Monday, December 30, 2019

लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान - २०७६


वनिता साहित्यिक त्रैमासिकले आफ्नो ७७ औ. अंक नारी जीवनका लघुकथाको विशेषांकका रुपमा प्रकाशित गरेको छ । यसै क्रममा यही २०७६ पौष १० गतेका दिन काठमाडौं, मण्डिखाटारमा सो अंकको विमोचन भयो । वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ सरित्को सञ्चालनमा सो कार्यक्रम सञ्चालन भएको थियो । वनिता परिवारको तर्पmबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको सो समारोहमा लघुकथाकार डा. पुष्करराज भट्टलाई वनिता लघुकथा सम्मान २०७६ प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित प्रतिभाको बारेमा लघुकथाकार नारायण तिवारीले मन्तव्य राख्नुभएको सो समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा. पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राख्नुभएको थियो । सो समारोहमा कार्यक्रमको सभाध्यक्ष रहनुभएकी रञ्जुश्री पराजुलीले वनिता त्रैमासिक मार्फत पुरस्कार प्रदान गर्ने गरी रु. एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो । सो पुरस्कार हरेक वर्ष एकजना साहित्यिक प्रतिभालाई प्रदान गरिने समेत उहाँले बताउनु भएको छ ।

शब्दपथ  बाट 






 



---------------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------------


•लघुकथा खबर•
~मिति२०७६/०९/१०, काठमाडौं ।


आज एक कार्यक्रमको आयोजना गरि त्रैमासिक वनिता पत्रिकाको 'वनिता लघुकथा विशेषाङ्क' लोकार्पण सम्पन्न गरिएको छ । वनिता पत्रिकाको मिति २०७६ कार्तिक-पुस, अङ्क ४, पूर्णाङ्क ७७ लाई लघुकथा विशेषाङ्कका रूपमा प्रकाशित गरिएको हो । साथै, महत्वपूर्ण विषय के रह्यो भने यस लघुकथा विशेषाङ्कलाई 'नारी जीवनमा आधारित लघुकथा विशेषाङ्क' भनी सोही अनुरूप नारी केन्द्रित लघुकथाहरू मात्रै समावेस गरियो ।
प्रमुख अतिथि, सभापति, अतिथिहरू लगायत उपस्थित सबैले हातहातमा उक्त विशेषाङ्क लिएर लोकार्पण सम्पन्न गरेका थिए ।

साथै, कार्यक्रममा डा.पुष्करराज भट्टलाई 'वनिता लघुकथा सम्मान-२०७६'बाट सम्मान गरिएको थियो । पुष्करराज भट्टबारे र लघुकथा सम्बन्धमा कथाकार नारायण तिवारीले मन्तव्य राखेका थिए ।
चेतनाथ धमलाले समेत मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य मञ्जिला उप्रेतीले राखेको सो कार्यक्रममा दुई नारी श्रष्टाहरू क्रमशः गङ्गा कर्माचार्य पौडेलले 'आफ्नो मान्छे' र रश्मि रिमालले 'भविष्यका कर्णधार' शीर्षकका लघुकथा वाचन गरेका थिए ।
कथाकार ईन्द्रकुमार श्रेष्ठ सरितले सञ्चालन गरेको सो कार्यक्रमलाई साहित्यकार द्वय रञ्जुश्री पराजुलीले सभापतित्व र मातृका पोखरेलले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । दुवैको मन्तव्यमा लघुकथा साहित्यलाई हलुका ढंगले लिएर सिर्जना गर्नु नहुने आशय व्यक्त भएको थियो । सम्मानित श्रष्टा/द्रष्टा डा.पुष्करले समेत मन्तव्य राखेका थिए ।
साहित्यकार एवं वनिता पत्रिकाका सम्पादक/प्रकाशक लक्ष्मी उप्रेतीले धन्यवाद ज्ञापन गरेकी थिइन् । स्मरणीय के छ भने लक्ष्मी उप्रेतीको निवासमा नै कार्यक्रमको आयोजना गरिएको थियो । साथै, कार्यक्रममा महिला लेखिकाहरूको विशेष उपस्थिति रहेको थियो ।
••




लघुकथा कुनो  बाट साभार 

No comments: