Friday, September 15, 2017

लघुकथा खबर

काठमाण्डौ   | 
६, भदौ  २०७३
लघुकथा समाजले पूर्व घोषणा गरे अनुसार ३ दिन मनाइने भनिएको लघुकथा दिवसको अन्तिम दिन भदौ ६ गते लघुकथा वाचन गरी मनाइएको खबर छ । स्मरण रहोस्, लघुकथा समाजको स्थापना भएको मुख्य दिन भदौ ५ गते लघुकथा दिवसका रूपमा विविध कार्यक्रम गरी सम्पन्न भइसकेको छ । सो को खबर यस लघुकथा कुनोमा दिइसकिएको छ ।
आजको अन्तिम दिन काठमाडौँको मैतिदेवीमा रातो पूल नपुग्दै अवस्थित 'चुलो चौको' नामक रेष्टुरेण्टमा लघुकथा समाजले लघुकथा वाचन गरी लघुकथा दिवसको तेश्रो तथा अन्तिम दिन मनाएको छ ।
लघुकथा वाचन तीन चरणमा सम्पन्न गरिएको थियो । हरेक चरणमा वाचन गरिएका लघुकथामाथि सहभागीमध्येबाट समीक्षा समेत गरियो ।
पहिलो चरणमा लघुकथा वाचन गर्ने लघुकथाकारहरू (वाचन गरिएका लघुकथाको शीर्षक सहित) :

१)राजेश खनाल Rajesh Khanal : पलायन 
२)मातृका पोखरेल Matrika Pokharel : म नास्तिक थिएँ
३)श्रीराम राई Shree Ram Rai : खाडल
४)ओममणि शर्मा Om Mani Sharma : शरणार्थी
५)सरूभक्त Sarubhakta Shrestha : विरूपाक्ष र देश

उपरोक्त वाचन गरिएका ५ जना लघुकथाकारका लघुकथामाथि सहभागी सावित्री कक्षपती मल्लबाट समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियो । उहाँले सबै लघुकथाहरू माथि समग्र मूल्यांकन प्रस्तुत गर्नुभयो ।
दोश्रो चरणमा लघुकथा वाचन गर्ने लघुकथाकारहरू (वाचन गरिएका लघुकथाको शीर्षक सहित) :

१)सिन्धू गौतम Sindhu Gautam : मृत्यु एक/मृत्यु अनेक
२)नारायण तिवारी : सुखद मृत्यु
३)पुष्करराज भट्ट Pushkar Raj Bhatta : बदलिँदो स्वर
४)अशेष मल्ल Ashesh Malla : कफ्र्युको देश
५)यादव खरेल Yadav Kharel : सत्यको खोजी
६)गोपाल अश्क Gopal Ashk : रक्ष बन्धन

उपरोक्त वाचन गरिएका ६ जना लघुकथाकारका लघुकथामाथि समालोचक डा.लक्ष्मणप्रसाद गौतमबाट समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियो । श्री गौतमले वाचन गरिएका सबै लघुकथा जोडदार रहेको भनाई राख्दै वाचन गरिएका एक/एक लघुकथामाथि विश्लेषण प्रस्तुत गर्नुभयो ।
तेश्रो तथा अन्तिम चरणमा लघुकथा वाचन गर्ने लघुकथाकारहरू (वाचन गरिएका लघुकथाको शीर्षक सहित) :

१)सुष्मा मानन्धर : जाल
२)तुलसीहरि कोइराला Tulasihari Koirala : सम्पत्ति
३)सुमन सौरभ Suman Sourav : नम्बर ८१

उपरोक्त वाचन गरिएका ३ जना लघुकथाकारका लघुकथामाथि कथाकार मातृका पोखरेलबाट समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियो । श्री पोखरेलले सबै ३ जनाका लघुकथाहरू राम्रा भएको संक्षिप्त भनाई राख्नु भयो ।
अरू पनि केही :
-केही औपचारिक र केही अनौपचारिक भनिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त रहनु भएको थियो भने विशिष्ट अतिथि यादव खरेल लगायत उपस्थित सहभागी सबै विशिष्ट अतिथि रहेको उद्घोष गरिएको कार्यक्रमका संचालक लघुकथाकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गर्नु भएको थियो ।
–प्रमुख अतिथि सरूभक्तले आफ्नो लघुकथा वाचन एवं अतिथीय मन्तव्यकै क्रममा आफ्नो एउटा लघुकथासंग्रह ‘विरूपाक्ष र देश’ प्रकाशित रहेको बताउनु हुँदै सोही शीर्षकीय लघुकथा ‘विरूपाक्ष र देश’ वाचन गर्नुभएको थियो ।
–विशिष्ट अतिथि यादव खरेलले पनि आफ्नो संक्षिप्त मन्तव्य र लघुकथा वाचन गर्नुभएको थियो ।
–गोपाल अश्कले लघुकथा वाचन गर्दा पहिले शीर्षक उल्लेख नगरी कौतुहलता पूर्वक अन्त्यमा लघुकथामा आएको वाक्य नै शीर्षक रहेको तर्फ औँल्याउनु भयो ।
–सुमन सौरभले आफूले वाचन गर्न लागेको लघुकथा हरर लघुकथा भएको उल्लेख गर्नु भएको थियो |
-कार्यक्रममा जतिबेला कार्यक्रमको खबर भयो त्यतिबेला आफू बाहिर भएको र बाहिरबाटै आउने परेकोले लघुकथा बोकेर नल्याएको भन्दै लघुकथा समेत लेख्दै आउनु भएका, विगतमा 'आँखीझ्याल' नामक गोजी पत्रिका संचालन गरेर लघुकथा विधामा योगदान पुर्याउनु भएका विजय बजिमय Vijay Bajimaya ले लघुकथा वाचन गर्नु भएन |
-कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष साहित्यकार पवन आलोक Pawan Aalokको पनि उपस्थिति रहेको थियो |
यसरी लघुकथा समाजको अग्रसरतामा २०७३ सालको लघुकथा दिवसको यो तेश्रो तथा अन्तिम दिन सुसम्पन्न भएको थियो । कार्यक्रम समाप्त भएको घोषणा कार्यक्रमका सञ्चालक एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ Shreeom Shrestha Rodanले गर्नुभएको थियो ।
जय लघुकथा ! जय साहित्य !
~खबर श्रोत : नारायण तिवारी / लघुकथा कुनोबाट 
~तस्बिर साभार : श्री मातृका पोखरेलको फेसबुक भित्तो











No comments: