Sunday, September 17, 2017

रिमालको आखरको आरन लोकार्पण

काठमाडौं, १९ कार्तिक २०७३  (संसाक) । 
कवि कृष्णदेव रिमालको कविता कृति ‘आखरको आरन’ एक समारोहबीच लोकार्पण भएको छ । पूर्व मुख्यसचिव तथा चिनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले कविता सङ्ग्रहको लोकार्पण गर्नुभएको थियो । 
विद्युत्कर्मी साहित्यिक समाजले आयोजना गरेको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पौडेलले कविताले साहित्यलाई समृद्ध बनाउँछ भन्नुहुँदै कवि रिमालका कवितामा प्रकृतिका प्रेम छन्, वर्गीय चेतना छन्, श्रम जीवीहरूको आवाज र शोषित वर्गको यथार्थता  झल्किएका छन्, भन्नुभयो । ‘जीवनमा सिर्जनाको पाटो सबैले उजागर गर्नुपर्दछ, राष्ट्रसेवक कर्मचारीहरूले विभिन्न भोगाइ र यात्राका अनुभूतिबाट साहित्य सिर्जना गर्न पाउँछन् । यसरी आपूmले अनुभूत गरिएका विषयमा लेखिएका सिर्जनाहरू जीवन्त बन्न जान्छन्’, पौडेलले भन्नुभयो, ‘जीवनभर आचरण, व्यवहार परिवर्तन गर्न नसकिएको मान्छेलाई दुई हरफले परिवर्तन गरिदिने सामथ्र्य कविताले राख्ने हुँदा कविले पहिला आफ्नो आचरण सुधारे र अक्षरमा नैतिक बल आउने साहित्य सिर्जना गर्न सक्नुपर्छ ।’ 

लोकार्पित कृति आखरको आरन बारे आफ्नो धारणा राख्दै कवि आर.एम. डङ्गोलले व्यङ्ग्यधर्मी कविव्यक्तित्व कृष्णदेवका कविताहरू चोटिला छन् र तिनले समसामयिक घटनाक्रमलाई छोएका छन्, भन्नुहुँदै कविता विचार अभिव्यक्त गर्ने कला भएकाले उनका कविताहरू वैचारिक छन्, भन्ने धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्कर्मी साहित्यिक समाजले प्राधिकरणका प्राविधिक कर्मचारीहरूलाई साहित्यसँग जोड्ने पुलको काम गरेको छ भन्नुहुँदै, समसामयिक विषयमा आएको रिमालको कविताले अवश्य समाजलाई छुट्टै तरङ्ग दिनेछ भन्ने बताउनु भयो । प्राज्ञ मातृका पोखरेलले कवि कृष्णदेव रिमालका प्रायः कविता प्रगतिशील  भएकाले उहाँ व्यवहारमा जुन बाटोमा हिँडे पनि साहित्यमा  प्रगतिशीलनै हो भन्नुभयो । 
समाजका अध्यक्ष रामेश्वर राउत मातृदासको सभापतित्वमा भएको लोकार्पण कार्यक्रममा शिशिर थापाले स्वागत र कविता सङ्ग्रहका सर्जक रिमालले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने केही कवि, कवयित्रीहरूले रिमालका कृतिबाट कविता वाचनसमेत गर्नुभएको थियो।





























No comments: