Thursday, September 14, 2017

सँगसँगै स्रष्टा- कान्तिपुर



काभ्रे, जेष्ठ १७ - कलाका विभिन्न माध्यम प्रयोग गरेर यति बेला भूकम्पपीडित बस्तीमा मनोपरामर्श गर्ने क्रम जारी छ। चित्र, फिल्म, संगीतदेखि हास्यव्यंग्यसम्मका माध्यमबाट पीडा भलाएर परानै मनस्थितिमा फर्काउने प्रयासमा थपै्र सेलिब्रेटीहरू लागि परेका छन्।
यही मेसोमा म्यान्मार र नेपालका केही साहित्यकारहरूले शक्रबार फरक कार्य गरे। उनीहरू राहत लिएर मात्रै गाउँ पगेनन्, त्रिपालमनि पीडित बस्तीमै रात कटाएर साहित्यिक रचनाहरूमार्फत भूकम्पपीडितलाई मनोपरामर्श दिए। अखिल म्यान्मार देशीय गोर्खा हिन्द धार्मिक संघमार्फत नेपाल आइपगेको दोस्रो टोली र नेपाली स्रष्टाहरू यस्तो अभियान लिएर काभ्रेको सस्र्यंखर्क–४ तिमाल पगेका हन्।
राहत वितरणपछि उनीहरूले गाउँमै रात कटाए। म्यान्मारका स्रष्टा लक्ष्मण न्यौपाने, रद्र पराजलीका साथ नेपालबाट प्राज्ञ मातृका पोखरेल, कवि राधेश्याम लेकाली, कृष्ण प्रसाईं, गायक तथा संगीतकार प्रदीप बमजन, स्रष्टा समन सौरभ, तलसीहरि कोइराला लगायतको टोली पीडित गाउँलेमाझ पगेको हो। ‘बर्मामा एउटा चर्चित उखान छ,’ संघका महासचिव समेत रहेका साहित्यकार न्यौपानेले भने, ‘धेरै अँध्यारो भयो भने यस्तो सझिन कि छिट्टै उज्यालो हनवाला छ। त्यसैले धेरै द:ख भयो भनेर नआत्तिनस्, छिट्टै नवनिर्माणको सख र प्रगतिका दिनहरू पक्कै आउँदै छन्।’
केही दिनअघि मात्रै प्रधानमन्त्री राहत कोषमा ३५ लाख रपैयाँ सहयोग गरेर म्यान्मारको टोली सिन्धपाल्चोकको ठूलो सिरबारी र पाङ्ग्रेटारसमेत पगेको थियो। त्यहाँ उनीहरूले खाद्यान्नसँगै जस्तापास्तासमेत बाँडे। नेपालमा भूकम्प गएलगत्तै थालिएको अभियानबाट एक करोड २५ लाख रपैयाँ संकलन भएको र ती रकमबाट आफूहरूले नेपालमा स्कल निर्माणमा समेत सघाउने न्यौपानेले जनाए।
साहित्यकारको टोलीसँगै म्यान्मारबाट आएका मणिलाल पौडेल, म्यान्मार नेपाल फ्रेन्डसिप काउन्सिल तथा स्वाबलम्वी परिवारका शंकर घिमिरे, तलसी ज्ञवाली, कलबहादर घिमिरे लगायतको टोली पनि तिमाल यात्रामा गएको बाटो समस्याका कारण गाडी नगएपछि बीचबाटै फर्केका थिए।
समस्या झेलेरै गाउँ पगेपछि गायक प्रदीप बम्जनले भने गीत गाएर मनोरञ्जन दिलाउने कोसिस गरे। शिक्षा मन्त्रालयबाट सञ्चालित ‘संगीत थेरापी’ अन्तर्गत पीडित १४ जिल्लाका शिक्षकहरूलाई संगीतमार्फत मनोपरामर्श विधि प्रशिक्षण शक्रबारै सकाउँदै तिमाल पगेका उनले केही आफ्ना र केही गोपाल योञ्जनका गीत गाए।
तामाङ बाहल्य गाउँमा उनले गोपाल योञ्जनको ‘ङाला डम्फ...’ (मेरो डम्फ) गीत गाउँदा गाउँले रमाएका थिए। राहत वितरणपछि साँझ रचना वाचन कार्यक्रमसमेत भएको थियो।
कार्यक्रममा राधेश्यामले मक्तक, लक्ष्मण, कृष्ण र प्रदीपले गीत, तलसीहरिले कविता सनाएका थिए। जीवनमा आफूले कहिले पनि यसरी नेपाल आएर भूकम्पपीडित बस्तीमा रात कटाउने नसोचेको बताउँदै यस्ता कार्यले द:खमा थप मल्हमपट्टीको काम गर्ने म्यान्मारका रद्र पराजलीले बताए।
http://www.ekantipur.com/np बाट साभार 
प्रकाशित मिति: २०७२ जेष्ठ १७

No comments: