Sunday, March 17, 2019

सहमतिबाट समाधान खोज्न प्रलेसको आग्रह

वाम लेखकहरुको साझा मोर्चा प्रगतिशील लेखक संघ नेपाल (प्रलेस)ले पछिल्लो समय विकसित राजनीतिक परिस्थितिप्रति चासो देखाएको छ । बुधबार प्रलेस अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले वार्ता र सहमतिबाटै समाधान खोज्न सरकार र अन्य सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले विज्ञप्तिमार्फत् सिके राउतसँग सम्झौता गर्दा राष्ट्रिय स्वार्थमा सरकार संवेदनशील हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक शक्तिको रुपमा परिभाषित गर्दै सहमतिबाटै निकास खोज्न आग्रह गरिएको छ ।
प्रलेसमा सत्तामा रहेको नेकपा, सत्ताबाहिरका कम्युनिस्ट पार्टी र विप्लव नेतृत्वको नेकपाका लेखकसमेत आवद्ध छन् ।



www.nepaldut.com बाट साभार 

No comments: