Thursday, November 15, 2018

अक्टोबर क्रान्ति शतबार्षिकी समापन समारोह समितिको कार्यक्रम मंसिर १५ गते, प्रज्ञा प्रतिष्ठानको डबलीमा भब्यतापूर्वक आयोजना गरिने


२०७५ कार्तिक २८ गतेका दिन प्रगतिशील लेखक संघको केन्द्रीय कार्यालय बागबजारमा अक्टोबर क्रान्ति शतबार्षिकी समारोह समितिको बैठक संयोजक तथा बरिष्ठ बाम नेता सोनाम साथीको गर्विलो संप्रेषणका साथ शुरु भयो । गत बर्षको नोभेम्बर महिना देखि एक बर्षसम्म देशब्यापीरुपमा विभिन्न कार्यक्रमका साथ आयोजना गरिएको शतबार्षिकी समारोहको समापन कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्ने उदेश्यका साथ आयोजना गरिएको यो बृहत बैठकमा पूर्व राजदूतहरु तथा प्रगतिवादी बुद्धिजीवि महेश मास्के, टंक कार्की तथा कमानसिंह लामा तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले कार्यक्रमलाई बैचारिक उत्थान र उत्सवकारुपमा मनाउनेभनि विशेष जोड दिदै तर्कहरु प्रस्तुत गर्नु भएको थियो ।

त्यसरी नै बाम बुद्धिजीवि तथा नेता घनश्याम शर्मा पौडेल, गणेश पंडित, लोकनारायण सुबेदी, बरिष्ठ गायक रायन, चर्चित लेखक शरद पौडेल, श्याम तमोट, लक्ष्मी गुरुङ, प्रलेसका अध्यक्ष मातृका पोखरेल, खेम थपलिया, प्रदीप बम्जन, शंकर दुलाल, विनोद लोहनी, निर्माण मजदुर संगठनका अध्यक्ष अमित लोप्चन, शुदर्शन पराजुली लगायतले शतवार्षिकी उत्सव मनाउन अवलम्बन गर्नुपर्ने विविध धारणाहरु प्रस्तुत गरेका थिए ।

समाजवादी क्रान्तिको मूल विषयमा आधारित र आगामी कार्ययोजना सहित उत्सव मनाउनु पर्ने धारणा व्यक्त गरिएको थियो । प्रज्ञा प्रतिष्ठानको डबलीमा मंसिर १५ गतेका दिन सम्पन्न गरिने कार्यक्रममा विभिन्न सांस्कृतिक समूह तथा बरिष्ठ गायकहरु रामेश, रायन, श्याम तमोट, मणि थापा लगायतको प्रस्तुति रहने छ भने विभिन्न भेषभुषा तथा संस्कृतिमा आधारित नृत्यहरु र चर्चित कविहरुले कविताहरु पाठ गर्नुहुनेछ ।


यसका अतिरिक्त अक्टोबर क्रान्ति के हो यसको विश्वव्यापी महत्व अझ किन बढे््र गएको छ ? नेपालको सन्दर्भमा यसको महत्व र कम्युनिष्ट सरकारले समाजवादी कार्यक्रम लागू गरेको छ छैन लगायतका विषयमा महत्वपूर्ण बक्ताहरुले प्रकाश पार्ने कार्यक्रम रहेको छ । सो दिन आम सहभागीहरुले सुन्ने र तालि बजाउनेमात्र होइन खाने, गाउँने, नाच्ने खुशियाली मनाउने कार्यक्रम रहेको छ । यो कार्यक्रम अरु कार्यक्रम भन्दा भिन्न र आम सहभागीहरुको लाई समाजवादी क्रान्तितर्फ निरन्त्।र डोहो¥याउँनका लागि र खबरदारीका लासग हुनेछ । शतबार्षिकी आयोजक समिति विघटन भएतापनि नयाँ ढंगले अक्टोबरक्रान्तिको प्रचार प्रसार र समाजबादी कार्यक्रमलाई अझ बढि निरन्त्तरता दिने पनि बैठकमा उपस्थित सबैको एक मत रहेको छ ।

यसैबीच अक्टोबर क्रान्तिको शतबार्षिकी समापन समारोहलाई सफल पार्न आम श्रमिकबर्ग लगायत सबैमा संयोजक सोनाम साथीले उपस्थितिका लागि अपिल गर्नुभएको छ ।

समारोहका प्रचार प्रसारमा परम्परागत तथा अत्याधुनिक सन्चारका संयन्त्रहरुको प्रयोग गर्ने तयारी रहेको छ भने कार्यक्रमलाई सुव्यवस्थित बनाउनको लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ ।
समितिहरु यसप्रकार रहेका छन्
अग्रज सम्मान छनौट समिति
संयोजकः सोनाम साथी, लोककृष्ण भट्टराई, इश्वर श्रेष्ठ, मातृका पोखरेल
भिडिओ क्लिप तथा श्रव्यदृश्य निर्माण समिति
संयोजकः मोहन घिसिङ, तुलसीराम महर्जन, लक्ष्मी गुरुङ
आर्थिक समिति
संयोजकः दील वरदान , शुदर्शन पराजुली, शिब फुयाँल, कृष्ण आचार्य
साँस्कृतिक समिति
रायनः संयोजक, श्याम तमोट, जीवन शर्मा, बीरप्रसाद भन्सारी, उदय श्रेष्ठ, लक्ष्मी गुरुङ,सचिवः प्रदीप बम्जन , सरल माझी 
प्रचार प्रसार समिति
संयोजकः तुलसी दास महर्जन
कविता छनौट समिति
मातृका पोखरेल र बलराम तिमल्सिना
ब्यवस्थापन समिति
संयोजकः जय कार्की, सचिवः शंकर दुलाल, मातृका पोखरेल, बन्धुविक्रम क्षेत्री, बिनोद लोहनी, प्रदीप बम्जन र इश्वर पिया रहनु भएको छ ।
यी सबै समितिहरुको बैठकहरु र कार्ययोजनाहरुको तयार भैरहेका छन् ।
www.communistonline.com बाट साभार 





















No comments: