Thursday, September 14, 2017

प्रज्ञा प्रतिष्ठानहरूमा नियुक्ति

सरकारले तीनओटै प्रज्ञा प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेको प्राज्ञ परिषद्मा शुक्रबार नियुक्ति गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार साँझ अनुमोदन गरेपछि शुक्रबार उनीहरू नियुक्त भएका हुन् ।
जसअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठानमा यसअघि उपकुलपति रहेका गंगाप्रसाद उप्रेतीलाई कुलपतिमा नियुक्त गरिएको छ । संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा नाट्यकर्मी सरुभक्त कुलपतिमा नियुक्त भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा अग्रज चित्रकार रागिनी उपाध्ययलाई चयन गरिएको छ । प्राज्ञ परिषद् रिक्त रहेको सात महिनापछि नेपाल प्रज्ञा प्रतिष्ठानमा र रिक्त रहेको पाँच महिनापछि सरकारले संगीत नाट्य प्रज्ञा प्रतिष्ठान तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् गठन एवं नियुक्त गरेको हो ।
यी तीन प्राज्ञ प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीसहित प्राज्ञ परिषद् र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तसहित सो प्रतिष्ठानको प्राज्ञ परिषद्मा नियुक्ति पाउनेहरूले शुक्रबार नियुक्तिपत्र लिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति उपाध्याय यतिबेला भारतको श्रीनगरमा भएकाले उनको अनुपस्थितिमा शुक्रबार सो प्रतिष्ठानको प्राज्ञ परिषद्ले नियुक्तिपत्र लिन सकेन ।
नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. विष्णुविभु घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी नियुक्त भएका छन् । प्राज्ञ परिषद्मा प्राध्यापक दिनेशराज पन्त, कविहरू अमर गिरी, श्रवण मुकारुङ, मातृका पोखरेल, हेमांगराज अधिकारी, नर्मदेश्वरी सत्याल, समालोचक डा. ज्ञानु पाण्डे र डा. उषा ठाकुर नियुक्त भएका छन् ।
यस्तै, संगीत नाट्यको उपकुलपतिमा अग्रज संगीतकार शम्भुजित बाँस्कोटा र सदस्यसचिवमा गायक एवं संगीतकार गणेश रसिक चयन भएका छन् । अग्रज संगीतकार बाँस्कोटा नेपाल प्रज्ञा परिषद् संगीत विभागका निर्देशक हुन् । प्राज्ञ परिषद्मा गीतकार उन्नति बोहरा शीला, नाट्यकर्मी रमेशरञ्जन झा, पुष्कर गुरुङ, उदय श्रेष्ठ, गायिका पवित्रा घर्तीमगर र माधव प्रधान नियुक्त भएका छन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा चित्रकार शारदा चित्रकार र सदस्यसचिवमा चित्रकार नवराज भट्ट चयन भएका छन् । यस्तै, सो प्रतिष्ठानको प्राज्ञ परिषद्मा चित्रकार सुष्मा राजभण्डारी, पौवा तथा थांका चित्रकार निमा घ्याम्जो बल, मूर्तिकार धनबहादुर याक्खा, मिथिला चित्रकार सुबोधचन्द्र दास, चित्रकार रमेश श्रेष्ठ र चित्रकार नारदमणि हार्तुम्छाली चयन भएका छन् ।
तीनओटै प्रज्ञा प्रतिष्ठानका कुलपतिले शुक्रबार प्रधानमन्त्री कोइरालाबाट सपग ग्रहण गर्नुपर्नेमा रागिनी उपाध्याय भारतमा भएका कारण शपथग्रहण हुन सकेन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सोमबारसम्म सरकारी बिदा परेकाले त्यसपछि कुलपतिहरूले प्रधानमन्त्रीबाट शपथ लिनेछन् भने बाँकी परिषद् पदाधिकारीले प्रधानमन्त्रीसामु आ–आफ्ना कुलपतिबाट शपथग्रहण गर्नेछन् । 
http://www.rajdhani.com.np बाट साभार 
प्रकाशित मिति: २०१४-०९-०७
============================================

प्रज्ञा प्रतिष्ठानहरूले पाए पदाधिकारीवल


padadhikari
काठमाडौ, भाद्र २० - महिनौंदेखि रिक्त तीन प्रज्ञा-प्रतिष्ठानमा सरकारले पदाधिकारी नियुक्त गरेको छ। संस्कृति मन्त्रालयबाट स्वीकृतिका लागि गएको पदाधिकारीहरूको नामलाई प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार अनुमोदन गरेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गंगाप्रसाद उप्रेती, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा सरुभक्त र ललितकला प्रज्ञा प्रतिष्ठानमा रागिनी उपाध्याय कुलपति नियुक्त भएका छन्। नियुक्तिको औपचारिक घोषणा भने हुन बाँकी छ।
प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विष्णुविभू घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी छन्। उप्रेती यसअघि प्रज्ञा-प्रतिष्ठानमा उपकुलपति र गिरी प्राज्ञ परिषद् सदस्य थिए। स्रोतका अनुसार प्राज्ञ परिषद्मा प्रा. दिनेशराज पन्त, अमर गिरी, ज्ञानु पाण्डे, नर्मदेश्वरी सत्याल, श्रवण मुकारुङ, उषा ठाकुर, मातृका पोखरेल, हेमांगराज अधिकारी छन्।

संगीत नाट्यको उपकुलपतिमा शम्भुजित बास्कोटा र सदस्यसचिवमा गणेश रसिक छन्। प्राज्ञ परिषद्मा रमेशरञ्जन झा, पुष्कर गुरुङ, पवित्रा घर्तीमगर, उन्नति शिला बोहरा, उदय श्रेष्ठ र माधव प्रधान छन्। ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिमा शारदा चित्रकार र सदस्यसचिवमा नवराज भट्ट छन् भने प्राज्ञ परिषद्मा सुष्मा राजभण्डारी, निमा घ्याम्जो बल, धनबहादुर याक्खा, सुबोधचन्द्र दास, रमेश श्रेष्ठ र नारदमणि हार्तुम्छाली छन्। संस्कृतिमन्त्री भीमप्रसाद आचार्यको संयोजकत्वमा रहेका तीन अलग-अलग सिफारिस समितिको सिफारिसलाई प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्रीले स्वीकृति दिएपछि नियुक्ति हुने व्यवस्था छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कुलपतिहरूको शपथग्रहणको व्यवस्था मिलाउन प्रधानमन्त्री कोइरालाले मुख्य सचिव लीलामणि पौडेललाई निर्देशन दिइसकेका छन्।

प्रज्ञा-प्रतिष्ठान गत माघदेखि, ललितकला प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठान वैशाखदेखि पदाधिकारीविहीन थिए। सिफारिस समितिहरूले दलीय भागबन्डाको आधारमा नाम पठाएका हुन्। स्वीकृत नामावली सत्तारूढ कांग्रेस, एमाले र मुख्य प्रतिपक्षी एमाओवादीबीचको बाँडफाँडपछि तय भएको हो।

http://www.ekantipur.com/np बाट साभार 
प्रकाशित मिति: २०७१ भाद्र २० ०७:५२


===========================================================









==============================================================

























































No comments: