Tuesday, April 27, 2021

विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह “काठमाडौंकी क्लियोपेट्रा” शुक्रबार विमोचन

 बरिष्ठ मुक्तककार तथा नेपाल मुक्तक प्रतिष्ठानका सललाहकार रत्नशम्सेर थापाले प्रतिष्ठानका  संस्थापक सदस्य विष्णुबहादुर सिंहको मुक्तक सङ्ग्रह “काठमाडौंकी क्लियोपेट्रा” शुक्रबार काठमाडौंमा विमोचन गर्नु भयो ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित कृति विमोचनको सभापतित्व प्रतिष्ठानका अध्यक्ष राकमाजी कोनेले गर्नु भएको थियो ।  विमोचित कृतिको समीक्षा मुक्तककारद्वय ज्ञानुवाकर पौडेल र रमेश पौडेलले गर्नु भएको थियो भने कृकिारलाई शुभ कामना प्राज्ञहरू वियोगी बुढाथोकी, मातृका पोख्रेल र गोरखापत्रका प्रवन्ध सम्पादक श्री ओम श्रेष्ठ रोदनले दिनु भएको थियो ।

कृतिकार विष्णुबहादुर सिंहले काठमाडौंलाई बिम्ब बनाएर कृति तयार गरेको बताउनु भयो । ४ खण्डमा विभाजित पुस्तकमा २ सयभन्दा बढी मुक्तकहरु समावेश छन् ।

विमोचित कृतिबाट मुक्तककारहरू यादव भट्टर्राई, बादल घिमिरे,बिनु भट्टर्राई, निशा के.सी., कल्पना श्रेष्ठ र सुशीला पौडेललले मुक्तक सुनाउनु भएको थियो ।

 

सोम, माघ ४, २०७२ मा प्रकाशित

www.khojonline.com बाट साभार 

No comments: