Saturday, October 24, 2020

गणतन्त्र कविता आन्दोलनको घोषणापत्र

गणतन्त्र कविता आन्दोलनको अवधारणापत्र

गणतन्त्रवादी कविता आन्दोलन : सन्दर्भ र सार्थकता

गणतन्त्रवादी कविता आन्दोलन घोषणाका साथ कवितावाचन गरिएपछि यस आन्दोलनबारेको चर्चा सुरु भएको छ र आन्दोलनको विस्तार पनि हु“दै गएको छ । नेपालको खासगरी युवावर्गले ऐतिहासिक साहस र शौर्य प्रदर्शन गर्दै गणतन्त्रको स्वरलाई सडकमा, शिक्षण÷संस्थाहरूमा र समुदायमा ल्याएको र नया“ सम्भावनाहरू सतहमा देखापरेका छन् । शताब्दीयौंदेखि नागरिकहरूको अधिकार कुन्ठित गरी निरंकुश शासन गरिआएको सामन्तवादको मूल जरो हल्लाउन युवाहरूले गरेको यस प्रयासलाई समर्थन मात्र गर्नु वा एक्लै छाडिदिनु सचेत संस्कृतिकर्मीहरूका लागि पर्याप्त हु“दैन । उनीहरूले आनो ऐतिहासिक भूमिका र जिम्मेवारी राम्ररी बुझ्नुपर्छ र पूर्ण लोकतान्त्रिक उपलब्धिहरूका निम्ति गरिने संघर्षमा आफूलाई नेतृत्वकारी तहमा उभ्याउनै पर्छ ।

आज हाम्रा बा“च्न पाउने न्यूनतम अधिकारमाथि राज्य वा विद्रोही आतंकवादस“गको मुठभेडका नाममा हमला भएको छ । हाम्रो शैक्षिक, सामाजिक र सांस्कृतिक जीवन ध्वस्त पारिएको छ र नागरिक चेतनामाथि सैन्यशक्तिहरूले बलात्कार गरिरहेका छन् । यस समस्याको मूल स्रोत प्रतिगमनकारी मुखिया सामन्तवादमै छ । राजनीतिक समस्यालाई सही ढंगले सम्बोधन गर्न नदिन सामन्तवादले भरपुर कोसिस गर्दैछ, जसले गर्दा सैन्यवलको आधारमा टिकिरहन सकियोस् । यस्तो अवस्थामा पनि नबोल्ने साहित्यकर्मी कर्तव्यच्यूत, अनैतिक र स्वार्थलम्पटहरूको मतियार हो । हामीले लेखनको मूल्य र मह
त्व  बुझेका छौं र त्यसैले नै यस आन्दोलनको पुनर्संयोजन गरेका हौं ।

यद्यपि गणतन्त्रवादी कविता आन्दोलनको परिकल्पनाकारका रूपमा देखिएका हामी केही लेखक, कविहरू आनो लेखनको आरम्भदेखि नै सामन्तवादविरोधी सांस्कृतिक अभियानमा क्रियाशील रहिआएका छौं । परन्तु नया“ विकसित भइरहेको सामाजिक राजनीतिक सन्दर्भले हामीलाई त्यही स्तरमा बस्ने अनुमति दिंदैन । यसलाई बृहत् अभियानको रूपमा स्थापित र व्यापक बनाउ“दै लैजान सकिएन भने सामन्तवादविरुद्धको हाम्रो सुचेष्टा कमजोर हुनेछ । त्यसो भयो भने हाम्रा रचनाहरूको असर घट्दै जानेछ र सत्तामार्गीहरूका जयगान् र कथित राष्ट्रगानहरूको दबदबा बढ्दै जानेछ, हामी अप्रासांगिक हुनेछौं । यही भावना र मान्यताअनुरूप गणतन्त्रवादी कविता आन्दोलन पुनर्संयोजनको आवश्यकता महसुस गरिएको हो ।

गणतन्त्रवादी कविता आन्दोलन चेतनासम्पन्न र सार्वभौम नागरिकको पक्षमा, यस देशको सर्वोच्च नीतिनिर्माण तहमा पुगेर देशका निम्ति काम गर्न पाउने उसको मौलिक अधिकारप्राप्तिका पक्षमा तथा मानवीय अहं र गरिमाको पक्षमा गरिने काव्यात्मक हस्तक्षेप हो । यसले सामन्तवादमुक्त संघर्षमा आनो जीवनसमर्पण गरी हामीलाई दृष्टि प्रदान गर्ने र हाम्रो चेतना समृद्ध पार्ने सबै दिवंगत र जीवितजनहरूप्रति समर्पित छ । यसले कलात्मक ओजलाई सदैव सर्वोपरि प्राथमिकता दिनेछ । गणतन्त्रको पक्षमा हु“दाहु“दै पनि न्यूनतम कलाका शर्तहरू उल्लंघन गरिएको कुनै पनि लेखोटलाई हामी सुन्दर नियतले गरिएको मस्यौदा पर्चाको श्रेणीमा राख्छौं । हामी सार्थक संवाद र बहसका पक्षमा दृढतापूर्वक उभिन्छौं । हामी पक्षधर हौं । आनो पक्षमा अर्थात् गणतन्त्रको पक्षमा उभिन्छौं । हाम्रो रचनाको मूल ध्येय गणतन्त्रको प्राप्ति हो ।

खगेन्द्र संग्रौला,
विमल निभा,
विक्रम सुब्बा,
श्यामल,
हरिगोविन्द लुईंटेल,
मातृका पोखरेल

२०६१।०२।०९

----------------------------------------------------------------------------------------------------



------------------------------------------------------------------------------

स्रष्टा, चैत्र ३०

स्रष्टा आन्दोलनको आलेखनबाट 

No comments: