Friday, September 15, 2017

२०२ औं भानु जयन्ति सम्पन्न


शिवपुरी साहित्य समाज, रिचमण्ड बुक्स एण्ड स्टेशनरी र रिचमण्ड फूड क्याफेको संयुक्त आयोजनामा यही २०७२ साल असार २६ गते काठमान्डूको चक्रपथमा २०२ औं भानु जयन्ति कार्यक्रम सम्पन्न भयो । शिवपुरी साहित्य समाजका का.वा अध्यक्ष विष्णु बहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य मातृका पोखरेल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा वरिष्ठ साहित्यकारहरू नगेन्द्रराज शर्मा, मोहन बहादुर कायस्थ र रामकाजी कोने रहनु भएको थियो। उज्ज्वल जि.सि , लक्ष्मी उप्रेती , पुण्य घिमिरे, कृष्णदेव रिमाल , शशी थापा पण्डित , उर्मिला पन्त , सुदेश सत्याल , मोहन बुढाथोकी, गणेशकुमार श्रेष्ठ लगायत करिव डेढ दर्जन श्रष्टाहरू द्वारा रचना वाचन गरिएको उक्त कार्यक्रमको स्वागत मन्तव्य साहित्यकार शंकर भारती र संचालन साहित्यिक पत्रकार निबन्ध आचार्यले गर्नु भएको थियो। 





No comments: