Thursday, February 27, 2020

‘चुच्चे नक्शा प्रकाशन गरौं, पाठ्यक्रममा कालापानी समेटौं’

 १४ फाल्गुन २०७६, बुधबार प्रकाशित





काठमाडौं । सीमा बचाऔं राष्ट्रिय अभियानले सरकारलाई कालापानी सहितको चुच्चे नक्शा प्रकाशन गर्न र पाठ्यक्रममा अतिक्रमित भूमि समेट्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा यसबारे प्रधानमन्त्री केपी ओलीलाई भेटेरै दबाब दिने निर्णय गरिएको अभियानका सदस्य एवं नेकपा (मसाल) का बागमती प्रदेश प्रवक्ता समिर सिंहले जानकारी दिनुभएको छ ।
प्रथम गभर्नर हिमालय शमशेर राणाको बबरमहलस्थित निवासमा भएको कायक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्व मन्त्री शान्ता मानवी, सीमाविद बुद्धिनारायण श्रेष्ठ, पूर्व सचिब द्वारिकानाथ ढुंगेल, वरिष्ठ राजनितिज्ञ सोनाम साथी, पूर्व सांसद घनश्याम शर्मा पौडेल, राजनीतिज्ञ नारायण प्रसाद शर्मा , प्राध्यापक राजेन्द्र सुवेदी, प्रलेसका सल्लाहकार मातृका पोख्रेल, भूगोलविद कमल बराल लगायतको सहभागिता थियो ।
अभियानमा सीमाविद् तथा नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठलाई अभियानको तर्फबाट स्वागत गरिएको थियो ।त्यसक्रममा श्रेष्ठले आफू सीमा बचाऔं अभियानबाट असाध्यै प्रभावित भएको र अब अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । अभियानले आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने ठेगानसमेत गरेको छ । घोषित कार्यक्रम हरु यस्ता छन् ।

१) तत्काल प्रम केपी ओलीलाई भेटेर अभियानले प्रकाशित गरेको नेपालको लिम्पियाधुरा कालापानी समावेश गरिएको पश्चिमोत्तर नेपालको चुच्चे नक्शा एबम सात प्रदेश, सतहत्तर जिल्ला र सात सय त्रिपन्न स्थानीय निकाय समेत समावेस गरिएको नेपालको नक्शा तत्काल सरकारको तर्फ बाट प्रकाशित गर्न दबाब दिने ।
२) संविधानमा संशोधन गरी संविधानमा नेपालको नयाँ नक्सा राख्न र अनुसूची संशोधन गरी निशाना छापमा नेपालको नयाँ नक्सा राख्न दबाब दिने।
३) शिक्षा मन्त्री गिरराजमणि पोखरेल लाई भेटी नयाँ पाठ्यक्रममा सीमा बचाऔं अभियानले प्रकाशित गरेको नेपालको लिम्पियाधुरा कालापानी क्षेत्र समावेश गरिएको पश्चिमोत्तर नेपालको चुच्चे नक्शा एबम सात प्रदेश, सतहत्तर जिल्ला र सात सय त्रिपन्न स्थानीय निकाय समेत समावेस गरिएको नेपालको नक्शा तत्काल सरकारको तर्फ पाठ्य पुस्तकमा प्रकाशित गर्न दबाब दिने ।
४) ७२ स्थानको सीमा अतिक्रमित क्षेत्रको नक्सा समेत प्रकाशित गरी वितरण गर्ने।
५) दैनिक पत्रिकाका सम्पादकहरु अनलाइन पत्रिकाका सम्पादकहरु तथा टेलिभिजन का निर्देशक हरुसंग तत्काल अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने।
६) पाप्सन, एनप्याब्सन र अभिभाक संघ सँग समन्वय गरी अन्तरक्रिया गरी अभियानको नक्शा विद्यालयमा अनिवार्य पाठ्य सामग्रीको रूपमा समावेश गराउन पहल गर्ने।
७) सिमानामा जङ्गे पिल्लर को रक्षा गरेर बसेका नागरिक हरुलाई भेट गरी सीमा जोगाएर राखेको मा धन्यवाद तथा अभिनन्दन समारोह गर्ने। गत कार्तिक २८ गते नेपाल ल क्याम्पसमा भएको भेलाले ‘सीमा बचाऔं अभियान’ निर्माण गरेको हो ।
www.yugdarshan.com बाट साभार 








No comments: