Sunday, October 7, 2018

"स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व" पुस्तकको विमोचन |


काठमाडौँको सीडब्ल्यू रेस्टुरामा  २०७५ असोज १९ गते सिर्जना अभियान, भक्तपुरबाट प्रकाशित र साहित्यकार ध्रुव मधिकर्मीले सम्पादन गर्नु भएको "स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व" पुस्तकको विशिष्ट कवि एवं संस्कृतविद तुलसी दिवसले एक समारोहकाबीच विमोचन गर्नुभयो | सिर्जना अभियान, भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा विमोचित पुस्तकका बारेमा साहित्यकार महेश प्रसाईं, निवर्तमान प्राज्ञ मातृका पोखरेल, पुस्तकका सम्पादक ध्रुव मधिकर्मी, स्रष्टा मुकुन्द पोखरेलले पुस्तक बारे मन्तव्य व्यक्त गर्नु भएको थियो | 

दिव्य गिरीले 'शब्दपथ'लाई उपलब्ध गराएको समाचारअनुसार उक्त कार्यक्रममा साहित्यकारहरू किशोर पहाडी, दिब्य गिरी, विमल भौंकाजी, मोहनबहादुर कायस्थ, रत्न प्रजापति, रत्न कोजु, हरिभक्त सिग्देल, पुष्करराज भट्ट, वसन्तराज अज्ञात, ईश्वर बुढाथोकी आदिको उपस्थिति थियो | 

सिर्जना अभियानका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई प्रकाश थापाले संचालन गर्नु भएको थियो |


No comments: