Saturday, September 21, 2019

'अभिव्यक्ति मासिक जमघटमा 'शिवपुरी सन्देश'को पूर्णाङ्क ८५ र मातृका पाेखरेलकाे कवितासंग्रह 'मित्रताकाे आकाश' काे लोकार्पण |

प्रत्येक महिनाको पहिलो विहीवार हुने 'अभिव्यक्ति मासिक जमघट' १९ औँ वर्षमा प्रवेश गरेको छ | उक्त अवसरमा २०७६ साल असोज २ गते उपस्थित भेलाले 'शिवपुरी सन्देश'को पूर्णाङ्क ८५ र मातृका पाेखरेलकाे कवितासंग्रह 'मित्रताकाे आकाश' काे लोकार्पण गरेको थियो | 


उक्त जमघटमा स्रष्टाहरू नगेन्द्रराज शर्मा, वियोगी बुढाथोकी, पवन आलोक, मातृका पोखरेल, मनोज न्यौपाने, रोचक घिमिरे, किशोर पहाडी, दीपक लोहनी, प्रकाश घायल, चेतनाथ कणेल हरित, रमेश गोर्खाली, काशीराज आचार्य, विधान आचार्य, त्रिभुवनचन्द्र वाग्ले, शङ्कर भारती र विष्णुबहादुर सिंह उपस्थित थिए |








No comments: