Monday, May 14, 2018

आधारशिला काव्य–प्रवाहको एघारौँ रचना वाचन सम्पन्न ।



आधारशिला काव्य–प्रवाहले आफ्नो नियमित मासिक कार्यक्रमको एघारौँ रचना वाचन सम्पन्न गरेको छ । काव्यप्रवाहकी अध्यक्ष कौशिला रिसालको सभापतित्व र सचिव सुगिता शाहले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको प्राज्ञ एवम् प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरूमा साहित्यकार कलानिधि दाहाल , चूडा ढकाल , समिर सिंह , भोला ढकाल ,पूर्वकार्यक्रम संयोजक वैरागी जेठा रहनु भएको थियो । कविहरू निर्मल पराजुली ,आकाश, मिशनअधिकारी ,वासुदेव ठकुरी , विष्णु ढकाल ,ईश्वरीप्रसाद ढकाल , उमा दाहाल , चूडा ढकाल , शुशिला ढकाल अधिकारी,लोकेन्द्र राई , राजेन्द्र ढकाल ,चपला ढकाल , पेरिसा भट्ट , सुवास जिसी ,राधा जिसी ,पासा तमाङ, क्षितिज रानाभाट ,कापल श्रेष्ठ ,सुनिमा नगरकोटी , स्वेता बल ,मनिषा रेग्मी ,सन्तोष वस्नेत घनश्याम न्यौपाने ,मनु विक ,गीनीज लगायतका कविहरूले आ–आफ्ना कविता वाचन गर्नु भएको थियो । 


कार्यक्रलाई सम्बोधन गर्दै प्राज्ञ पोखरेलले प्रगतिवादी साहित्यलाई माथि उठाउँन स्थानिय तहबाटै शुरु हुनु पर्ने बताउनु भयो । उहाँले प्रगतिशील साहित्य हुकार्उन हरेक विद्यालय ,क्याम्पसहरूको ठूलो योगदान रहने गर्दछ । जसले प्रगतिवादी साहित्यलाई कल्पवृक्ष बनाउँन यस्ता कार्यक्रमहरूले सहयोगी र महत्वपूर्ण भूमिका खेल्छ भन्नु भयो । उहाँले  वर्तमान साहित्यमा वैचारिक लेखनको कमि हुँदै छ , हामी प्रगतिवादी साहित्यकारहरू बेलैमा सचेत हुन आवश्यक रहेको धारणा व्यक्त गर्नु  भयो । कलानिधि दाहालले प्रगतिशील सबै हुने तर राजनिति भागबण्डा गर्ननहुने विचार राख्नुभयो । दिगो साहित्य हुने वैचारिक पक्ष कलात्मक बनाउँदै लानु पर्छ भन्नु भयो ।















No comments: