Tuesday, November 21, 2017

यसपालि गुवाहाटी जाँदा एउटा नयाँ अनुभव- डम्बर दाहाल

(1) हिजो 12/4/2016 बेलुकी 3 बजे गुवाहाटी पान्जाबारी डा.पुरुषोत्तम भण्डारीज्यूको बासभवनमा अनुष्ठित भेटघाट कार्यक्रममा नेपालबाट असम,मणिपुर र म्यानमार भ्रमणमा आउनुहुने वरिष्ठ साहित्यकार टोलीलाई अनेसासका तर्फबाट भेट गरियो। अनेसासका पक्षमा म, डि.बि.छेत्री,डा.पुरुषोत्तम भण्डारी र डा.गोमा अधिकारीले उहाँहरूलाई गम्छा ओढाएर स्वागत जनायौं। मैले अनेसासको संक्षिप्त परिचय र गतिविधि सुनाएँ। साहित्यिक अन्तर्क्रिया पनि भयो। तस्बिर परिचय-दाहिनेबाट- मातृका पोखरेल,प्राज्ञ,नेपाल एकाडेमी; मपछि कृष्ण प्रसाईं,अध्यक्ष, जरा फाउन्डेसन; एल बि छेत्री,कवि,समालोचक र विवश पोखरेल,प्राज्ञ,नेपाल एकाडेमी।

(2) बेलुकी 5 बजे गुवाहाटी दूरदर्शनद्वारा सिधा प्रसारित वसन्तोत्सव रङाली अनुष्ठानमा उपस्थित।डाइरेक्टर डि बसुमतारिसित कुराकानी। नेपाली लोकनृत्य,लोकगीत,सांस्कृतिक चीजहरूलाई समेटेर कहीं कार्यक्रम ठीक गरे दूरदर्शन स्वयं वहाँ जाने उहाँको आग्रह।

(3) यसपालि गुवाहाटी जाँदा एउटा नयाँ अनुभव- डम्बर दाहाल 

म रेलको सीटमा बसेर एउटा पुस्तक पढिरहेको थिएँ। विपरीततिर बसेको एउटा युवकले मेरा छेउमा खुट्टा राख्नका लागि मलाई पर सर्न आदेश दियो।अनौठो कुरा लागेर म उतिर हेरेको हेर्यै भएँ। उसले फेरि जोड गर्यो अलि कडा शब्दमा। मलाई किन हो उसको खुट्टै राख्नका लागि ठाउँ छोडिदिन मन लागेको थिएन।झगडा-टन्टामा पनि जान मन थिएन त्यो नैतिकता स्खलित अपरिचित युवकसित।तर सौभाग्यको कुरा,सबै यात्रीले यस कार्यको तीव्र विरोध गरे। उसको कुनै कुरा टिकेन त्यहाँ।मलाई राता आँखा देखाउँदै ऊ उठेर अर्कोतिर लाग्यो। म केही बोलिनँ। यस घटनाबाट मेरो अनुभव- क) समाजमा राम्रा मान्छेको संख्या ज्यादा छ। राम्रा मान्छेहरूले नराम्रो काम गर्ने मान्छेको विरोध गर्दछन्। ख) अपरिचित भए पनि अन्यायमा बोल्नुपर्छ। ग) आजका केही युवाहरूमा नैतिकता लोप हुँदैछ। घ) अन्यायमा बोल्ने ती अपरिचित रेलयात्रीमध्ये 2 जना मेरा फेसबुक मित्र रहेछन् । फेसबुक मित्रहरू केवल मोबाइलमा मनोरञ्जनका लागि मात्र होइन वास्तव क्षेत्रमा पनि सहायक हुँदा रहेछन्।


 तस्बिर परिचय-दाहिनेबाट- मातृका पोखरेल,प्राज्ञ,नेपाल एकाडेमी, डम्बर दाहाल  कृष्ण प्रसाईं,अध्यक्ष, जरा फाउन्डेसन; एल बि छेत्री,कवि,समालोचक र विवश पोखरेल,प्राज्ञ,नेपाल एकाडेमी।


https://www.facebook.com बाट साभार

No comments: