Tuesday, October 29, 2019

झिल्टुङमा महाकविको सम्झना

सौर्य दैनिक, वर्ष-८, अङ्क -२४०, बिहिबार १४ कार्तिक २०७६ 

------------------------------------------------------------------------------

झिल्टुङमा महाकविको सम्झना

सौर्य अनलाइन / २०७६ कार्तिक १४ गते प्रकाशित

नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको वैचारिक दृष्टिकोणका बारेमा बहस भएको छ । महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको सन्दर्भ पारेर देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान तथा देवकोटा साहित्य प्रतिष्ठान नुवाकोटको आयोजनामा भएको कार्यक्रममा नेपाली साहित्यमा देवकोटाले पुर्याएको योगदानमाथि चर्चा गरिएको हो ।
बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा भएको कार्यक्रममा माक्र्सवादी सौन्दर्यचिन्तक तथा देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले देवकोटा मूलतः युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आफ्नो चिन्तनलाई पनि परिमार्जित गर्दै अघि बढेका साहित्यकार भएको बताए ।
चापागाईंले भने, ‘कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९९१) देखि उनले नेपालका गरिब र विपन्न जनताप्रति सहानुभूति र धनी, सम्पन्न तथा विलासी जीवनप्रति विरोधका साथै श्रमप्रति सम्मान प्रकट गर्न थालेका हुन् । यो मूल भावनामा उनी आजीवन अविचल रहे । गरिब जनताको भलाइकै निम्ति उनी राणाशासन विरोधी बने, पूँजीवादी लोकतन्त्र र मानवतावादको समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने ।’ चापागाईंले देवकोटामा ज्ञान र अनुभवको विस्तार हुँदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा पुगेको जिकिर गरे ।
उनले यसपछि महाकवि देवकोटा माक्र्सवाद र समाजवादी मानवतावादको समर्थक बन्न पुगेका धारणा राखे । उनले भने, ‘गरिब जनताप्रति सहानुभूति र सम्पन्न वर्गप्रतिको विरोधी भावनाबाट थालनी गरेर विकास गर्दै माक्र्सवादको प्रभावसम्म पुगेका भावनाप्रवण साहित्यकार देवकोटाको विकासक्रमलाई बुझ्न नसकेकाहरूले उनलाई सिद्धान्तहीन भनेर आक्रमण गर्दै आएका छन् । यसो गर्नु उनीमाथि सरासर अन्याय गर्नु हो । निश्चय नै वैचारिक दृष्टिले देवकोटा आफ्नो साहित्यिक जीवनमा एक समान छैनन् । उनमा प्रशस्त विरोधाभास र अन्तर्विरोध छन् ।’
कार्यक्रममा प्रा. रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको चर्चा गर्दै शिक्षा र समाजलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देवकोटाले जनताको नाडी छामेर साहित्य सिर्जना गरेको बताउँदै भने, ‘महाकवि देवकोटाको सोच, सिर्जना र व्यवहार वर्तमानमा देखिएको छैन । हुनत देवकोटाको सिर्जनाले सीमान्तकृत तथा दबिएका नागरिकका कुरालाई सशक्त ढंगले उठान गरेको पाइन्छ ।’ प्रा. भट्टराईले देवकोटाको साहित्यिक र राजनीतिक यात्राले नेपालमा परिवर्तनको अपेक्षा गरे पनि चाहेजस्तो राजनीतिक परिवर्तन आउन नसकेको बताए ।
महाकवि देवकोटाले नुवाकोटको झिल्टुङमा लेखेको ‘कुञ्जिनी’ र ‘पहाडी जीवन’ ले यस क्षेत्रको जनजीवन र प्रकृति बुझ्न निकै मद्दत मिलेको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले बताइन् । उनले भनिन्, ‘महाकवि देवकोटाले यही क्षेत्रमा बसेर चर्चित कृति लेखेको स्थानलाई साहित्यिक तथा पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले काम गर्ने विश्वास दिलाउन चाहान्छु ।’ उनले देवकोटा बसेको घरलाई भूकम्पले क्षति पु¥याएकाले त्यस घरको निर्माणमा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाइन् । उपप्रमुख ढुंगानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उनी बसेको घरसम्मको सडकको नाम ‘देवकोटामार्ग’ राखिएको जानकारी दिइन् ।
उनले साहित्यिक तथा सांस्कृतिक कार्यक्रमले सामाजिक जागरण ल्याउन महत्वपूर्ण सघाउ पुग्नेमा विश्वास व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले देवकोटाले साहित्य सिर्जना गरेको स्थानको संरक्षण र प्रवद्र्धधनमा हातेमालो गरेर अगाडि बढ्ने बताइन् ।
कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष मातृका पोखेरलले नेपाली साहित्यमा महाकवि देवकोटाले महत्वपूर्ण योगदान दिएको बताउँदै उनका कृति सामाजिक जागरणमा कोशेढुंगा रहेको धारणा राखे । उनले देवकोटाले मानवतावादलाई केन्द्रमा राखेर साहित्य रचना गरेकाले जनताका मनमनमा बस्न सफल भएको जिकिर गरे । त्यस्तै, लेखक खेम थपलियाले सामाजिक रुपान्तरणमा देवकोटाका कृतिले महत्वपूर्ण भूमिका खेलेका बताए ।
उक्त अवसरमा लेखक नारायण नेपालद्वारा लिखित ‘कञ्चना’ काव्यको माक्र्सवादी सौन्दर्यचिन्तक तथा साहित्यकार चापागाईं र उपमेयर ढुंगानाले संयुक्तरूपमा विमोचन गरे । उक्त कृतिमाथि टिप्पणी लेखक अभय श्रेष्ठले समाज परिवर्तनमा बलिदान दिने सहिदलाई काव्यमा उतारिएको बताए ।
सो अवसरमा साहित्यकार सुनिल पौडेल, बाबा बस्नेत, प्रगतिशील लेखक संघ नुवाकोटका अध्यक्ष राजकुमार पुत्ला, प्रमिला परी, भगवती लामा, गायत्री भट्टराई, अग्निराज पौडेल लगायतले सिर्जनावाचन गरेका थिए । जनगायक ढुण्डीराज अधिकारीले देवकोटाको योगदानको चर्चा गर्दै ‘भिख माग्दिनँ’ बोलको गीत गाए ।
नेपाली साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिएको भन्दै देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङ दुईपिपलले हरेक वर्ष गर्दै आएको स्रष्टा सम्मान यो वर्ष कवि निभा शाह, लेखक अभय श्रेष्ठ र चलचित्रकर्मी लव प्याकुरेललाई प्रदान गरियो । त्यसैगरी लेखक कृष्णहरि भट्टले समाजलाई सचेत ढंगले झक्झकाउन महाकवि देवकोटाले महत्वपूर्ण योगदान दिएको बताए ।
महाकवि देवकोटाले झिल्टुङमा बसेर ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध लेखेकाले एक दशकदेखि बेलकोटगढीको यस क्षेत्रमा देवकोटा जन्मजयन्ती विविध कार्यक्रम गर्दै आएको नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताए । उनले देवकोटाले वि.सं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला उक्त कृति लेखेको जानकारी दिए । अध्यक्ष नेपालले भने, ‘कुञ्जिनी खण्डकाव्य र पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकाले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्दै आएका छाैँ ।’
उक्त कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर लामा (जनम), ५ का वडाअध्यक्ष अनन्तराम नेपालले देवकोटाको योगदानको चर्चा गरेका थिए ।
www.souryaonline.com बाट साभार 
---------------------------------------------------------------------------
सम्झनामा महाकवि देवकोटा

लोकान्तर संवाददाता

कात्तिक १०, २०७६

नुवाकोट –  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ ।

महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य र पहाडी जीवन निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ ।
देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार आयोजना गरेको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचार गोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको÷सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताए ।
प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिएको थियो । उनले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताए। 
कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गरेका थिए । उनले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उनको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताए।
नुवाकोटको झिल्टुङलाई चिनाउन कुञ्जीनी र पहाडी जीवनले विशेष योगदान पुर्‍याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति गरेकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताए। 
प्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उनी बसेको घरसम्म देवकोटा मार्ग भनेर नामाकरण गरिएको जानकारी दिए। कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतको आ–आफ्ना धारणा राखेका थिए। 
यस्तै कार्यक्रममा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेल लगायतले सिर्जना वाचन गरेका थिए । कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेख्नुभएको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको छ । कार्यक्रममा निभा शाह, अभय श्रेष्ठ र लव प्याकुरेललाई सम्मानसमेत गरिएको थियो ।  
देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला कुञ्जिनी खण्डकाव्य र  पहाडी जीवन निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकोले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताए।

www.lokaantar.com बाट साभार 
-----------------------------------------------------------------------------------------------------

विचार पत्र 
महाकवि देवकोटाको वैचारिक विकास 
निनु चापागाईं

लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्यका अजङ्गका व्यक्तित्व हुन्, खासगरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकार मध्येका प्रमुख हस्ती समेत हुन् । नेपाली साहित्यका अतिशय भावुक, कल्पनाकाशमा विचरण गर्न असाध्यै मन पराउने, विराट् सृजन–सामथ्र्य र असाधारण प्रतिभा भएका आशुकवि र कतिपय सन्दर्भमा विवादास्पद व्यक्तित्व पनि हुन् देवकोटा । देवकोटा र उनको साहित्यिक रचनाका बारेमा फरक–फरक ढङ्गले व्याख्या र मूल्याङ्कन हुने गरेको पाइन्छ । उनका साहित्यिक रचनालाई सन्दर्भित गरेर परम्परावादीहरू, पुँजीवादीहरू र समाजवादी चिन्तन राख्नेहरूले आआफ्ना चिन्तनप्रणालीभित्र राखेर हेर्ने भगीरथ प्रयत्न अहिलेसम्म पनि गरिरहेका छन् । यसका निम्ति देवकोटाको साहित्यभण्डारले धेरथोर आधार प्रदान गरेकै छ । त्यसैले उनका रचनाको मूल्याड्कन गर्नु अलि अप्ठ्यारो काम पनि हो । तर उनका रचनामा पाइने वैचारिक विकासलाई आधार बनाएर हेर्ने प्रयास गर्ने हो भने यो काम त्यति असहज होला भन्ने मलाई लाग्दैन । 

देवकोटा कुनै खास भौतिक वा आध्यात्मिक वैचारिकताको साँघुरो वृत्तभित्र बन्दी बन्न मन पराउँदैनन् भनेर देवकोटामा पाइने प्रगाढ युगबोध, जनता तथा राष्ट्रप्रतिको समर्पणभावलाई उपेक्षा गर्ने, उनका रचनामा क्रमशः विकास हुदै गएको वैचारिक पक्षलाई लुकाउने र अझ अनावश्यक रूपमा उनका फरक फरक चरणका रचनालाई आधार बनाएर उनीमाथि प्रहार गर्ने नियोजित बौध्दिक प्रयत्न बेला बेलामा हुँदै आएको छ । देवकोटा मूलतः युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आफ्नो चिन्तनलाई पनि परिमार्जित गर्दै अघि बढेका साहित्यकार हुन् । कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९९१) देखि उनले नेपालका गरिब र विपन्न जनताप्रति सहनुभूति र धनी, सम्पन्न तथा विलासी जीवनप्रति विरोधका साथै श्रमप्रति सम्मान प्रकट गर्न थालेका हुन् । यो मूल भावनामा उनी आजीवन अविचल रहे । गरिब जनताको भलाइकै निम्ति उनी राणाशासन विरोधी बने, पुँजीवादी लोकतन्त्र र मानवतावादको समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने । ज्ञान र अनुभवको विस्तार हुँदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा उनी पुगे र यसपछि माक्र्सवाद र समाजवादी मानवतावादको समर्थक बन्न पुगे । गरिब जनताप्रति सहानुभूति र सम्पन्न वर्गप्रतिको विरोधी भावनाबाट थालनी गरेर विकास गर्दै माक्र्सवादको प्रभावसम्म पुगेका भावनाप्रवण साहित्यकार देवकोटाको विकासक्रमलाई बुझ्न नसकेकाहरूले उनलाई सिध्दान्तहीन भनेर आक्रमण गर्दै आएका छन् । यसो गर्नु उनीमाथि सरासर अन्याय गर्नु हो । निश्चय नै वैचारिक दृष्टिले देवकोटा आफ्नो साहित्यिक जीवनमा एक समान छैनन् । उनमा प्रशस्त विरोधाभास र अन्तर्विरोध छन् । तर उनको साहित्यिक विकासलाई दृष्टिगत गरेर उनका विचारलाई अध्ययन गर्न सकेको खण्डमा उनमा रहेका असङ्गतिलाई राम्ररी बुझ्न नसकिने होइन ।

साहित्यका प्रायः सबैजसो विधामा हात चलाउने विराट् बहुमुखी प्रतिभाका धनी लक्ष्मीप्रसाद देवकोटा मूलतः कवि हुन् । उनले आफ्नो पचास वर्षको अल्पायुमा चार दशक साहित्य साधनामा लगाएका छन् । उनका थाहा भएका प्रकाशित–अप्रकाशित करिब पचासीवटा पुस्तकहरू मध्ये पन्ध्रवटा जति मात्र कृति कविताइतर विधासँग सम्बन्धित छन् । नेपाली साहित्यमा आत्मगत निबन्धको क्षेत्रलाई सर्वप्रथम मलिलो र हराभरा बनाउने र आधुनिक नेपाली निबन्धको संस्थापनामा प्रमुख भूमिका खेल्ने निबन्धकार देवकोटामाथि कवि देवकोटाको छाया पर्याप्त मात्रामा अनुभूत गरिने यथार्थ हो । निर्विवाद रूपले देवकोटा स्वच्छन्दतावादका मुख्य सूत्रधार र प्रणेता हुन् । पहिलो पटक कविता प्रकाशनमा आएदेखि मृत्युपर्यन्त उनले स्वच्छन्दतावादी कविताहरू नै सृजना गरेका छन् ।
अभिजात्यवाद वा शास्त्रीयतावादद्वारा प्रचारित निरङ्कुशतावाद (अर्थात् सामन्तवादी दृष्टिकोण) बाट मुक्ति पाउने प्रयत्नका रूपमा विश्व साहित्यमा स्वच्छन्दतावादको उदय भएको थियो । नेपालको सन्दर्भमा पनि यथार्थ यही नै हो । पहिलो चरणको अवधिमा निरड्कुशतावादप्रति असन्तुष्ट रहेका देवकोटाले आप्mनो त्यस असन्तुष्टिलाई सहजै कवितामा अभिव्यक्त गर्न सकेका छैनन् (कतिपय सन्दर्भमा त प्रशंसा नै गरेका छन्) । सामाजिक परिपाटीबाट असन्तुष्ट भएकै कारणले गर्दा उनले यसबाट पलायन गरेर प्रकृतिको शरण लिएका हुन् । विश्व साहित्यमा पाइने स्वच्छन्दतावादका मूलतः परस्परविरोधी दुई किसिमका प्रवृत्तिहरू– निष्क्रिय स्वच्छन्दतावाद र सक्रिय स्वच्छन्दतावाद– देवकोटामा पनि पाइन्छन् । सक्रिय स्वच्छन्दतावादलाई चलनचल्तीमा क्रान्तिकारी स्वच्छन्दतावाद भन्ने गरिएको छ र यसका पनि दुईवटा रूप छन् । क्रान्तिको पक्षमा र रचनाविधिमा एकसमान भएर पनि यसको एउटा धाराले पुँजीवादी मानवतावादको पक्ष लिन्छ भने अर्कोले चाहिँ समाजवादी मानवतावादको पक्ष लिन्छ । पछिल्लोले साम्यवादलाई आप्mनो आदर्शका रूपमा ग्रहण गर्दछ । देवकोटाले स्वच्छन्दतावादका यी सबै रूपलाई आफ्ना कवितामा उच्च कलात्मकताका साथ प्रस्तुत गरेका छन् । यो देवकोटामा पाइने एउटा विशेषता हो । देवकोटा १९९१ देखि २००३ सम्म निष्क्रिय स्वच्छन्दतावादी, २००४ देखि २००७ सम्म पुँजीवादी मानवतावाद–समर्थक सक्रिय (क्रान्तिकारी) स्वच्छन्दतावादी  र २००८ देखि २०१५ सम्म समाजवादी मानवतावाद–प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी रहेका छन् । तर देकोटाका पछिल्ला दुई चरणमा पनि निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति पनि कुनै क कुनै तरिकाले प्रकट हुने गरेको तथ्यलाई यस सन्दर्भमा बिर्सन मिल्दैन । उनी मूलतः आफ्नो साहित्यिक यात्राका सबै मोडहरूमा मानवतावादी रहेका छन् र उनको मानवतावाद पछिल्ला चरणमा क्रमशः विकसित र घनीभूत हुँदै गएको पाइन्छ ।

तर्कबुध्दिवादलाई विशेष महत्त्व दिने अभिजात्यवादका विरुद्ध कल्पनाशीलता, अनुभूति, संवेग–आवेग र सृजनात्मक हर्षातिरेकलाई सर्वोपरि महत्त्व दिने, प्रकृतिको रहस्यमय पूजा गर्ने, प्रेम, कलात्मक सृजन र धार्मिक अनुभूतिलाई अलौकिक शक्तिको उपलब्धिको साधन मान्ने, प्रकृतिका विभिन्न पहलुहरूलाई उद्घाटित गर्ने र पूर्णतया तर्क–बुध्दिहीनता वा भावनात्मक पक्षको चित्रणमा सीमित हुने निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति नै पहिलो चरणका देवकोटामा केन्द्रीय स्थानमा छ । यसरी नै मध्ययुगीन अतीतलाई आदर्शीकरण गर्ने, अतर्कबुध्दिवाद र रहस्यवादलाई स्थापित गर्ने, भाग्यवादी विचारहरूलाई मूर्तीकरण गर्दै नियतिका सामु मानिस र उसमा भएको बुध्दि विवेकको कुनै महत्त्व छैन भनेर पुष्टि गर्ने थप विशेषता पनि देवकोटाको यस चरणको साहित्यमा प्रबल रूपमा पाइन्छ । यस अतिरिक्त लोकपरम्पराप्रति अनुराग, ग्रामीण एवम् बाल्यजीवनप्रति मोह, श्रमप्रति श्रद्धा, गरिब र विपन्न जनताप्रति सहानुभूति स्वच्छन्दतावादमा प्रकट हुने केही पक्षहरू पनि देवकोटामा पाइन्छन् । लेखनाथ पौड्याल, बालकृष्ण सम र सोमनाथ सिग्द्याल आदि साहित्यकारहरूले बढाएको नेपाली अभिजात्यवादको प्रतिक्रियास्वरूप रचना गरिएका देवकोटाका प्रथम चरण (१९९१–२००३) का कविता–काव्यहरूले उपर्युक्त निष्क्रिय स्वच्छन्दतावादका विशेषताहरूलाई पूर्णतया आफूमा समावेश गरेका छन् । 

नयाँ साहित्यिक आन्दोलनको सूत्रपात त्यतिखेर मात्र हुन्छ जतिखेर सामाजिक जीवनले महत्त्वपूर्ण परिवर्तनको अनुभव गर्दछ वा युगका प्रगतिशील तत्त्वहरूले यस्तो परिवर्तनको आवश्यकताप्रति स्पष्टतया सचेत प्रयत्न गर्न थाल्दछन् । बिसौं शताब्दीको असीको दशकदेखि सचेत एवम् बौध्दिक रूपले र राजनीतिक दृष्टिले परिवर्तनको आवश्यकताका लागि थालिएको प्रयत्नस्वरूप नेपाली साहित्यमा स्वच्छन्दतावादको सूत्रपात भएको थियो । तर त्यसले सुरुमा सामाजिक क्षेत्रमा सबल प्रभाव भने पार्न सकेन । १९९७ को ‘सहिदकाण्ड’ नेपाली साहित्यको सन्दर्भमा नयाँ साहित्यिक आन्दोलनलाई सूत्रपात गर्ने कारक तत्त्व किन बन्न पुगेको देखिन्छ भने यसैको वरिपरिदेखि क्रान्तिकारी स्वच्छन्दतावादको उदय हुन थालेको छ । १९९० को एकाघ वर्षअघिदेखि नै राजनीतिक रूपबाट सचेत नेपाली युवाहरूले निरड्कुश जहाँनियाँ राणातन्त्रलाई हटाएर त्यसको ठाउँमा संवैधानिक राजतन्त्र वा गणतन्त्रको पुँजीवादी राजनीतिक व्यवस्था स्थापित गर्न भूमिगत क्रियाकलापहरू प्रारम्भ गरे तापनि १९९७ मा पुगेर मात्र यो ‘सहिदकाण्ड’का रूपमा सार्वजनिक भयो । राणाशासनको निरड्कुश शोषण–उत्पीडनका विरुद्ध सामाजिक जीवनमा महत्त्वपूर्ण परिवर्तनको आवश्यकतालाई सहिदहरूले सार्वजनिक रूपमै बोध गराए र यसले नै नेपाली साहित्यमा क्रान्तिकारी स्वच्छन्दतावादलाई जन्माउने अवसर दिएको हो । नेपालको यही सामाजिक–आर्थिक–राजनीतिक पृष्ठभूमिसहित सामन्तवादका बन्धनहरूबाट व्यक्तिगत उन्मुक्तिलाई अतिशय महत्त्व दिने स्वच्छन्दतावादको अङ्ग्रेजी परम्परा र भारतको बङ्गाली र हिन्दीको छायावादी प्रवृत्तिबाट प्रभावित भएर नेपालमा स्वच्छन्दतावादको प्रवर्तन र सम्बद्र्धनमा लागेका कविहरू नै सर्वप्रथम यतातिर आकर्षित भए । नेपाली स्वच्छन्दतावादी धाराको बीजारोपणमा देवकोटा सँगसँगै क्रियाशील रहेका कवि सिद्धिचरण श्रेष्ठ, एकाध वर्षपछिदेखि स्वच्छन्दतावादी कविताहरू सृजना गर्दै आएका कवि गोपालप्रसाद रिमाल र कवि युध्द्धप्रसाद मिश्र आदिका कवितामा क्रान्तिका बीजहरू देखा परिसकेका थिए । यसरी १९९७ को निर्मम एवम् अमानुषिक सहिदकाण्डको प्रभाव, परिवेश र राजनीतिक जागरणकै परिणामस्वरूप शासकहरूको स्तुतिगान गर्न थालेका कवि देवकोटाले २००२ तिर ‘एक डल्लो आलु’देखि सामाजिक क्षेत्रमा प्रवेश गरे र यसपछि क्रान्तिकारी स्वच्छन्दतावादी रचनाहरू निर्माण गर्न थाले । यहाँदेखि नै उनको कविताको दोस्रो चरण (२००४–२००७) प्रारम्भ हुन्छ । यसअघि उनी नेपालको सामाजिक समस्यामा भन्दा प्रकृतिको चित्रणमा आकण्ठ डुब्ने गरेका थिए र झिनो रूपमा गरिब जनताप्रति सहानुभूति प्रकट गर्दै ‘आर्य समाज’को चिन्तनबाट प्रेरित भएर धार्मिक कट्टरता र जातिप्रथाका विरुध्द मात्र वाणी दिइरहेका थिए । १९९७ को घटनाले उनको राजनीतिक चेतनाको द्वारलाई अरू बढी घच्घच्याउने काम ग¥यो । तर देवकोटाका कवितामा त्यसको प्रतिबिम्बन भने २००३ मा, खासगरी २००४ देखि मात्र हुन थाल्यो ।

देवकोटा ट्युसन गरेर जीविका चलाउनुपर्ने र सधैँ आर्थिक समस्याबाट पिरोलिइरहनुपर्ने मध्यमवर्गीय परिवारका व्यक्ति हुन् । आर्थिक रोगबाट कहिल्यै मुक्त हुन नसकेका देवकोटाले यस समस्यालाई ‘जन्मजात समस्या’ मानेका छन् । यसबाट पीडित उनले कय्यौँ पटक भोकभोकै दिनहरू गुजार्नुपरेको छ र औषधोपचारको लागि अर्थको अभावबाट सन्तानहरूसमेत गुमाउनुपरेको छ । अर्कातिर उनको आर्थिक रोगलाई मानसिक रोग ठह¥याएर इस्टमित्र, बन्धुबान्धव लगायत साहित्यिक–राजनीतिक साथीहरूबाट समेत उनले अपमानित र तिरष्कृत हुनुपरेको छ । १९८७ मा पुस्तकालय खोल्ने प्रयत्न गरेको अभियोगमा अन्य पैँतालिस जनासँगै दण्डसजायको भागिदार बन्न पुगेका उनी राणाशासनको निरड्कुश उत्पीडन र शोषणसँग राम्ररी परिचित थिए । एकातिर आफु लगायत अधिकांश नेपाली जनताको विपन्न स्थिति र अर्कातिर राणाहरूको वैभवशाली विलासी जीवन र आर्थिक वैषम्यलाई राणाका सन्तानलाई दरबारमै गएर पढाउने क्रममा राम्ररी देखे–बुझेका कवि देवकोटा १९९७ सालको निर्मम दमनपछि दमनकारी शक्तिहरूको विरोधमा धर्मरिँदै आइपुगे र २००४ देखि क्रान्तिको वकालत गर्न थाले । २००४ साल असार महिनादेखि २००६ साल असोज महिनासम्म नेपाली राष्ट्रिय काङ्ग्रेसको मुखपत्र ‘युगवाणी’को सम्पादन गर्ने क्रममा बनारसमा प्रवासी जीवन बिताउँदै उनले उन्मुक्त रूपमा राणाशासन विरोधी क्रान्तिकारी रचनाहरू सृजना गरेका छन् । ‘पहाडी पुकार’ (२००५) देवकोटाको यस अवधिको बहुचर्चित लामो कविता हो । यसमा उनले राणाकालीन नेपालको सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गर्दै मानवअधिकारका निम्ति सङ्घर्ष र क्रान्ति गर्न आह्वान गरेका छन् । सामाजिक एवम् राजनीतिक समस्याहरूको प्रतिबिम्बन यति सशक्त रूपमा देवकोटाको साहित्यमा यसअघि हुन सकेको थिएन ।

सामाजिक शोषण–उत्पीडनबाट मुक्ति, आर्थिक तथा वर्गीय वैषम्यको समाप्ति र जीवननिर्वाहका निम्ति आवश्यक पर्ने गाँस–बास–कपासको परिपूर्तिका निम्ति साहित्यकार देवकोटाले क्रान्तिको आकाङ्क्षा र सपना सँगालेका थिए । तर सात सालको क्रान्तिका नाममा दिल्लीमा भएको राणा–काङ्ग्रेसको सम्झौताले नेपाली जनताको सामाजिक जीवनमा न कुनै परिवर्तन ल्यायो, न त राजनीतिक स्वतन्त्रता र उन्मुक्तिको चाहनालाई नै पुरा ग¥यो । दिल्ली सम्झौता धोका हो भन्ने जनतामाथि परिवर्तनपछि बनेको सरकारले दमनचक्र चलाउन थाल्यो र जनतालाई आफ्नो हक–अधिकारका लागि सङ्घर्षमा उतार्ने आन्दोलनकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउन सुरु ग¥यो । यस वस्तुगत यथार्थले देवकोटालाई आफुले लिएको विचारधाराको सीमालाई बुझ्न र आफुले यसअघि स्वीकार गरेको राजनीतिमाथि पुनर्विचार गर्न बाध्य पा¥यो । २००४ सालदेखि प्रदीप्त भैरहेको देवकोटाको क्रान्तिकारी चेतनालाई यसले अरू बढी उत्प्रेरित ग¥यो । देवकोटा आफैँले भोग्नुपरेको आर्थिक विपन्नता, औषधोपचार हुन नपाएर भएको दुई छोराहरूको मृत्यु, काङ्ग्रेसी राजनीतिक मित्रहरूको शोषणमुखी मानसिकता, राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रबाट सहनुपरेको अपमान, उपेक्षा र पीडाहरूले देवकोटाको क्रान्तिकारी चेतनामा वृद्धि गर्न अरू सहयोग पु¥याए । अरू पुँजीवादी बुध्दिजीवी र राजनीतिक शक्तिहरूले मानेसरह उनको बुद्धि र विवेकले सात सालको परिवर्तनलाई सफल क्रान्तिका रूपमा स्वीकार गर्न मानेन र साँचो, वास्तविक क्रान्तिको आह्वान गर्न थाल्यो । यसपछि नै देवकोटाले शोषण, सामाजिक विभेद र आर्थिक विषमताको मूल कारण व्यक्तिगत सम्पत्ति हो भन्ने तथ्यलाई प्रस्टसँग साहित्यमा प्रतिबिम्बित गर्न थाले र त्यसका विरुद्ध दृढताका साथ कलम चलाउन थाले । माक्र्सवादी चिन्तकहरूकै समकक्षमा उभिएर साहित्यलाई जनताको वर्गीय हतियारका रूपमा मान्यता प्रदान गरे, हिजो आफैँले मानेको राजनीतिक नेतृत्व र नेपाल देश एवम् नेपाली जनताको शोषण र उत्पीडनमा संलग्न शक्ति र वर्गहरूप्रति वर्गीय घृणा व्यक्त गर्न थाले । सजग रूपबाट वर्गसङ्घर्षका रूपहरूलाई ‘कृषिवाला’मा झैँ उतार्न थाले । उनले यस अवधिमा खुलेर नै आधुनिक चिन्तनका रूपमा द्वन्द्वात्मक भौतिकवादलाई मान्यता प्रदान गरे । समाजवादी राष्ट्र र त्यहाँका नेताहरूको प्रशंसा र सम्मानमा कविताहरू रचना गरे । यसो हुनुमा समाजवादी मुलुकहरूको भ्रमण गर्नु, त्यहाँको जनजीवनलाई नजिकबाट नियाल्ने अवसर पाउनु र त्यहाँ भएका प्रगतिहरूबाट अत्यधिक प्रभावित हुनु पनि थप कारण रहेको छ । यसरी उनले क्रान्तिकारी स्वच्छन्दतावादी धारालाई पहिलेको भन्दा थप उचाइ प्रदान गर्न थाले । देवकोटाको विकासको यो तेस्रो चरण हो र यो २००८ देखि २०१५ को आधाउधीसम्म रहेको छ । १९५३ सालमा कवि देवकोटाले रुमानियामा भएको चौथो अन्तर्राष्ट्रिय युवाहरूको महोत्सवमा नेपाली प्रतिनिधि मण्डलको सदस्यका रूपमा भाग लिएका थिए । यही समयमा उनले हङ्गेरी, रुस र चीनजस्ता मुलुकहरूको पनि भ्रमण गरेका थिए । ती देशमा भएका ठुल्ठुला परिवर्तनहरू र त्यहाँका प्रगतिशील सामाजिक व्यवस्थाले उनलाई निकै प्रभाव पा¥यो । यसले उनमा विकसित हुँदै आएको समाजवादी मानवतावादलाई अरू मलजल पु¥याउने काम ग¥यो ।

२०१५ सालको असोज महिनामा तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेताका रूपमा देवकोटाले दिएको भाषण यस चरणको उनको लेखन र चिन्तनलाई बोध गराउने अत्यन्त सहयोगी र महत्त्वपूर्ण सामग्री हो । देवकोटाले उक्त भाषणमा सम्मेलनमा सहभागी भएका अन्य देशबाट आएका लेखकहरूलाई नेपाली साहित्यको विकासको झलक मात्र दिएका छैनन्, नेपालका लेखकहरूले वहन गर्नुपर्ने दायित्व, वर्तमान सन्दर्भमा साहित्यको भूमिका र सामाजिक रूपान्तरणको आवश्यकतामाथि पनि प्रकाश पारेका छन् । नेपालको सामाजिक–आर्थिक प्रणालीको रूपान्तरणमा उनले सबभन्दा बढी जोड दिएका छन् । उनी भन्दछन् ः ‘राणा खलकको शासनकालमा लेखकले आशा राख्नसक्ने सबभन्दा ठुलो कुरा कुनै थियो भने त्यो थियो बहुमूल्य जीवनशक्तिलाई साहित्यमा परिणत गर्नु । आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्नुपर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताको तर्फबाट सन्मानका निम्ति सङ्घर्ष गर्नुपर्ने हुन्छ । लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक–आर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक–आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणमा परिवर्तनमाथि ठुलो आशा राखेका छौं’’ । स्पष्ट छ– देवकोटा २००७ सालपछि स्थापित सामाजिक–आर्थिक प्रणालीको पक्षमा थिएनन् र त्यसको परिवर्तनका लागि त्यही समयदेखि नै क्रियाशील रहेका थिए । देवकोटा साहित्य कुनै एक वर्गको सोखको विषय हुन सक्तैन भन्ने कुरालाई प्रस्ट पार्दै भन्छन् ः ‘जीवनका निम्ति र विनाशका विरुद्ध, सह–अस्तित्वका निमित्त र सैनिक आक्रमणका विरुद्ध, राष्ट्रिय स्वधीनताका निमित्त र उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध, आधुनिक मानवजातिका महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय हुन सक्तैन । अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ’ ।

एक थरी राजनीतिक शक्ति र बौद्धिकहरू नेपालमा २००७ सालको क्रान्ति सफल भएको र प्रजातन्त्र आएको खुशियाली मनाइरहेका थिए । तर कवि देवकोटा चाहिँ २००८ सालदेखि उनले २००७ सालअघिदेखि गर्दै आएको क्रान्तिको आह्वान नयाँ सन्दर्भ र नयाँ अर्थमा गरिरहेका थिए । २००८ सालपछिका देवकोटाका कविताको विशेषता भनेकै यही हो । क्रान्तिको उनको यो आह्वान बहुसङ्ख्यक शोषित नेपाली जनता र देवकोटा स्वयंको २००७ सालको असफल क्रान्तिको मूल्याङ्कनको परिणाम थियो ।

कवि देवकोटाले सात सालको परिवर्तन र त्यसको उपलब्धिको मात्र आलोचना गरेका छैनन्, त्यतिखेरको राजनीतिक नेतृत्वप्रति पनि तीव्र आलोचना र आक्रमण गरेका छन् । भोजन जीवनको अस्तित्व रक्षाको पहिलो आवश्यकता हो । यही कारण यो सृष्टिको स्पन्दन पनि हो । नेपाली जनताको एउटा आधारभूत समस्या भोकको रोगबाट उन्मुक्ति पाउनु पनि हो, किनभने नेपालको अधिकांश जनता यही समस्याबाट पीडित छ । राष्ट्रको यो समस्या राज्य वा सरकार स्वयंको प्रयत्नबाट मात्र निराकरण हुनसक्ने विषय हो । तर २००७ मा सत्तामा पुगेको नेतृत्वले यस समस्यालाई सही रूपले पटक्कै बुझ्न सकेन वा बुझ्ने प्रयत्न नै गरेन । त्यसैले उनले यस्तो नेतृत्वलाई अबुझ ‘भेडा’ भनेर प्रहार गरे । त्यस्तो नेतृत्वबाट राष्ट्रको समस्या समाधान हुँदैन भनेर ठोकुवा गरे । यही भावभूमिलाई देवकोटाले आफ्नो कविता ‘दाल भात डुकु’ (२००८) मा प्रस्तुत गरेका छन् । देवकोटाको बहुचर्चित कविता ‘पागल’ (२०१०) लाई पनि यही सन्दर्भमा राखेर हेर्नु उपयुक्त हुन्छ । कटु आर्थिक अभावको अन्तर्र्पीडाबाट व्यथित देवकोटालाई मानसिक रोगी ठानेर राँची पु¥याइएपछि आफ्ना इस्टमित्र, साहित्यिक साथीभाइ र राजनीतिक नेताहरूको अपमानपूर्ण व्यवहारबाट आहत भएर यो कविता लेखिएको भनिन्छ । तर वास्तवमा तात्कालिक सत्तामा आसीन नेतृत्वबाट हुने गरेका लज्जाजनक एवम् विवेकहीन झुट्टा व्यवहारहरू, जनअधिकारमाथिको प्रहार, मानवलाई मानव नठान्ने प्रवृत्ति र ठुलाले सानालाई निल्ने मत्स्यन्यायको परिपाटीका विरुद्ध नै यो कविता सिर्जना भएको हो । ‘जित्नु छ साथी, जिलाउनु छ साथी’ शीर्षकको कवितामा तात्कालिक राजनीतिक नेतृत्वलाई देश र जनतालाई गन्तव्य स्थानसम्म पु¥याउन असफल ‘कानो ड्राइवर’ भनिएको छ । कथित क्रान्तिपछिको सामाजिक–राजनीतिक स्थिति कवि देवकोटाका दृष्टिमा कुनर्क हो । जहाँ पशुवृत्तिका साँढेहरूको स्वार्थको बोलबाला छ, जहाँ गरिबहरूमाथि मार छ, ठगी छ, जहाँ सबै कुरा नोटमा बिक्री हुन्छ, जहाँ आँसुको तलाउ छ, जहाँ समानताको नारा खोक्रो छ, जहाँ मानवीयपन, सौन्दर्य, प्रेम र मानिसको काँचो मासु बेचबिखनमा रहन्छ । सम्पन्न वर्गद्वारा विपन्न वर्गमाथि हुने गरेको ठगी र पुँजीको (व्यक्तिगत स्वामित्वको –ले.) प्रचलनलाई कवि देवकोटाले कारण मानेका छन् ‘एउटी सुन्दरी वेश्याप्रति’ शीर्षकको कवितामा । निजी सम्पत्ति र पुँजीप्रतिको देवकोटाको विरोध र घृणा ‘चुकुल’ (२०१३) शीर्षकको कवितामा अझ प्रभावकारी ढङ्गले भएको पाइन्छ । निजी सम्पत्तिले समाजमा विभाजन ल्याउँछ र यसैले शासन चलाउँछ । जनतन्त्रमाथि यसैले राज गरेको छ, नेता बनेर यसले नै गाँज्दछ । देश र जनताको प्रगतिको बाधक यस्तो तत्त्वलाई किन सहने ? यस्तो आर्थिक वैषम्य समाप्त पार्न गरिब वर्गलाई एक जुट हुन आह्वान गर्ने क्रममा नै यो कविता लेखिएको छ ।

युगपरिवर्तन सामान्य आन्दोलनबाट मात्र सम्भव छैन, त्यसका लागि हतियारबद्ध सङ्घर्ष अनिवार्य हुन्छ । गाँस, बास र कपासको ग्यारेन्टी, जनताको राजको स्थापना र जनतन्त्रको प्राप्ति जनक्रान्ति बिना असम्भव छ भन्ने कवि देवकोटाको ठहर छ । क्रान्तिलाई कवि देवकोटाले जनताको होली मानेका छन् । यसले मात्र अन्धकारलाई नास्छ र नयाँ प्रकाश छर्छ, न्याय दिन्छ र युगको चोला फेर्छ । यही आशयलाई प्रभावकारी तरिकाले लामो कविता ‘गोली हो’ले प्रस्तुत गरेको छ । नेपाली जनतालाई गाँस, बास, कपाससहितको आफ्नो हक लिनका निमित सङ्घर्ष र क्रान्तिमा संलग्न हुने आह्वान कवि देवकोटाले गीतमा पनि सशक्त रूपले गर्ने गरेका छन् । ‘किसान’, ‘जाग’ जस्ता गीतहरू यसका उदाहरण हुन् । यस अवधिका देवकोटा सबै कुरालाई वर्गीय रूपबाट हेर्ने प्रयत्नमा देखिन्छन् । ‘स्वतन्त्रता हो मानवता रे’, ‘पुँजीपतिलाई’  आदि कविता यसका ज्वलन्त नमुना हुन् ।

तेस्रो चरणका देवकोटाले राष्ट्रिय समस्याका बारेमा मात्र होइन अन्तर्राष्ट्रिय समस्याका बारेमा समेत आफ्नो विचार व्यक्त गरेका छन् । साम्राज्यवादी शक्तिहरूले अपनाएको शस्त्रास्त्रको होड, औपनिवेशिक युद्ध, आणविक हातहतियारको होडबाजी र प्रयोगको विरोध गर्दै उनले विश्व शान्तिका पक्षमा कविता रचना गरेका छन् । ‘साँढे’ (२०१५), ‘एशिया’ (२०१५), र ‘शान्तिगीत’ (२०१०) ‘शण्डेश्वर पर्व’ (२०१५) यस्तै प्रकृतिका रचनाहरू हुन् । यस सन्दर्भमा उनले आफैंले देखेका समाजवादी मुलुक सोभियत सङ्घ र जनवादी जनगणतन्त्र चीन सहित त्यहाँका महान् नेता माओत्से तुङ्गका बारेमा लेखेका ‘मास्कोमा’, ‘सुपुत्र ए चीनका’ र ‘माओत्सेतुङ्’ शीर्षकका कविताहरू उल्लेखनीय छन् ।

महाकाव्य प्रमिथस (२०१० मा सुरु गरेर २०१५ मा प्रकाशित) र गीतिनाट्य कृषिवाला (२०१२) तेस्रो चरणका देवकोटाका अति महत्त्वपूर्ण कृति हुन् । दुवै कृति क्रान्तिकारी भावद्वारा अभिप्रेरित छन् । किसान युवायुवती उषा र किरणको प्रेमसम्बन्धलाई मूल आधार बनाई सामन्ती शोषणबाट उन्मुक्तिका निम्ति गरिएको किसानसङ्घर्षको कथा हो कृषिवाला । उषा–किरणका बिचको आपसी प्रेम, विवाह, वियोग र पुनर्मिलनमा आधारित कथावस्तुको माध्यमबाट गाउँको जमीनदार श्रीप्रसादका विरुद्ध किरणको नेतृत्वमा भएको किसानसङ्घर्षले त्यतिखेर नेपालमा चलिरहेको वर्गसङ्घर्ष र किसानसङ्घर्षलाई नै प्रतिबिम्बित गरेको छ ।

उनको कवित्वक्षमता र महाकवित्वलाई महाकाव्यमा नै खोज्ने प्रयत्न गर्दा पनि त्यो ‘प्रमिथस’मा भेटिन्छ ‘शाकुन्तल’ वा अन्य रचनाहरूमा होइन । निश्चय नै, ‘शाकुन्तल’मा जस्तै ‘प्रमिथस’मा पनि अतीततिरको फर्काइ नभएको होइन, तर अतीततिरको यो उन्मुखता वर्तमानमा अतीत ल्याउने उद्देश्यले नभएर वर्तमानलाई भविष्यतिर डो¥याउने महान् प्रयत्नस्वरूप अघिआएको छ । ‘शाकुन्तल’, ‘महाराणा प्रताप’, ‘पृथ्वीराज चौहान’ हिन्दू आर्य संस्कृति वा मध्ययुगीन सामन्ती संस्कृतिको पक्षपोषण गर्ने उद्देश्यले सिर्जना गरिएका छन् भने ‘प्रमिथस’ चाहिँ  मानवविरोधी, निरङ्कुश शासक जियस र त्यसका विरुद्ध देखापरेको नायक प्रमिथससँगको द्वन्द्वलाई प्रस्तुत गरेर क्रान्तिकारी गतिविधिमाथि जोड दिने उद्देश्यले रचना गरिएको छ । अन्यायी र अत्याचारी शासनसत्ताका विरुद्ध विद्रोह हुनैपर्दछ र जतिसुकै दुःखकष्ट आइलागे पनि त्यसबाट विचलित हुनुहुन्न भन्ने सार्वजनिन भाव ‘प्रमिथस’मा उद्घाटित भएको छ ।

यसरी हेर्दा देवकोटा सामन्तवाद तथा साम्राज्यवाद विरोधी साहित्यिक तथा सांस्कृतिक आन्दोलनका एक कर्मठ योद्धा प्रमाणित हुन्छन् । जीवनभरको आर्थिक सङ्कट, राणाशाहीको उत्पीडन तथा २००७ सालपछि परिवर्तित सरकारद्वारा भएको तिरस्कार, पारिवारिक प्रतिकूलता तथा पुत्रवियोग, क्यान्सर रोगको पीडा र घातक आक्रमण यी सबलाई सहँदै र झेल्दै कठोर सङ्घर्षका बिचबाट देवकोटा देश, जनता र क्रान्तिका पक्षमा क्रमशः र निरन्तर अगाडि बढेका साहित्यकार हुन् ।

अतीततिर बारम्बार फर्कने चेष्टा, आफुले समर्थन गरेको धारणामाथि प्रतिबद्धताको कमी, तात्कालिक समाजव्यवस्थाका विरुद्ध क्रियाशील रहँदा पनि सम्बन्धित व्यवस्थालाई जोगाउन प्रयत्नरत शासकहरूको स्तुतिगान र ईश्वरवादी चिन्तनका विरुद्ध रहेर पनि त्यसबाट सर्वथा मुक्त हुन नसक्नु देवकोटामा व्यक्त हुने अन्तर्विरोध र कमजोरीका केही रूप हुन् । तर यी कमजोरी र द्वन्द्वले कवि देवकोटामा निरन्तर विकसित हुँदै गएको पूर्वाेक्त धारणागत विकासलाई भने खण्डन गर्न सक्तैनन् ।

000 

---------------------------------------------------------

No comments: