Friday, September 15, 2017

राष्टिय बाल साहित्य सम्मेलन सम्पन्न

संखुवासभा ।

जिल्लाको सदरमुकाममा खाँदबारीमा राष्टिय बाल साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थितिमा मकालु साहित्य समाज खाँदबारी संखुवासभाको आयोजनामा सम्पन्न भएको हो ।   
                                         
बाल साहित्य सम्मेलनमा चौतिस जना बालबालिकाहरुले आफ्ना कबिता प्रस्तुत गरेका थिए । बाल साहित्यिक सम्मेलनमा प्रत्येक गाबिसका बाल प्रतिनिधि बालाइएको जिल्ला बाल क्लब संजाल संखुवासभाका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । 

बाल साहित्यिक सम्मेलनको आयोजनाले बालबालिकाहरुको साहित्य क्षेत्रको प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगेको मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बुढाथोकिले बिश्वास ब्यक्त गरे। 

राष्टिय बाल साहित्य सम्मेलन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब प्राध्यापक डा.जिबेन्द्र नाथ गिरी,बाल साहित्य प्रमुख प्राज्ञ नर्मदेश्वरी त्याल, आख्यान प्रमुख प्राज्ञ मातृका पोखरेल लगाएतको उपस्थितिमा सम्पन्न भएको हो । 

त्यस्तै प्राज्ञ सभका सदस्यहरु उपेन्द्र पागल, खेम नेपाली,साहत्यिकार हरु अनिल पौडेल, रीता पहरी, गगा सुबेदि, डम्बरु बल्लभ भण्डारी र लक्ष्मि निरौलाको उपस्थिति रहेको थियो । 

http://khabarsansar.com बाट साभार 
गोरखापत्रबाट

No comments: