Sunday, September 17, 2017

तनहुँको दमौलीमा बहुभाषिक काव्य गोष्ठी सम्पन्न

प्रगतिशील लेखक सङ्घ, मातृभाषा विभाग र प्रगतिशील लेखक सङ्घ, तनहुँ जिल्ला समितिको संयुक्त आयोजनामा यही २०७३ साल मङ्सिर ११ गते तनहुँको दमौलीमा  बहुभाषिक काव्य  गोष्ठी सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ, तनहुँ जिल्ला समितिका अध्यक्ष आकाश अधिकारीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा सहभागीहरुलाई  प्रलेस तनहुँ जिल्ला समितिका सह-सचिव  युवराज पौडेलको स्वागत गर्नु भएको थियो । कार्यक्रमका   प्रमुख अतिथी  प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलले कवि गोकुल जोशीको कविता वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो  ।

कार्यक्रमको आरम्भमा  लोकगायक प्रेमराजा महतलाई कार्यक्रमका  प्रमुख अतिथी पोखरेलले प्रगतिशील लेखक सङ्घको तर्फबाट सम्मान गर्नुभएको थियो । त्यसपछि मगर बिद्यार्थी सङ्घ, तनहुँले आकर्षक कौडा नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा क्रमस: अस्मिता अधिकारी ( गजल ) ,  बैध्यनाथ ठाकुर ( भोजपुरी गीत  ), रोशन तामाङ्ग ( तामाङ भाषाको कविता ), हनिफ मिया (गीत), संगम सांस्कृतिक मंच पोखराको तर्फबाट गीत , चिम बहादुर कुमाल ( कुमाल भाषाको कविता ), रुद्र बहादुर थापा ( मगर भाषाको कविता ) , गीता थापा मगर  ( मगर भाषाको कविता ) , मंका खल तनहुँद्वारा शिर्षया थेगु नामक ( नेवारी नृत्य), पुरुषोत्तम पुडासैनी(कविता), ओमकृष्ण श्रेष्ठ  ( नेपाल  भाषाको कविता ) ,बेरोजगार दृष्टि बिहिन समूह तनहुँ (गुरुङ भाषामा  गीत प्रस्तुत ), नवराज वि.क. (कविता), वसन्ती सारु मगर   ( मगर भाषामा कविता ), विजया सुवेदी (कविता), लोक लामा (तामाङ भाषाको कविता ), गणेश कुमार राई ( कविता) , राजु स्याङतान (कविता), उत्सव लोहनी (कविता), गौ कुमारी नेउपाने ( कविता) र फुच्चे साथी ( कविता) लगायतले  आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। 

उक्त गोष्ठीमा कार्यक्रमका विशिष्ठ अतिथीहरु सांसद टुकराज सिग्देल र आशा कोइरालाले आ-आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी अन्य अतिथी वक्ताहरु मार्क्सवादी बुद्धिजीवि शेषमणि आचार्य, प्रगतिवादी बुद्दिजिवि डा. रविलाल अधिकारी, प्रलेस उपाध्यक्ष एवं समालोचक  डा. कृष्णलाल अधिकारी , प्रलेस केन्द्रीय सचिवालय सदस्य राजु स्याङ्तान , प्रलेस केन्द्रीय सदस्य बैध्यनाथ ठाकुर लगायत अतिथीहरुले पनि आ-आफ्ना मन्तव्य राख्नुभएको थियो । 

http://pralesa.blogspot.com बाट साभार 

--------------------------------------------------

गोरखापत्र दैनिक , वर्ष -११६, अङ्क - १९९ 
२०७३ साल मंसिर १२ गते आइतबार
=============================================





























































No comments: