Wednesday, May 16, 2018

प्रगतिशील लेखक संघ, राजस्थान भारतका साहित्यकारहरूसँग अन्तर्क्रिया कार्यक्रम ।

प्रगतिशील लेखक संघ, राजस्थान भारतका महासचिव सहित नेपाल आएको  साहित्यकार एवम् पत्रकारको टोलीसँग प्रगतिशील लेखक संघ, नेपालका पदाधिकारीहरूले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । २०७५ साल जेठ १ गते प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा प्रगतिशील लेखक संघ, राजस्थान भारतका महासचिव इश मधु तलवारले भारत र नेपालका साहित्यकारहरूले साम्राज्यवादले निम्त्याएको सांस्कृतिक प्रदुषणका विरुद्ध मिलेर काम गर्नु पर्ने बताउनुभयो । 

अन्तर्क्रिया कार्यक्रममा  प्रगतिशील लेखक संघ, नेपालका तर्फबाट अध्यक्ष मातृका पोखरेल , महासचिव आर. एम. डंगोल, पूर्व अध्यक्ष अमर गिरी , पूर्व महासचिव गोपाल ठाकुर , सचिवालय सदस्य आर.सि. नेउपाने, नेपाली लेखक संघका उपाध्यक्ष गोपाल अश्क, प्रगतिशील कथाकार अभय श्रेष्ठ लगायतले प्रगतिशील नेपाली साहित्यको बारेमा चर्चा गर्नुभएको थियो । 
अन्तर्क्रिया कार्यक्रममा भारतबाट महासचिव इश मधु तलवार सहित सुधांशु कुमार सतीश, हरिश गुप्ता, पुनम गुप्ता सहित साहित्यकार एवम् पत्रकार हरूको उपस्थिति थियो । नेपाली साहित्यकारहरू प्रगतिशील लेखक संघ नेपालका उपाध्यक्ष रामप्रकाश पुरी, कोषाध्यक्ष कृष्णहरी भट्ट, युग पाठक, संजिता वर्मा, दिनेश गुप्ता, बन्धुविक्रम क्षेत्री , बिना थिङ्ग तामाङ्ग, विमला तुम्खेवा, सुनिता साखकर्मी, विनोद लोहनी, रोहित खतिवडा , मोहन सिंह लगायतको उपस्थिति थियो । 







































































No comments: