Sunday, September 17, 2017

"महाकविका आँखा" पुस्तक बारे स्रष्टाहरूको वीचमा परिचयात्मक कार्यक्रम |

साहित्यमा लाग्नु एउटा नशाजस्तै हो | त्यस्तै नशामा लागेका छन् मोहनबहादुर कायस्थ | उहाँकोअनुसार उहाँले अहिलेसम्ममा ६४-६५ वटा पुस्तक प्रकाशित गराइसक्नुभएको छ | हालै प्रकाशित उहाँद्वारा तयार पारिएको "महाकविका आँखा" नामको पुस्तक बारे आज असार १४ गते दिउँसो केही स्रष्टाहरूको वीचमा परिचयात्मक कार्यक्रमको आयोजना गर्नुभएको थियो | उक्त कार्यक्रममा श्री कायस्थले "महाकविका आँखा" पुस्तकमा अहिलेसम्म महाकवि लक्ष्मीप्रसाद देवकोटामा विद्यावारिधी गरेकाहरूले विद्यावारिधिको क्रममा गरेका अनुभवबारे सम्बन्धित विद्वानद्वारा लेखिएका लेखहरू सङ्कलित गरेका छन् | महाकविका अप्रकाशित कविताहरू र महत्त्वपूर्ण भाषण पनि सङ्कलन गरिएको छ |

सोही कार्यक्रममा श्रीमद्भागवत गीता पढेर "भगवदगीता पहिलो पटक पढ्दा" लेखी हालै प्रकाशित गराइसक्नुभएका प्रा. अमुदा श्रेष्ठले गीता पढेपछि आफूमा परेका प्रभाव बारे १० मिनेट बोल्नुभएको थियो |
कार्यक्रममा बनारसका वरिष्ठ सम्पादक दुर्गाप्रसाद श्रेष्ठलगायत स्रष्टाहरू (चित्रमा क्रमश: ) वियोगी बूढाथोकी, शैलेन्दुप्रकाश नेपाल, ध्रुव मधिकर्मी, पवन आलोक, किशोर पहाडी, राधेश्याम लेकाली, मुरारि सिग्देल, विश्वविमोहन श्रेष्ठ, मातृका पोखरेल, रामप्रसाद पन्त, प्रमोद प्रधान, प्रा. अमुदा श्रेष्ठ, मोहनबहादुर कायस्थ उपस्थित थिए |



शब्दपथबाट
======================================

कार्यक्रमका अन्य तस्विरहरू - 





No comments: