Wednesday, September 13, 2017

लोकतन्त्र दिवसमा कविहरुले गरे संविधानको माग

kabi in nepal

काठमाण्डु,११ वैशाख २०७२ -लोकतन्त्र दिवसको अवसरमा विशिष्ट कवि तथा कवियत्रीले कविताका माध्यमबाट राजनीतिक स्थिरता र संविधानको माग गरेका छन् ।


नेपाल–भारत मैत्री सङ्घले शुक्रबार आयोजना गरेको कार्यक्रममा विभिन्न कविले मुलुकको समसामयिक परिस्थिति,सामाजिक विकृती तथा राजनीतिक विषयवस्तु,लोकतन्त्र,प्रकृति,जीवन,माया,प्रेमका कविता वाचन गरेका थिए ।
भारतीय दूतावासका प्रेस,सूचना सम्बन्धी प्रथम सचिव अभय कुमारले नेपालका बारेमा लेखेका कविता वाचन बाचन गरेका थिए ।


संघका अध्यक्ष ओम प्रकाश सरावगीले नेपालमा भएका श्रोत र साधनलाई सही ढङ्गले प्रयोग गर्न सकेमा नेपाल साँच्चै सुन्दर हुने विचार व्यक्त गर्दै लोकतन्त्र स्थापना भएको नवौँ वर्ष बित्दा पनि लोकतन्त्रको सही आभाष नेपाली जनताले पाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कवि मातृका पोखरेल,शैलेन्द्र साकार,सन्ध्या पहाडी,गीता कार्की,बाबा बस्नेत,जयन्ता पोखरेल,संघका महासचिव शेखर गिरी,पशुपति कर्माचार्यलगायतले कविता वाचन गरेका थिए ।
www.kathmandutoday.com बाट साभार 

No comments: