

‘साहित्य व्यावहारिक र इमानदारीपूर्ण हुनुप¥यो । लेखाइ चिटिक्क तर आफू लथालिङ्ग हुनुभएन । आफूले जस्तो गरिन्छ, त्यस्तै बोल्नुप¥यो र आफू जस्तो बोलिन्छ, त्यस्तै लेखिनुप¥यो । कुरा ठुल्ठूला गर्ने तर सिन्को नभाँच्ने साहित्य लेखियो भने जनविश्वास गुम्छ ।’— भवानीले भावना पोखिन् ।

‘मञ्चमा बसेका बक्तामध्ये कान्छी र कम अनुभव भएकी मैले ठूलो कुरा गर्न सुहाउँदैन । तर म साहित्यबारे दृढमत छु । हामीले अस्तिŒवको लेखन लेख्नुपर्छ । जुन लेखनले समाज बोलोस्, देश बोलोस् र भविष्य बोलोस् ।’— अन्तिम वक्ताका रूपमा वैजयन्तीले आफ्ना विचारहरू विस्तार गरिन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको धारणा र नेपाली साहित्य बारे बोल्न लगाइएको थियो— डा. हेमनाथ पौडेललाई । ‘किताब चोर’कोे आरोप बारे पनि केही बोल्छन् कि भन्ने जिज्ञासा थियो धेरैलाई । उनले ती आरोपीहरूलाई पनि जवाफ दिँदै बोले - ‘सोद्देश्य लेखन हुन सकेन भने साहित्य प्रयोजन विहीन हुन्छ । साहित्य र कलाको पारस्परिक सम्बन्ध छ । कला व्यानर हो, प्रस्तुति साहित्य । आलोचनात्मक दृष्टिकोण भएको साहित्यकार असल मानिन्छ । साहित्यकार सधैँ प्रतिपक्षमा रहनुपर्छ भन्ने मान्यता राख्छौँ हामी । आज साहित्य शहरीकरण हुँदै गएको छ । ‘बसाइँ’ जस्तो साहित्य आजको आवश्यकता हो । विस्तारवाद र नवउपनिवेशवादका विरुद्ध स्वाधीनताका स्वरहरू साहित्यमा आउनुपर्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण गर्ने दिशामा अग्रसर छ । हामी त्यहाँ भाषा–साहित्यको विकासका लागि केही गर्न सकिन्छ कि भनेर गएका हौँ । जागिर खान गएका होइनौँ र चोर पनि होइनौँ । यसो भन्नेहरूले जान नपाएको कुण्ठा बोलेका हुन् ।’ 

यसपछिको पालो थियो— धर्मशीला चापागाईंको । विगतमा मन्त्रीसमेत भइसकेकी, हिँडाइ, लवाइ, बोलाइ र काम गराइ पनि पुरुषअनुकूल लाग्ने सांसद धर्मशीलाले के भन्ने हुन् ? मेरा लागि चासोको विषय थियो । उनले यसअघिको भेटमा मलाई भनिसकेकी थिइन्— ‘म एकल महिला, मेरी एउटी छोरी छे । आमासँग बस्थी । आमा बितेपछि मलाई चिन्ता थपिएको छ । म राजनीति गर्ने मानिस, बाहिर बाहिरै हुन्छु । छोरीलाई कसरी जोगाउने ? चिन्ता छ ।’ 

धर्मशीला व्यञ्जनामा बोल्दै थिइन् । मैले बुझेको थिएँ, उनको सङ्केत निर्मला पन्ततिर थियो । सोच्दै थिएँ, सांसदलाई त सुरक्षाको यस्तो चिन्ता छ भने सर्वसाधारणलाई कस्तो होला ? उनले मलाई सोधेकी थिइन्— ‘पन्त–पन्तको दूरी कति हो ?’ मैले भनेको थिएँँ— ‘भावनाको । पन्तले जोडेको सम्बन्ध मात्र ।’

यसै भएर पनि म उनको औपचारिक मन्तव्य सुन्न चाहन्थेँ । 
हो, मैले सोचेजस्तै उनले जोशिलो भाषण गरिन् - ‘एघार जनाले एक एक हजार हालेर खोलेको संस्था हो यो । केन्द्र सरकारले र प्रदेश सरकारले पनि यसको जिम्मेवारी लिनुपर्छ । दोस्रो दर्जामा दरिएका हामी नारीहरूलाई प्रथम दर्जामा ल्याउने साहित्य निर्माण गरिनुपर्छ । नारीसित लड्दै हिँड्ने, हेप्ने र दुईवटी स्वास्नी राख्ने पुरुषवादी सोचाइबाट हामी मुुक्त हुनुपर्छ । राजनीतिविना साहित्य हुँदैन । स्त्रीका अङ्गका विषयमा साहित्य लेख्नु दूरगामी राजनीतिक विचार हो । हिजोको साहित्यले नारीलाई अपाङ्ग बनायो । अबको साहित्यले सौन्दर्य बाहिर होइन, भित्र छ भन्ने देखाउनुपर्छ । भजनवादी साहित्य, साहित्य होइन । यसले समाजलाई घात गर्छ ।’ 

धर्मशीलाको जोस, जाँगर, उत्साह र कामगराइ देखेर मेरो मनमा लागिरहेको थियो— धर्मशीला अघि नलागेसम्म संस्थाले गति लिन सक्तैन । धर्मशीला अघिअघि संस्था पछिपछि । 

यसपछिको पालो थियो, राम कार्कीको । उनले शुरुमै स्रष्टालाई दुई वर्गमा विभाजित गरे— आनन्दको विशिष्टता र शुद्धतालाई ध्यानमा राखेर साहित्य लेख्ने स्रष्टाहरू र विचार तथा भावनालाई प्राथमिकता दिएर प्रगतिशील लेखन गर्ने स्रष्टाहरू । 

उनले माक्र्सको सिद्धान्त अगाडि सारे — ‘राजनीतिमा दुई पक्ष लडिरहेको छ भने एक पक्ष जित्छ । कहिलेकाहीँ दुवै पक्ष समाप्त पनि हुन्छन् तर साहित्य र प्रेममा दुवैको जित हुन्छ । अहिले भने धेरै साहित्यकारहरूले साहित्यको नाममा पर्चा लेखिरहेको देखेको छु मैले । इतिहास शासकले लेखाउँछ । साहित्य शासितले लेख्छ तर साहित्यको शुद्धता जसरी देखिनुपर्ने हो, देख्न सकिएको छैन । यतातिर साहित्यकारको ध्यान जानुप¥यो । बीचबीचमा फोर्स दिएपछि मात्र रकेट उचाइतिर लाग्छ, त्यसैगरी बीचबीचमा साहित्यकारले समाजलाई फोर्स दिनुप¥यो र समाजलाई उचाल्नुप¥यो । समुद्र किनारको हनुमान्लाई शक्ति परिचय गराइदिएजस्तै समाजलाई पनि शक्ति सञ्चारित गरिदिनुप¥यो ।’ 

एउटा अचम्म के भइरहेको थियो भने अन्य कार्यक्रमहरूमा सभापतिले बोल्ने बेलामा कुर्सी खाली खाली हुन्छन् र कुर्सी थन्क्याउने पर्खाइमा बसिरहेको हुन्छ पाले । तर यहाँ भने खाली भएका कुर्सी पनि समाप्तीको चरणमा टनाटन भरिँदै थिए । केही मानिस त कुर्सी नभएर ढोका बाहिर पनि उभिएका थिए । पछि पो कुरो बुझियो, बाहिरपट्टि खाना खाने तयारी भइरहेको रहेछ र लगत्तैपछि कविगोष्ठी आरम्भ गरिने रहेछ ।

हलै भरिए पनि सभापति हरिहर खनालले लामो कुरा गरेनन् । यतिमात्र भने— ‘हाम्रो मिशन सामाजिक परिवर्तनका लागि हुनुपर्छ, तर अहिले वर्गीय दमन भइरहेको छ । पुरुषले पुरुषमाथि र महिलाले महिला माथि नै दमन गरिरहेको अवस्था छ । विपरीत लिङ्गीले दमन ग¥यो भन्नु गौण कुरा हो । सबै सम्पादक, लेखक हुन सक्तैनन् तर हामी लेखकहरू सबै सम्पादक हुनसक्छौँ । यसर्थ हामीले समाजलाई सम्पादन गर्नुपर्छ र सामाजिक रूपान्तरणतिर लाग्नुपर्छ ।’

दोस्रो दिनको दोस्रो सत्र शुरु भएको थियो साढे एक बजे । 
उद्घोषिका - लीला अनमोल, सभापति - मातृका पोखरेल, प्रमुख अतिथि - कालिम्पोङका राजेन्द्र भण्डारी र विशिष्ट अतिथि सरोज ओलीसहित लेखाजोखा नभएका अनन्त अतिथिहरू ।  ‘अनन्त अतिथि’ किन भन्दै छु भने उद्घोषिकाले शुरुमै भनेकी थिइन्- 'अतिथि आसन जारी रहने छ ।’
हुन पनि उनले अन्तिम समयसम्म अतिथि आसन गराइरहिन् र कार्यक्रमको लोगो भएको झोला पनि सहयोगीहरूबाट अन्तिम समयसम्म वितरण भइरह्यो ।

मेरो नाम पनि अतिथि आसन र अग्रासनका लागि दुवै दिन उद्घोष भएको थियो तर त्यो साहित्यिक कुम्भमा सिट खोज्दै कता गएर बस्ने ? त्यसले के मान्यता राख्छ र उचाइ बढ्छ ? मैले त्यो लालसा देखाइनँ मात्र होइन, उठ्ने जाँगर पनि चलाइनँ तर सभाको अपमान गरेको चाहिँ होइन । 

शारीरिक सौन्दर्यसँगै बोलीमा पनि मिठास भएकी लीलाले शुरूमै लामो कविता वाचन नगर्न उद्घोष गर्दै ‘लोडसेडिङ’ शीर्षकको लामै न लामो कविता वाचन गरेर लीलै गरिन् । उनले पटकपटक भनिन्— ‘एकपटक बोलाउँदा माइकमा नआउनेहरूलाई फेरि बोलाइने छैन । सम्बोधन गर्ने र लामो कविता वाचन गर्नेको माइक खोसिने छ ।’ 

सुन्दरता, कोमलता र मधुरताविरुद्ध कठोर शब्द प्रयोग गरिन् लीलाले ।
कविता पढिँदै गए, सुनिँदै गए र कविहरू बाहिरिँदै पनि गए । कविता पाठ गरिसकेपछि र झोला हात पारिसकेपछि किन बसिरहने ? हाम्रो यस्तो संस्कृति नै बनिसकेको छ । असल संस्कृतिले बाटो लिन सकेको छैन ।

एउटा सत्य कुरा के थियो भने— मोरङ, धरान, इलाम, सिलगुढी र दार्जिलिङसम्म पुग्नुपर्ने मानिस नहिँडेर पनि त भएन । तिनीहरूका लागि मायाको चिनो दिने काम पनि त सक्नुप¥यो । यी सबै काम सम्पन्न गर्दा र भएभरका कविहरूलाई अवसर दिँदा समयले नेटो काट्यो ।

काठमाडौँका कविहरूलाई बेलुका खाना खुवाएर रात्रिबसमा पठाउने व्यवस्था भएकोले कविता वाचन अन्तिममा राखिएको रहेछ । एक चौथाइभन्दा कम स्रोता बाँकी रहेको अवस्थामा राजधानीले अवसर पायो । 
बाहिरिँदै गरेका केही कविहरूले भने— ‘काठमाडौँले खुल्ला गोलपोष्टमा बल हान्नेभयो ।’ कसैले भने— ‘बचेखुचेका कवि र रित्ता कुर्सीहरूलाई कविता सुनाउँछु ।’ कसैले भने— ‘रेकर्ड हुने लोभ र मायाको चिनो पाउने आशामा कविता पढ्दै छु ।’ कतिपय कविले त माइकमा गएर ‘म कविता पढ्दिनँ’ भनेर फर्किए । अन्ततिर स्वयं उद्घोषिका नै बोल्न बाध्य भइन्— ‘दाँत फुक्लेका वृद्धका अनुहारजस्ता देखिए अगाडिका खाली कुर्सी । पछाडि बसेकाहरू अगाडि आइदिनुप¥यो ।’ 

मेरो नाम पनि बोलाइयो कविको रूपमा । मैले कविता ल्याएको छैन भनेर तर्किन खोजेँ तर सभापति मातृका पोखरेलले नै केही मन्तव्य दिन अनुरोध गर्नुभयो र उद्घोषिकालाई मेरा विशेषणहरू टिपाइदिनुभयो । 
उद्घोषिकाले वरिष्ठ साहित्यिक पत्रकार र नियात्राकारको विशेषण जोड्दै मलाई माइकमा बोलाइन् ।

साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकार भवानी घिमिरेका बारेमा बोल्नका लागि मलाई तयारी गरिरहनुपर्ने आवश्यकता थिएन । मैले कार्यपत्रहरूमा नसमेटिएका र अरूको मन्तव्यमा पनि नपरेका भवानीबारे दुईवटा कुरा अगाडि सारेँ । 

भवानी घिमिरेले साहित्यिक पत्रकारितालाई सङ्गठित र शक्तिशाली बनाउनका लािग दुईवटा योजना अगाडि सार्नुभएको थियो — ‘साहित्यिक पत्रिका प्रकाशन गर्ने एउटा सामूहिक मञ्च बनाअँौँ र साहित्यिक पत्रिका वितरण गर्नका लागि पनि वितरक संस्था निर्माण गरौँ ।’ तर ती योजनाहरू कार्यान्वयन हुन सकेनन् । 

मेरो सङ्क्षिप्त भनाइ टुङ्गियो ।

लीला अनमोलदेखि शुरु भएको कवितायात्रा प्रवेश हाङस्रोङसम्म पुगेर अन्त्य भयो । अर्थात् छ घण्टाको पट्यारलाग्दो कवितायात्राले विश्राम लिँदा साढे सात बज्यो । करिब चार सयको उपस्थितिमा उद्घाटन भएको कार्यक्रम मुस्किलले चालीस जनाको उपस्थितिमा सकियो । मेरो अनुमान थियो— काठमाडौँवासीले हल कुर्न नपरेको भए बीस जना पनि हुने थिए कि थिएनन् !

अझ रमाइलो के भएको थियो भने प्रमुख अतिथि केही नबोलिकन बाहिरिनुभएको थियो र सभापतिले पनि आफू नबोलेर समापनको जिम्मा सरोज ओलीलाई दिनुभएको थियो ।

बेलुकाको भोजनपछि तीनवटा माइक्रोबसमा आएका हामी काठमाडौँवासीहरू एउटै रात्रिबसमा अटेका थियौँ । ज्यादै ढिलो गरी आठ बजेमात्र हामीले बिर्तामोड छाडेका थियौँ ।

हँसाउने कला भएका अश्कले विभिन्न टुक्काहरू जोडेर हामीलाई हँसाएका थिए । जयपुरको मासुचोरी र व्यासजीले डाँकुजीसँग गरेका वार्ताहरू पनि चर्चाका विषय बनेका थिए । पुष्कर, शीतल, नारायण र बलरामले पनि अश्कलाई साथ दिएका थिएरु। । प्राज्ञका प्रक्रिया पूरा नगरीकन प्रज्ञापरिषद् गठन भएका कुराहरूले पनि प्राथमिकता पाएका थिएरु। । टिपेक्स लगाएर रातारात प्राज्ञका नाम परिवर्तन गरिएका कुरा पनि अगाडि आएका थिएरु। । शीतलको दृष्टिमा घाँसपात ठहरिएकाहरूले पनि आफ्नो जन्मदिनमा शुभकामना दिएको प्रसङ्ग अगाडि सारेका थिए ।
पुष्कर भट्ट भन्दै थिए— ‘निशा केसीको आजको निशा विराटनगरमै बित्ने भयो र पो ! नत्र अश्क र निशाको अविराम बोलीसँगै हामी काठमाडौँ पुग्ने थियौँ ।’ उनले झापा जाँदाका अनुभवहरू सुनाउँदै थिए— ‘अश्कको सात घण्टा अनुभव र निशाको नौ घण्टा अनुभूति सुन्दै हामी झापा पुगेका हौँ ।’
बरमझिया आएपछि हामी चढेको बस एउटा पेडा पसलअगाडि रोकिएको थियो । प्रतिकिलो आठ सय भन्ने पेडाव्यापारीलाई अश्कले हँस्यौलो पारामा जिल्याएका थिए— ‘ठिक छ, तपाईंको पेडाको भाउ आठै सय हो । हामी होइन भन्दैनौँ र घटाउँदैनौँ पनि । तर हामीलाई छ सयमा दिनुस् । सबैले धेरथोर लैजान्छौँ ।’ 

व्यापारी अनकनायो एकछिन र बुद्धिमानी अपनायो— ‘यो हुललाई मैले भड्काउनुहुन्न ।’ ऊ सहमत भयो । 

कम्तीमा तीस जनाले आधा किलोदेखि दुई किलोसम्म पेडा किनेपछि उसको खजानामा कति रकम भित्रियो होला !

अर्काे दिन बिहान छ बजे नारायणघाट आइपुगेका हामीहरू दश बजेअघि काठमाडौँ उत्रन नसक्ने पक्का भइसकेको थियो । महादेवबेसी आउँदा गाडी बिग्रिएपछि त गाडी बनाउनमै तीन घण्टा लाग्यो । केही साथीहरू मिटिङ र अफिस भेटाउन भन्दै सार्वजनिक सवारी साधन चढेर काठमाडौँ फर्किहाले । बितिहाल्ने केही नभएका हामीहरू दिउँसो एक बजे काठमाडौँ उत्रियौँ । 

बसलाई बाफलमा छाडेर म चाबहिल पुग्दा दिउँसो दुई बजेको थियो । 

No comments: