Saturday, April 27, 2019

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल कथा समितिको "कथा उत्सव" ।

२०७६ बैशाख १४ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल कथा समितिले पहिलोपटक "कथा उत्सव" कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा कथाकार जलेश्वरी श्रेष्ठका कृतिहरुको र उहाँको कथाकारिताबारे चर्चा गरिएको थियो ।
समालोचक ज्ञानु अधिकारी, आख्यानकार मातृका पोखरेल र कथाकार किशोर पहाडीले कथाकार जलेश्वरी श्रेष्ठका बारे आआफ्नो मन्तब्य राख्नु भएको थियो । यसैगरी कथाकार श्रेष्ठले आफ्नो कथा लेखन यात्राबारे बोल्नु भएको थियो ।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, समितिका सयोजक अर्जुन थापा, सदस्य मन्जिला उप्रेतीलगायतले पनि आआफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, कथाकार भागीरथी श्रेष्ठ, अमेरिकाबाट आउनु भएका साहित्यकारहरु विनोद रोका, गोविन्द गिरी प्रेरणा, अनेसास केन्द्रीय सदस्य सानु घिमिरे, साहित्यकारहरु तुलसीहरि कोइराला, राजेन्द्र के. सी., अश्वीनी कोइराला, त्रिभुवनचन्द वाग्ले, सविता गौतम दाहाल, भगवती रोका, बाबा बस्नेत, गीता कार्की, रन्जना निरौला, समिना खनाल 'पृथा', कमला रिसाल आदिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कथाकार जलेश्वरी श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।


शब्दपथ  बाट 

----------------------------------------------











No comments: