Sunday, July 12, 2020

प्रलेस मकवानपुरकाे कविता वाचन कार्यक्रममा ५ कविका १५ कविता

प्रगतिशील लेखक संघ, मकवानपुरले यही २०७७ साल असार १४ गते पांच कविका पन्ध्र कविता वाचन कार्यक्रमको आयोजना गर्‍यो । कविहरू शकुन्तला जोशी, पुरूषोत्तम आचार्य, भूपिन व्याकुल, यस लामा र केवल विनाबीका तीनतीन कविता वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व प्रलेस मकवानपुरका अध्यक्ष शान्ति प्रियवन्दनाले गर्नुभएको थियो । कार्यक्रम प्रगतिशील लेखक सङ्घका पूर्व  केन्द्रीय अध्यक्ष एवम् कवि मातृका पोखरेलको प्रमूख आतिथ्य र प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय सदस्य कवि निमेष निखिलको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । 



No comments: