Wednesday, October 21, 2020

प्रगतिशील लेखक संघ को आयोजनामा बृहत कविता कार्यक्रम

 शनिवार, आश्विन ३, २०७७

गोदावरी न्युज

धनगढी-प्रगतिशील लेखक संघ, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा कविता साहित्यको कार्यक्रम सम्पन्न भएको छ । “नेपाली कविता – विमर्श तथा वाचन”शिर्षकमा सञ्चालित कार्यक्रममा कविताका वारेमा विचार विमर्श गरिनुका साथै कविता वाचन गरिएको हो ।

दुई सत्रमा चलेको कार्यक्रम अन्तर्गत पहिलो सत्रमा सुदुरपश्चिमका पन्ध्र कविका कविता वाचन र नेपाली कविताको विशेष विमर्श गरिएको थियो । जसमा सुदूरपश्चिमका सबै जिल्लाका प्रतिनिधि कविहरु जगदिश ओझा, युगीन विवेक, कविराज भट्ट, लछिराम आचार्य, रमेश पन्त मीतबन्धु, गंगा प्रसाद रिजाल, रियल एनालाइसिस, झलक पाली, पदम बडाल, चन्द्रकला पन्त, योगराज आचार्य, बाबुराम आचार्य, मीन बाब्ली मिलन, खनाल मेघनाथ र लक्ष्मी पौडेलले कविता वाचन गरेका थिए ।

नेपाली कविता विशेष विमर्शमा नेपाली प्रगतिवादि साहित्यका अभियन्ता कवि मातृका पोखरेल र वर्तामान नेपाली कविताका लोकपृय कवि केशव सिलवालले मन्तव्य राखेका थिए । कवि सिलवालले नेपाली कविताका समकालिन स्वरहरु विषयमा र कवि समालोचक पोखरेलले गणतन्त्र कविता आन्दोलनको इतिहास विषयमा समालोचकिय मन्तव्य राखेका थिए ।

प्रलेस केन्द्रिय कमिटी सल्लाहकार डा. पुष्करराज भट्टले विशेष प्रस्तुतीमा रहेका पन्ध्र कविता माथि समिक्षा गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा केही सर्जकहरुले विभिन्न सिर्जन वाचन गर्नुका साथै आमन्त्रित अतिथिहरुले विचार मन्तव्य राखेका थिए । शहिदहरु र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेटको मौन धारण गरी सुरु भएको औपचारिक कार्यक्रम करिब तीन घण्टा चलेको थियो ।

प्रगतिशील लेखक संघ नेपालका पूर्व अध्यक्ष मात्रिका पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा प्रलेस केन्द्रिय कमिटीका महासचिव समिर सिंह विशिक्ष्ट अतिथि रहेका थिए । सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जनक रसिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव केशवनाथ योगीले गरेका थिए ।

अनलाइन जुम मार्फत सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्रका कुल ६६ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । सुदूरपश्चिममा यति धेरैको संख्यामा सहभागी भएर अनलाइनमा सञ्चालन भएको यो पहिलो कार्यक्रम भएको अध्यक्ष जनक रसिकले बताए । आगामी दिनमा अझै आकर्षक र अझै प्रभावकारी कार्यक्रमको आयोजना गर्ने योजना पनि सँस्थाले बनाएको उनले जानकारी दिए ।

www.godawarinews.com बाट साभार 

=================================

समिर सिंहको फेसबुक वालबाट 

No comments: