Saturday, November 18, 2017

बाबुरामका 'बौद्धिक वैरीहरू' - बसन्त बस्नेत


---------------------------------------------------------

बाबुरामका ‘बौद्धिक वैरीहरू’

बसन्त बस्नेत 

काठमाडौं : बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् ।
शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा-२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् । दुई वर्षसम्म एउटै पार्टीका दुई उपाध्यक्षमध्ये हाल श्रेष्ठका पक्षमा र भट्टराईका विपक्षमा वाम बुद्धिजीवीको वक्तव्यले गठबन्धनमय चुनावी अभियानलाई नयाँ मोड दिएको छ ।
‘डा. भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं ।’ वक्तव्यमा वाम गठबन्धनलगायत समग्र विषय समेटिए पनि भट्टराईका विपक्षमा बुद्धिजीवी खनिएपछि अन्य विषय छायामा परेका छन् ।
असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँगै राष्ट्रिय सभागृहमा वाम एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन गर्ने संकल्प गरेका भट्टराई केही दिन नबित्दै कांग्रेससँग तालमेल गर्न पुगे । यसअघि वैशाख र जेठको स्थानीय चुनावमा कांग्रेससँग तालमेल गर्ने पालोमा माओवादी पार्टी थियो, जसलाई वाम बुद्धिजीवीहरूले अहिलेको जस्तो ‘सैद्धान्तिक महत्व’ दिएनन् ।

' त्यो वक्तव्य पढ्दा अचम्म लागेन, उहाँहरूले हार स्वीकार गरिसक्नुभयो भन्ने बुझिन्छ । साथीहरूले बुझेर हस्ताक्षर गरेको भए हुन्थ्यो ।’

भट्टराईले भने चुनावी तालमेल आवश्यकताअनुसार हुने भन्दै वामबुद्धिजीवीले अशोभनीय र प्रत्युत्पादक काम गरेको टिप्पणी गरे । उनले कांग्रेससँग माओवादीले १२ बुँदे सहमतियता सहयात्रा गरेको नबिर्सन आग्रह गरे । ‘त्यो वक्तव्य पढ्दा खासै अचम्म लागेन, उहाँहरूले पहिले नै हार स्वीकार गरिसक्नुभयो भन्ने बुझिन्छ,’ भट्टराईले अन्नपूर्णसँग भने, ‘साथीहरूले बुझेर हस्ताक्षर गरेको भए हुन्थ्यो । चुनावमा तालमेल हुन्छ, भोट हाल्ने म्यान्डेट जनताको हो ।’ रोकाले भट्टराईबाट वामपन्थको अपव्याख्या भएको आरोप लगाए । भट्टराईले भने त्यसको प्रतिवाद गर्दै ‘कोही पनि साम्यवाद ल्याउन राजनीति नगरिरहेको’ टिप्पणी गरे ।माओवादीले कांग्रेससँग तालमेल गर्दा मौन यी बुद्धिजीवी भट्टराईबारे किन एकाएक मुखर बन्न पुगे त ? हस्ताक्षरकारीमध्ये एक हरि रोकाको तर्क छ, ‘पहिलेका गठबन्धन चुनावपछि भएका थिए, योचाहिँ चुनावअघि हुन गएकाले वक्तव्य आएको हो । किनभने विगतका तुलनामा अहिले नयाँ किसिमको गठबन्धन बनेका बेला बाबुरामजीले अवसरवाद देखाउनुभयो ।’
वक्तव्यमा शर्मा र मास्केसँगै प्रा. कैलाशनाथ प्याकुरेल, कवि विमल निभा, प्रगतिशील लेखक संघ अध्यक्ष मातृका पोखरेल, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, हरि रोका, धनकुमारी सुनार, झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठको हस्ताक्षर छ । बुद्धिजीवीहरूले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका ‘नयाँ आयाम उद्घाटित हुने’ विश्वास व्यक्त गरेका छन् । आफूहरू नागरिक अगुवा भने नभएको तिनको प्रस्टोक्ति छ ।

http://annapurnapost.com बाट साभार 
-----------------------------------------------------------


====================================


‘बाबुराम हराऔं, नारायणकाजी जिताऔं’ भन्दै १० बुद्धिजिवीले जारी गरे विज्ञप्ति !



काठमाण्डु, २ मंसिर २०७४ – विभिन्न १० जना बामबुद्धिजिवी तथा लेखकहरुले गोरखा–२ का मतदातालाई आसन्न १० मंसिरमा हुने संघीय प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई जिताउन अपिल गरेका छन् ।



गोरखा–२ मा काँग्रेस समर्थनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेता श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टराई र श्रेष्ठले एकै क्षेत्रमा उम्मेदवारी दिएका कारण गोरखा–२ सर्वाधिक चर्चित र चासोको क्षेत्र बन्न पुगेको हो । बुद्धिजिवी तथा लेखकहरुले जारी गरेको संयुत्त विज्ञप्तिमा भट्टराईले माक्र्सवादी विचार धारा छाडेको तथा हाल उनका गतिविधिले उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेको आरोप लगाइएको छ । गोरखाका पारखी मतदाताले अवसरवादकी चरित्र भएका भट्टराईलाई नभई नेता श्रेष्ठलाई विजयी गराउने विश्वास उनीहरुको छ । ‘वर्तमानमा बाबुराम भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो’, विज्ञप्तिमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यस प्रकारका अवसरवादीहरुलाई पहिचान गरी सही निर्णय लिने हामीले अपेक्षा गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनीहरुले मुलुकका अन्य निर्वाचन क्षेत्रमा समेत बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् । निर्वाचनमा हुने पैसा, शक्ति, कालोबजारिया र गुण्डाराजको चलखेललाई निरुत्साहित र निषेध गर्ने विश्वास उनीहरुको छ । विज्ञप्तिमा बाम बुद्धिजिवीहरुले निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका नयाँ आयामअरु उदघाटित हुनेमा आफूहरु विश्वास्त रहेको दाबी गरेका छन् । नेपालका बामपन्थी शक्तिहरुबीच भएको चुनावी सहकार्य हुँदै पार्टी एकतासम्मको निर्णयले नेपालीहरु मात्र नभई गरिबी, अभाव, शोषण र उत्पीडनका विरुद्ध जुधिरहेका विश्वभरका जनतामा आशाको सञ्चार गराएको जिकिर उनीहरुको छ ।

विभिन्न समूहमा छरिएर रहका कम्युनिष्ट पार्टीहरुबीच भएको बाम गठबन्धनका कारण लोकातन्त्रिक गठबन्धनलाई समेत हातेमालो गर्न प्ररित गरेकाले त्यसलाई बाम बुद्धिजिवीले ऐतिहासिक भनेका छन् । बामपन्थी र लोकतान्त्रिक शक्तिले एकअर्काको विरोधीको रुपमा प्रस्तुत गर्न खोजेकामा असन्तुष्टि जनाउँदै विज्ञप्तिमा उनीहरुले बास्तविक बामपन्थ र लोकतन्त्र एकअर्काको विरोधी नभएको बरु ‘अपरिहार्य पुरक’ भएको टिप्पणी गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा डा. पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, लेखक विमल निभा, मातृका पोखरेल, पूर्वगभर्नर एवं अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, लेखक तथा विश्लेषक हरि रोका, धनकुमारी सुनार, वरिष्ठ पत्रकार एवं लेखक झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठ छन् ।



kathmandutoday.com बाट साभार 

==========================================

नागरिक अगुवाको आरोपः बाबुराम अवसरवादका प्रतिनिधि पात्र


२ मंसिर, २०७४ काठमाडौं । प्रा. पीताम्बर शर्मासहितका नागरिक अगुवाहरुले डा. बाबुराम भट्टराई अवसरवादको प्रतिनिधिपात्र बनेको आरोप लगाएका छन् ।
डा.पिताम्बर शर्मा, झलक सुवेदी, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, विमल निभा, चीनका लागि नेपालका पूर्व राजदूत डा. महेश मास्केलगायतका नागरिक अगुवाहरुले शनिबार संयुक्त वक्तव्य जारी गर्दै भट्टराईको आलोचना गरेका हुन् ।
‘बाबुराम भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्र नरहेको होइन, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो’ उनीहरुले भनेका छन् ।
बाबुरामलाई अवसरवादको प्रतिनिधिपात्र भएको आरोप लगाउँदै वक्तव्य जारी गर्नेहरुमा डा. पिताम्बर शर्मा, हरि रोका, झलक सुवेदी, डा. शरद वन्त, डा महेश मास्के, कवि विमल निभा, प्रा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, प्रगतिशील लेखक संघका मात्रिका पोखरेल, दीपेन्द्र क्षेत्री र सुदिप श्रेष्ठ छन् ।
गोरखा २ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रधानमन्त्री भट्टराई र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ शक्तिका संयोजक भट्टराईलाई कांग्रेसको समर्थन छ भने श्रेष्ठ वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
नागरिक अगुवाहरुले श्रेष्ठबारे केही बोलेका छैनन् । तर, गोरखाका जनताले ‘अवसरवादी’हरुको पहिचान गरी सही निर्णय लिने अपेक्षा गरेको उल्लेख गरेका छन् ।
साथै लोकतान्त्रिक र वाम गठबन्धन एर्काअर्काको विरोधी नभए पुरिपूरक भएको बताएका छन् । लोकतान्त्रिक वामपन्थीविरुद्ध वर्गीय शक्तिहरुको मोर्चा भएको उनीहरुको ठहर छ ।
२०७४ मंसिर २ गते १५:४१ मा प्रकाशित
www.onlinekhabar.com बाट साभार 

===================================


बामबुद्धिजिवी नारायणकाजीको पक्षमा, भने, 'बाबुराम अवसरवादको प्रतिनिधिपात्र'





काठमाडौं – विभिन्न १० जना बामबुद्धिजिवी तथा लेखकहरुले गोरखा–२ का मतदातालाई आसन्न १० मंसिरमा हुने संघीय प्रतिनिधिसभा निर्वाचनमा बाम  गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई जिताउन अपिल गरेका छन् । 
गोरखा–२ मा काँग्रेस समर्थनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेता श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टराई र श्रेष्ठले एकै क्षेत्रमा उम्मेदवारी दिएका कारण गोरखा–२ सर्वाधिक चर्चित र चासोको क्षेत्र बन्न पुगेको हो । बुद्धिजिवी तथा लेखकहरुले जारी गरेको संयुत्त विज्ञप्तिमा भट्टराईले माक्र्सवादी विचार धारा छाडेको तथा हाल उनका गतिविधिले उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेको आरोप लगाइएको छ । गोरखाका पारखी मतदाताले अवसरवादकी चरित्र भएका भट्टराईलाई नभई नेता श्रेष्ठलाई विजयी गराउने विश्वास उनीहरुको छ ।
‘वर्तमानमा बाबुराम भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो’, विज्ञप्तिमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यस प्रकारका अवसरवादीहरुलाई पहिचान गरी सही निर्णय लिने हामीले अपेक्षा गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै उनीहरुले मुलुकका अन्य निर्वाचन क्षेत्रमा समेत बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् । निर्वाचनमा हुने पैसा, शक्ति, कालोबजारिया र गुण्डाराजको चलखेललाई निरुत्साहित र निषेध गर्ने विश्वास उनीहरुको छ । विज्ञप्तिमा बाम बुद्धिजिवीहरुले निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका नयाँ आयामअरु उदघाटित हुनेमा आफूहरु विश्वास्त रहेको दाबी गरेका छन् । नेपालका बामपन्थी शक्तिहरुबीच भएको चुनावी सहकार्य हुँदै पार्टी एकतासम्मको निर्णयले नेपालीहरु मात्र नभई गरिबी, अभाव, शोषण र उत्पीडनका विरुद्ध जुधिरहेका विश्वभरका जनतामा आशाको सञ्चार गराएको जिकिर उनीहरुको छ ।
विभिन्न समूहमा छरिएर रहका कम्युनिष्ट पार्टीहरुबीच भएको बाम गठबन्धनका कारण लोकातन्त्रिक गठबन्धनलाई समेत हातेमालो गर्न प्ररित गरेकाले त्यसलाई बाम बुद्धिजिवीले ऐतिहासिक भनेका छन् । बामपन्थी र लोकतान्त्रिक शक्तिले एकअर्काको विरोधीको रुपमा प्रस्तुत गर्न खोजेकामा असन्तुष्टि जनाउँदै विज्ञप्तिमा उनीहरुले बास्तविक बामपन्थ र लोकतन्त्र एकअर्काको विरोधी नभएको बरु  ‘अपरिहार्य पुरक’ भएको टिप्पणी गरेका छन् । 
यसरी विज्ञप्ति जारी गर्नेहरुमा डा. पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, लेखक विमल निभा, मातृका पोखरेल, पूर्वगभर्नर एवं अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, लेखक तथा विश्लेषक हरि रोका, धनकुमारी सुनार, वरिष्ठ पत्रकार एवं लेखक झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठ छन् । 
http://ratopati.com बाट साभार

===============================
भट्टराई अवसरवादी : नागरिक अगुवा
मंसिर २, २०७४-पिताम्बर शर्मासहितका नागरिक अगुवाहरुले नयां शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अवसरवादीको संज्ञा दिएका छन् । शनिबार विज्ञप्ती जारी गर्दै उनीहरुले भनेका छन्,‘उनका पछिल्ला गैरराजनीतिक र सिद्दान्तहीन मन्तव्यबाट उनी अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका छन् भन्ने ठम्याइ हाम्रो हो ।’

भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार छन् । गोरखाबाट दुई पटक निर्वाचन जितेका भट्टराई यो पटक माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
शर्मासहित कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, विमल निभा, मातृका पोखरेल, दीपेन्द्र क्षेत्री, हरि रोका, धनकुमारी सुनार, झलक सुवेदी, शरद वन्त, सुदीप श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् । 
‘गोरखाका जनताले अवसरवादको पहिचान गरी सही निर्णय गर्ने अपेक्षा हामीले गरेका छौं’, विज्ञप्तीमा भनिएको छ ।
http://kantipur.ekantipur.com बाट साभार 

No comments: