Friday, September 15, 2017

पृथ्वी जयन्तीमा राजावादी र जोगीहरुलाई भोज खुवाउन प्रज्ञा-प्रतिष्ठानको ५ लाख खर्च ! - नामहाङ चाम्लिङ

मिति : २०७२ पुस २७ गते ।
स्थान : नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, कमलादी
समय : दिउँसो २:०० बजे
नेपाल प्रज्ञा–प्रतिष्ठान भइसकेको पञ्चायतकालिन ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’को प्रवचन कक्षमा करिब आधा दर्जन बृद्धाहरु कुर्सी मिलाउँदै थिए । प्रतिष्ठानका तल्ला तहका कर्मचारीहरु ‘२९४औं पृथ्वी जयन्ती…’ लेखिएको ब्यानर टाँग्न व्यस्त थिए ।
‘गणतन्त्र मुर्दावाद !!’
‘राजतन्त्र जिन्दावाद!!’
एक्कासी भुइँतलामा यस्तो नारा घन्कियो । नारावाजहरु नारा लाउँदै कार्यक्रम हलमै प्रवेश गरे । अघिअघि थिए एकताकाका चर्चित लेखक तथा कम्युनिस्ट नेता ‘मोदनाथ प्रश्रित !’ प्रश्रितलाई चिन्ने र उक्त नारा लाउनेहरुको अर्थ बुझ्नेहरुले देखेको भए जिब्रो टोक्नु स्वभाविक थियो । भयो त्यस्तै । तर खेलको कुरा हो । राजावादीहरुको नेतृत्व गर्दै प्रश्रित महोदय सटासट हलमा प्रवेश गरे ।
‘गणतन्त्र मुर्दावाद !’ ‘राजतन्त्र जिन्दावाद !’ एक्कासी भुइँतलामा यस्तो नारा घन्कियो । नारावाजहरु नारा लाउँदै कार्यक्रम हलमै प्रवेश गरे । अघिअघि थिए एकताकाका चर्चित लेखक तथा कम्युनिस्ट नेता ‘मोदनाथ प्रश्रित !’
कार्यक्रम सुरु भयो । डा. सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको कूटनीतिक सुझबुझबारे बखान गर्दै कार्यपत्र भनिएको टिप्पणी मौखिक रुपमा प्रस्तुत गरे । जगमान गुरुङले शाह सबै जातिको साझा राजा भएको फेहरिस्तसहितको कार्यपत्र प्रस्तुत गरे । रमाइलो पक्ष के थियो भने केहीको तर्क शाहले ‘असली हिन्दुस्ताना’ भनेर अन्य जातिलाई दमन गर्न नखोजेको बरु एकीकृत शक्ति आर्जन गर्न खोजेको भन्ने थियो ।
prithvi-jayanti-prabhat-pheri
पृथ्वी जयन्तीको अवसरमा निकालिएको प्रभातफेरि

गुरुङको कार्यपत्रमा शाहले कुनकुन जातिलाई कसरी कसरी काम विभाजन गरेका थिए, कुनलाई सैन्य जिम्मा दिनू कुनलाई नदिनू भनेर छुट्याएको प्रसंग पनि उल्लेख थिए । तर उनको तर्कको अन्तिम निष्कर्ष थियो– यो सब शाहले राष्ट्रिय एकता कामय गर्न गरेका हुन् । यसैले नेपाल राष्ट्र बन्यो । उनले कसैलाई काखा पाखा गरेका छैनन् ।
कार्यपत्रको तथ्य र प्रस्तोताको तर्क सुन्दा सामान्य विवेक भएका मानिसहरु सायदै नहाँसी बस्न सक्दैन थिए होला । तर त्यहाँ कोही हाँसेनन् टरर तालि बजाए । किनकी त्यहाँको करिब ९० प्रतिशत सहभागी दौरा, सुरुवाल, कोट र नेपाली टोपीधारी बृद्धबृद्धाहरु थिए । बाँकी ५ प्रतिशत जोगीहरु थिए ।
स्रोतका अनुसार कार्यक्रममा सहभागीलाई खानासहितको भोज खुवाउन र रथयात्रा गर्न ५ लाख रुपैयाँ छुट्याइएको थियो । भोजको आयोजना प्रज्ञा परिसरमै गरिएको थियो । कुनै एक क्याटरिङबाट कामदारहरु ल्याएर भव्य भोज आयोजना गरिएको थियो ।
सभापति हुन प्रश्रितलाई १२ हजार
कर्मचारी स्रोतका अनुसार प्रज्ञाको कार्यक्रम मुख्यतः प्रश्रितको डिजाइनमा भएको हो । आधिकारिक रुपमा एमाले छाडिसके पनि अहिलेसम्म एमालेको सांस्कृतिक विभागका हर्ताकर्ता मानिन्छन् उनी । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई बनाउनमा उनको मुख्य भूमिका रहेको बताइन्छ । भोलि प्रज्ञा–प्रतिष्ठानले आजीवन सदस्य घोषणा गर्दै प्रश्रितलाई आजीवन भत्ताको व्यवस्था गर्ने निर्णय पनि गर्ने एक कर्मचारीले जानकारी दिए ।
modnath-feature
मोदनाथ प्रश्रित

कार्यक्रममा निश्चित सहभागीहरुको लागि प्रज्ञाले राम्रै आर्थिक व्यवस्था पनि गरेको थियो । जसमध्ये सबैभन्दा बढी पाउने थिए प्रश्रित । उनी कार्यक्रमका सभापति पनि थिए र उनलाई सभापति भएवापत १२ हजार रुपैयाँ व्यवस्था गरिएको थियो ।
कार्यक्रम चलिरहँदा प्रज्ञाको एक कर्मचारी हातमा रकमसहितको खाम र रकम पाउनेहरुको लिस्ट बोकेर यताउता गरिरहेका देखिन्थे । यो क्रम कार्यक्रम जारी रहँदासम्म चलिरह्यो । रकम पाउने अन्यमा कार्यपत्र प्रस्तोता केसी, गुरुङ र श्रेष्ठसहितका व्यक्तित्वहरु थिए ।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई बनाउनमा मोदनाथ प्रश्रितको मुख्य भूमिका रहेको बताइन्छ । भोलि प्रज्ञा–प्रतिष्ठानले आजीवन सदस्य घोषणा गर्दै प्रश्रितलाई आजीवन भत्ताको व्यवस्था गर्ने निर्णय पनि गर्ने एक कर्मचारीले जानकारी दिए ।
रथ यात्रा र भोजका लागि ५ लाख !
स्रोतका अनुसार कार्यक्रममा सहभागीलाई खानासहितको भोज खुवाउन र रथयात्रा गर्न ५ लाख रुपैयाँ छुट्याइएको थियो । भोजको आयोजना प्रज्ञा परिसरमै गरिएको थियो । कुनै एक क्याटरिङबाट कामदारहरु ल्याएर भव्य भोज आयोजना गरिएको थियो । उक्त रकम विहान प्रभातफेरी र सिंहदबारअगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा पनि खर्च गरिने गरी छुट्याइएको थियो ।
मुकारुङ र पोख्रेलले गरे बहिस्कार
प्रज्ञाले आयोजना गरेको कार्यक्रम दुई जना प्राज्ञहरुले भने बहिष्कार गरेका छन् । कांग्रेसको कोटाबाट मनोनित भएका श्रवण मुकारुङ र एमाओवादी कोटाबाट मनोनित भएका मातृका पोख्रेलले कार्यक्रम बहिष्कार गरेका छन् । मुकारुङ कार्यलयमै रहे पनि कार्यक्रम अवधिभर कार्यक्रम हलमा उपस्थित भएनन् । कार्यक्रमको सुरुमा केही समय बसेका पोख्रेल भने भाषणबाजी सुरु हुनासाथ बाहिरिएका थिए ।
प्रज्ञाले आयोजना गरेको कार्यक्रम दुई जना प्राज्ञहरुले भने बहिष्कार गरेका छन् । कांग्रेसको कोटाबाट मनोनित भएका श्रवण मुकारुङ र एमाओवादी कोटाबाट मनोनित भएका मातृका पोख्रेलले कार्यक्रम बहिष्कार गरेका छन् ।
किन घुमिरहेछ घडीको उल्टो सुइ ?
२०६२/६३ सालको जनआन्दोलनपछि बनेको सरकारले पृथ्वीनारायण शाहको जन्मदिनलाई ‘राष्ट्रिय एकता दिवस’ मनाउने निर्णय खारेज गर्‍यो । तर जसै राज्यमा हिजोका पुरानै व्यक्तिहरु हावी हुँदै गइरहेका छन् त्यसबेलाको आन्दोलनले स्थापित गरेका सबै मूल्यमान्यताहरु विस्थापित गर्दै लगिएको छ । शाहको जन्मदिनबारे पनि त्यही हुने देखिएको छ ।
प्रसंग फेरि पनि उनै शाहको जन्मदिन पुस २७ गतेको हो । गणतान्त्रिक सरकारले अहिलेसम्म पुस २७ गतेलाई राष्ट्रिय दिवस मान्ने निर्णय गर्न सकेको छैन । तर प्रधानमन्त्रीका ‘पकेटको मान्छे’ भनेर चिनिने मोदनाथ प्रश्रितको अगुवाइमा लाखौं खर्च गरेर उनको जन्म दिवस मनाइनु, त्यही अवसर पारेर एमालेका चर्चित नेता एवं पत्रकार रघु पन्तले एक दैनिक पत्रिकामा शाहको गुनगान गाउँदै धुरन्धार लेख लेख्नुले देशको राजनीतिक घडीको सुई उल्टो घुमाउन थालिएको हो कि भन्ने संकेत प्रस्ट गरेको छ ।
किन घुमिरहेको होला त उल्टो सुइ ? यो भने अनुमान गर्ने विषय मात्र हो ।

http://esamata.com बाट साभार 

No comments: