Sunday, May 27, 2018

वरिष्ठ साहित्यकार विश्वविमोहन श्रेष्ठ सम्मानित ।


२०७५ साल ज्येष्ठ १२ गते । युगकवि सिध्दिचरण श्रेष्ठको १०७औं जयन्ति मनाउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानको एकाईसौं रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रन सम्पन्न भएको छ ।
सो कार्यक्रममा वरिष्ठ  साहित्यकार श्री विश्वविमोहन श्रेष्ठ स्रष्टा सम्मान ग्रहण गर्नुहुँदै युगकवि सिध्दिचरण तथा उपन्यासकार लीलाध्वज थापाको बारेमा चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष थापा प्रति खुशी व्यक्त गर्नुभयो र सम्मानित हुन पाउँदाको खुशी व्यक्त गर्नुभएको थियो सो कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ मातृका  पोखरेलले साहित्य र भाषा जोगाउन साहित्यकारहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुहुँदै यस प्रतिष्ठनले खेलेको भूमिकाको सह्राहना गर्नुभयो । सो कार्यक्रममा प्राग्य विवश पोखरेलले समेत मुक्तक वाचन गर्नु भयो र कार्यक्रम ज्यादै प्रभावकारी भएको चर्चा गर्नुभयो ।
प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले सबैलाई धन्यवाद ग्यापन गर्दै युगकवि शिर्षकको कविता वाचन गर्नु भयो । कार्यक्रममा वाचन गरिएका बिभिन्न रचनाको प्रशंसासमेत गर्नु भयो । कार्यक्रममा अध्यक्ष विजयध्वज थापाले साहित्यकारले रचना गर्न छोड्न नहुने र आज गरिएका रचना राम्रो नभए पनि क्रमश सुधार हुँदै जाने र त्यसैको लागि यस प्रतिष्ठनले सेवा गरेको उल्लेख गर्नु भयो ।
५४ जना साहित्यकारले भाग लिनुभएको सो कार्यक्रममा मिसन अधिकारी,सुन्दर बहादुर खडका, खेमलाल पोखरेल,महेश प्रसाद रिजाल,प्रकाश बस्नेत गफाडी,माधव घिमिरे अटल,कोपिला घिमिरे,मुकुन्द न्यौपाने,निर्मल पराजुली,सुधिना काफ्ले,जयमङ्गल सापकोटा,अर्जुन थापा,अन्जु धमला,उध्दव कुमार पोखरेल,मानन्धर अभागी, गणेस प्रसाद खतिवडा,शिवराम खडका,रविन्द्र आशिष शैली,देवकी तिमल्सिना,रत्न विरही घिमिरे,साबित्री न्यौपाने,प्रकाश सुवेदी,शिवराम खडका, कल्पना काफ्ले,कृष्ण प्रसाद आचार्य,चेतनाथ कणेल ‘हरित’,विवश पोखरेल,विश्वबिमोहन श्रेष्ठ,सुरेश नेपाली,उर्मिला पन्त पाण्डेय,राजन विक्रम थापा,भुवन शिवाकोटी,रुद्र अधिकारी,डा.शेषराज आचार्य,कुशुम शर्मा, दुर्गा तिवारी, उपमा आचार्य,पुष्पा धमला,शान्ति शर्मा,उमा पोखरेल, कुमार नेपाल , उत्तम विचार,इन्दु पन्त, मदनराज थापा , राजबाबु श्रेष्ठ, पदम दोङ, मातृका  पोखरेल ,विजयध्वज थापा आदिले आआफ्नो रचना वाचन गर्नु गर्नुभएको थियो
वाचन गरिएका रचनाका उच्च मूल्यङ्कन गर्दै कदर पत्र प्रदान गरियो साथै माधव घिमिरे अटलले सन्चालन गर्नु भएको सो कार्यक्रममा रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुभएको थियो ।
www.samabeshionline.com बाट



































































































बिजयध्वज थापाको फेसबुक वालबाट ।
बिजयध्वज थापाको फेसबुक वालबाट ।
बिजयध्वज थापाको फेसबुक वालबाट ।
निर्मल पराजुलीको फेसबुक वालबाट ।
राजबाबु श्रेष्ठको फेसबुक वालबाट ।

No comments: