Sunday, December 17, 2017

रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा विकलको दशौं स्मृति सभा सम्पन्न ।


नेपाली आख्यान क्षेत्रका शिखर पुरुष यशस्वी साहित्यकार रमेश विकलको दशौं स्मृति सभा २०७४ पुस १ गते शनिवार प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । 

विकलको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संयोजकत्वमा गठित समितिको सिफारिसमा वि.सं. २०७४ को “रमेश विकल वाङ्मय पुरस्कार”, “रमेश विकल सुशीला समाजसेवा पुरस्कार”, “रमेश विकल सृजना पुरस्कार”, “रमेश विकल बालसाहित्य पुरस्कार”, “विकल–सुशीला सङ्घर्षशील नारी सेवा पुरस्कार” तथा “रमेश विकल सङ्गीत पुरस्कार” क्रमशः वरिष्ठ साहित्यकार प्र.डा. दयाराम श्रेष्ठ संभव, समाजसेवी संस्था संयुक्त अपाअपाङ्ग एकता आवाज केन्द्रका संस्थापक तिलबहादुर कार्की, वरिष्ठ साहित्यकार प्रल्हाद पोखरेल, वरिष्ठ बालसाहित्यकार गोपाल पराजुली, वरिष्ठ सङ्घर्षशील नारी सुकन्या वाइवा, र वरिष्ठ गायक/ सङ्गीतकार रायनलाई अर्पण गरियो । उक्त समितिको सदस्यमा वरिष्ठ साहित्यकारद्वय डा. ठाकुर शर्मा र कणद महर्षि रहनु भएको थियो । पुरस्कृतहरूलाई दोसल्ला ओढाइनुका साथै सम्मानपत्र र नगद पुरस्कार अर्पण गरिएको थियो । 


विसं २०६३ मा विधिवत स्थापना भएदेखि नै प्रतिष्ठानले आफ्नै सक्रियता, साधन स्रोत अनि नेपाल सरकारका साथै विभिन्न संघसंस्था र प्रकाशनहरूको सहयोगमा रमेश विकलका व्यक्तित्व र कृतित्वमाथि वृहत् विश्लेषण गरिएका स्मृति तथा समालोचना ग्रन्थ, वार्षिक स्मारिका, हुलाक टिकट, विकलको मुहारचित्र अङ्कित पोस्टर, छरिएर रहेका कथा र संस्मरणहरूको सङ्ग्र प्रकाशन गदै आएको छ । 

प्रतिष्ठानद्वारा स्थापित वाङ्मय र समाजसेवा पुरस्कार का साथै आवश्यक कार्यक्रम सञ्चालन खर्च सदस्यता शुल्कका तथा सहृदयी दाता, नेपाल सरकारका विभिन्न निकाय र अन्य स्रोतद्वारा प्राप्त आर्थिक सहयोगजम्मा गरी राखिएको अक्षय कोषको व्याजबाट गरिँदै आइएको छ । “रमेश विकल सृजना पुरस्कार” र “विकल बालसाहित्य पुरस्कार” स्थापनाका लागि वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक आनन्ददेव भट्ट र सुशीलाभट्ट एवं साहित्यकार, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्द धिमिरे “वेदमणि” ले प्रतिष्ठानलाई एकमुष्ट एक÷एक लाख रुपियाँ प्रदान गर्नुभएको हो । यसरी नै अम्विका चालिसे पोखरेल र प्रतिष्ठानका सदस्य रामप्रसाद पौडेलले उपल्ब्ध गराउनु भएको एक÷एक लाख रुपियाँबाट थप दुई पुरस्कार “विकल–सुशीला नारी सेवा पुरस्कार” तथा “रमेश विकल सङ्गीत पुरस्कार” स्थापना भएका छन् ।

प्रतिष्ठानका उपाध्यक्ष प्रा. हेमनाथ पौडेलले सञ्चालन गर्नुभएको समारोहमा कार्यक्रमका सभापति, प्रमुख अतिथि , विशिष्ट अतिथिद्वय गरीवी निवारण तथा सहकारी मन्त्री अम्विका बस्नेत, वरिष्ठ साहित्यकार आनन्ददेवकोटाको भट्ट, अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रा•डा• दयाराम श्रेष्ठ, प्रल्हाद पोखरेल, सुकन्या वाइवा, रायपुर लगायतले सम्बोधन गर्नु भयो । महसचिव विजय चालिसेले स्वागत गर्नु भएको कार्यक्रममा सदस्य तथा प्राज्ञ मातृका पोखरेलले पुरस्कृत व्यक्तित्वहरूमाथ प्रकाश पार्नु भएको थियो भने वरिष्ठ उपाध्यक्ष के के कर्माचार्यले धन्यवाद दिनुभयो । कार्यक्रममा लाई उच्चस्तरीय शहिद तथा शान्ति पार्क का अध्यक्ष सुदर्शन सिग्देल, काठमाडौं जिल्ला समन्वय समितिक प्रमुख गोपाल अधिकारीका अतिरिक्त अन्य विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

https://m.facebook.com ( विजय चालिसेको फेसबुक वालबाट साभार )
रमेश विकल साहित्य प्रतिष्ठानको  प्रेस विज्ञप्ति




































No comments: