Friday, March 2, 2018

सिरियाको घटनाप्रति प्रलेसको निन्दा - रासस



काठमाडौँ, २०७४ फागुन १७ । प्रगतिशील लेखक संघले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थका कारण सिरियमा हिंसात्मक घटना भई सयौँ निर्दाेष नागरिकको ज्यान गएको भन्दै त्यसको निन्दा गरेको छ ।
संघका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले आज विज्ञप्ति जारी गरी सिरियालाई संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय शक्ति केन्द्रको व्यापारिक स्वार्थको क्रिडास्थल बनाइएको जनाउँदै दिगो शान्ति र संवाद गर्न आग्रह गरिएको छ ।
संयुक्त राष्ट्रसंघले युद्ध विरामको गरेको प्रस्तावसमेत निष्प्रभावी भएकोमा चिन्ता व्यक्त गर्दै शान्ति, न्याय र समानताका पक्षपाती विश्वका जनताको चाहनाअनुसार शान्तिको पहल गर्न सबैमा आग्रह गरेको छ ।
रासस
https://dainikeenews.com बाट साभार 
प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८, २०७४ /

No comments: