Tuesday, July 10, 2018

२०५ औं भानु जयन्तीका अबसरमा विशेष कवि गोष्ठी आयोजना ।


बानेश्वर बहुमुखी क्याम्पसको बानेश्वर सर्जक समाजले २०५ औं भानु जयन्तीका अबसरमा २०७५  असार २५ गते आयोजना गरेको विशेष कवि गोष्ठीमा दुइ दर्जन कविहरुले कविता वाचन गर्नुभयो | उक्त कविगोष्ठीमा कविता वाचन गर्ने कविहरुमा कालीप्रसाद रिजाल, तुलसी दिवस, डा.बासुदेव त्रिपाठी, बिमल कोइराला, मोदनाथ प्रशित, पुरुषोत्तम सिग्देल, मन्जुश्री काँचुली, तोया गुरुङ, राजेन्द्र थापा, अशेष मल्ल, कृष्ण प्रधान, कृष्णहरि बराल, रामप्रसाद ज्ञवाली, बिष्णुबिभु घिमिरे, किशोर पहाडी, दिब्य गिरी, शुलोचना मानन्धर, गोविन्द गिरी प्रेरणा, महेश प्रसाईं, भुवनहरि सिग्देल, मातृका पोखरेल र बिष्णु राई हुनुहुन्थ्यो. कार्यक्रमको प्रथम चरणमा बानेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा यसै वर्ष स्थापित आदिकवि भानुभक्तको सालिकमा विशिष्ठ अतिथिहरु डा.बासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, सुलोचना मानन्धर लगायत उपस्थित साहित्यकारहरुले माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्नु भएको थियो | यो बिशेष गोष्ठीमा कविता वाचन गर्नु हुने कविहरु र आदिकवि भानुभक्तको शालिक निर्माण गर्नुहुने कलाकार बिष्णु बराललाई विशिष्ट अतिथि डा.बासुदेव त्रिपाठीले सम्मान पत्र प्रदान गर्नु भएको थियो। 


आदिकवि भानुभक्तको सालिकलाई नै प्रमुख अतिथि राखिएको सो कार्यक्रमको शुरुमा रामजी नेपालीले मुर्चुङ्गा बजाएर सुमधुर धुन प्रस्तुत गर्नु भएको थियो भने बानेश्वर बहुमुखी क्याम्पसका संस्थापक प्राध्यापक केदार न्यौपानेले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नु भएको थियो। 

यस कार्यक्रममा वाचन गरेका कविताहरुको बारेमा प्राध्यापक राजेन्द्र सुबेदीले संक्षिप्त समीक्षा गर्नु भयो भने नेपाल संस्कृतिक संघका अध्यक्ष तिर्थ बहादुर थापाले शुभ-कामना मन्तब्य दिनु भएको थियो. विशिष्ट अतिथि बानेश्वर बहुमुखी क्याम्पसका संस्थापक सदस्य एवं प्राध्यापक डा.बासुदेव त्रिपाठीले यस कार्यक्रममा वाचन गरिएका कविताहरुको प्रशंसा गर्नु भएको थियो । 

बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको उपस्थिति र बानेश्वर सर्जक समाजका अध्यक्ष महेश प्रसाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई साहित्यकार एवम् प्राध्यापक रमेश शुभेच्छुले सञ्चालन गर्नु भएको थियो |

[ समाचार स्रोत : दिव्य गिरी ]

शब्दपथबाट  साभार 













No comments: