Saturday, February 1, 2020

राष्ट्रघाती कदमविरुद्ध ‘नागरिक आवाज सञ्जाल’ गठन, एमसीसी खारेज पहिलो प्राथमिकता

१६ माघ ०७६, काठमाडौँ । मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लगायत सरकारको जनहित विपरीत कदमकाविरुद्ध सशक्त दबाव सिर्जना गर्ने भन्दै आज नागरिक आवाज नामक दबाब समूह गठन गरिएको छ ।
राजधानीको एक होटलमा बिहीबार भएको भेलाले ‘नागरिक आवाज’ नामक दबाब सञ्जाल गठन गरेको हो ।
भेलामा सीमा बचाउ अभियानका संयोजक सोनाम साथी, सीमा परामर्श तथा नक्सा समितिका संयोजक भैरव रिसाल, परराष्ट्रविद एवम् रुसका लागि नेपाली पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, कोरियाका लागि पूर्वराजदूत कमान सिंह लामा, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान, गुठी विधयेक विरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान श्रेष्ठ, प्रगतिशील रुपान्तरण अभियानका संयोजक श्याम श्रेष्ठ, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्की, प्रगतीशील लेखक संघका पूर्वअध्यक्ष एवम् एमसीसी खारेज अभियानका मातृका पोखरेल, अन्टुफ केन्द्रीय उपाध्यक्ष एस.बी. थापा, सीमा बचाउ अभियानका बलदेव भट्ट, मगरात संघर्ष समितिका राम मगर, गोपाल मगर, प्रगतिशील लेखक संघका अध्यक्ष समिर सिंह, जागरण परिषद् नेपालका दुर्गा प्रसाद जैसी, उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका सुमन सायमी, अन्टुफ बागमती प्रदेश उपाध्यक्ष होम खड्का, वस्तु तथा सेवा उपभोक्ता महासंघका इन्दिरा श्रेष्ठ, खसान राष्ट्रिय संर्घष समितिका संयोजक प्रेम खाती, प्रगतिशील युवा समाज, प्रगतिशील नागरिक मञ्च, संघीय लिम्बुवान लगायतका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।
उक्त भेलाले अर्को बैठकसम्मका लागि असोज कुमार महर्जनको संयोजकत्वमा एसबी थापा, बलदेव भट्ट, होम खड्का, इन्दिरा थापा, निरज बाँडे, रबिन्द्र कुमार श्रेष्ठ, चेतन सापकोटा, प्रदीप देवान कार्यालय रहेको ४५ सदस्यीय नागरिक आवाज केन्द्रीय संयोजन परिषद गठन गरेको छ ।
उक्त छलफलले एमसीसी खारेजीलाई केन्द्रमा राखेर सीमा बचाउ, सेभ दी हेरिटेज लगायत राष्ट्रियतासम्बन्धी चरणबद्ध दबाबमूलक सडक संघर्षका कार्यक्रमहरू गर्ने निर्णय लिएको सञ्जालका कार्यालय सदस्य एसबी थापाले जानकारी दिए ।
www.hakahaki.com बाट साभार 

No comments: