Tuesday, January 7, 2020

हरिराम महर्जनको पुस्तक ‘किन ?’ र गिती संग्रह ‘मन’को लोकार्पण

ललितपुर । यही २०७६ साल पुस १९ गते  गोदावरी नगरापलिका वडा नं. १३ स्थित भलिंपुचः पार्टी प्यालेसमा ‘किन ?’ नामक पुस्तक र गिती संग्रह ‘मन’ लोकार्पण तथा सांगितिक कार्यक्रम गरिएको छ ।‘किन ?’ नामक पुस्तक र गिती संग्रह ‘मन’का लेखक हरिराम महर्जन गोदावरी नगरपालिका वडा नं. १२ का सधैं सकारात्मक सोच राख्ने समाज सेवी मिलनसार व्यक्तित्व हुनुहुन्छ ।

तत्कालिन ठेचो गाविसका पूर्व अध्यक्षसमेत भइसक्नुभएका महर्जनले आफ्नो कार्यकाल विवादरहित जनपक्षीय कार्य गरेका कारण पनि उहाँद्वारा लिखित ‘किन ?’ र गिती संग्रह ‘मन’को लोकार्पण कार्यक्रममा जाडो र झरीलाई समेत वेवास्ता  गरी ठेचोवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो लोकार्पण कार्यक्रममा आफ्ना मन्तव्य दिँदै लेखक महर्जनले सकारात्मक सोच राखी गरेको कार्य सफल हुने जानकारी गराउनुका साथै सो पुस्तक प्रकाशनका लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने आफन्तजन, साथीभाई तथा शुभेच्छुक मित्र, विशेषगरी गीति संग्रह ‘मन’का संगीतकार ठेचो निवासी जुगल ढंगोललाई पनि आफूलाई विभिन्न विषय बस्तुमा गीति लेख्न प्रोत्साहित गर्नुभएको भन्दै धन्यवाद दिनुभएको थियो ।


‘किन ? र गिती संग्रह ‘मन’ लोकार्पण कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठ, अतिथिहरुमा  प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व अध्यक्ष प्राज्ञ मातृका पोखरेल, समाजसेवी तथा पुराना कलाकारसमेत रहनुभएका जोगमोहन कायस्थ, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, डा. पुष्करराज भट्ट, गोदावरी साहित्य परिषद्का अध्यक्ष वरिष्ठ अधिकारी, गोनपा वडा नं. १२ का जगतबहादुर महर्जन, वरिष्ठ कलाकार कृष्णभक्त महर्जन, व्यवस्थापक पूर्ण महर्जनलगायत रहनुभएको थियो ।

खोजतलास.com बाट साभार 









No comments: