Friday, October 25, 2019

अभिव्यक्ति मासिक जमघटले नगेन्द्रराज शर्माको आउँदो जन्मोत्सव मनाउने

अभिव्यक्ति मासिक जमघटले हिजो २०७६ कार्तिक ७ गतेको जमघटमा जमघटका संस्थापक तथा वरिष्ठ साहित्य साधक नगेन्द्रराज शर्माको आउँदो जन्मोत्सव विशेष कार्यक्रमहरू गरेर मनाउने निधो गरेको छ । यस कार्यका लागि जमघटले स्रष्टा पवन आलोकलाई संयोजक तोकेको छ । श्री शर्माको जन्मदिन आउँदो चैत्र २२ गते परेको छ ।
हरेक महिनाको पहिलो विहिवार हुने अभिव्यक्ति मासिक जमघटमा हिजो पहिलो पटक उपस्थित भएका स्नेह सायमी, अमेरिकाबाट अघिल्लो दिन मात्र नेपाल प्रवेश गरेका गोविन्द गिरी प्रेरणाका साथै नगेन्द्रराज शर्मा, बिष्णुबहादुर सिंह, किशोर पहाडी, रामप्रसाद पन्त, पवन आलोक, वियोगी बुढाथोकी, रमेश गोर्खाली, मातृका पोखरेल, अश्विनी कोइराला, त्रिभुवनचन्द्र वाग्ले र प्राञ्जलराज घिमिरेको उपस्थिति थियो ।
हिजो उपस्थित स्रष्टाहरूले 'अभिव्यक्ति' को नयाँं अंक २०२ र 'रचना' नयाँं अंक १६२ प्राप्त गरेका थिए ।


No comments: