Sunday, September 17, 2017

हिमाद्रिको दोस्रो अंक बजारमा


काठमाडौं, २० भदौ २०७४  

काठमाडौं । खोजमूलक साहित्यिक त्रैमासिक ‘हिमाद्रि’ को दोस्रो अंक बजारमा आएको छ । 


चेरब स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पत्रिका प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेल, सुचना विभागका अधिकारी अशोक घिमिरे, साहित्यिक विश्लेषक कुलप्रसाद पराजुली र साहित्यकार कृष्णदेव रिमालद्वारा प्रतिष्ठानको कार्यालय भक्तपुरमा सार्वजनिक गरेका हुन् । 
प्रतिष्ठानको चौथो साधारणसभा समेतको आयोजना गरिएको कार्यक्रममा ‘हिमाद्रि’बारे बोल्दै प्राज्ञ पोखरेलले नेपाली भाषा साहित्यको क्षेत्रमा यस पत्रिकाले उल्लेख्य योगदान पु¥याउने विश्वास व्यक्त गरे । त्यसैगरी अध्यक्ष घिमिरेले कला, साहित्य, संगीत र इञ्जिनियरिङ सुरक्षाका बारेमा ‘हिमाद्रि’ले सधैं खोजिनीति गरिरहने प्रष्ट पारे ।
साञ्जेन जलविद्युत आयोजनामा कार्यरत इञ्जिनियर चेरब घिमिरेको सम्झनामा २०७० मा स्थापित यस प्रतिष्ठानले रक्तदान, चित्रकला प्रदर्शनी, असहायलाई सहयोग र साहित्यिक गतिविधिहरु गर्दै आएको छ ।  
http://baahrakhari.com बाट साभार

=================================







No comments: