Sunday, February 23, 2020

साहित्यिक पत्रकारहरूसँग झापा पुग्दा ….-मोहन दुवाल

पूर्वको झापा जिल्लामा यसपल्ट साहित्यिक पत्रकारहरूको भेला गराउने निर्णय भएअनुसार एउटा कार्यक्रम गर्ने सहमति भयो । असोजमा त्यति गर्मी नहुने भनिएकोले असोज १३ गते शनिबार चन्द्रगढीस्थित जिविसको सभाकक्षमा गोष्ठी गर्ने टुङ्गो लगाइयो । नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समिति र झापा जिल्ला समितिको संयुक्त आयोजनामा जिविस झापाको व्यवस्थापन सहयोगमा हुने भनिएको उक्त गोष्ठीमा काठमाडौबाट ११ जना भाग लिन जाने भइयो । पर्यटन विकास वोर्डको कार्यकक्षबाहिर ६ः३० सम्ममा माइक्रो पु¥याउने हिसाबले ठीक ५ः०० बजे विहानै जीवनसंगिनी भारती र म माइक्रो चढेर काठमाडौं हुईकियौं ।

६ः१५ बज्दा मातृका पोखरेल (वेदना), विष्णु भण्डारी (चन्द्रागिरि) हामीलाई कोटेश्वरमा पर्खिरहेका थिए । उनीहरूसँगै प्रदर्शनीमार्ग पुग्यौँ । रोचक घिमिरे (अध्यक्ष तथा सम्पादक ‘रचना’) डा. तुलसी भट्टराई, नरेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, ठाकुर शर्मा, नरेश श्रेष्ठ सबै पुग्दा ७ः३० बजिसके छ । काठमाडौं छोडियो । धार्के आसपासको एउटा होटेलमा चिया र सेल चाख्ने कार्य भयो । हामी नारायणघाटको बाटो भएर गजुरी पुग्दा पो थाहा भयो ‘चितवन बन्द’ रहेछ । नेकपा माओवादीले आव्हान गरेको बन्दले गर्दा हामी गजुरीबाट पुनः फर्कियौं । २८ किलो कुडिसकेको रहेछ के गर्ने वाध्यताका काहालीलाग्दा कुराहरू सुनेर फर्कियौं ।
हेटौडामा पुग्दा ३ः०० बजिसकेछ । ‘लोकप्रिय’ खानाघरमा खाना खायौं । खाना मीठो स्पर्श भयो; भोक लागेरमात्र मीठो भएको होइन – खाना ‘मीठ’ै रहेछ । खाना खाइसकेपछि फेरी हुइकियौं झापा पुग्ने उद्देश्य बोकेर लाहाननेर पुग्दा मोटरले अलिक आफ्नो कमजोर स्थिति देखायो; त्यहिँ एकक्षण डाक्टर देखाउनुपर्ने भयो । मोटरलाई डाक्टरमार्फत जाँच भयो । र पछि हामी चारकोशेझाडी, खोला, खोल्सा, छहरे, वनजङ्गलका बुट्यानहरू, हरिया खेत मैदानहरू आँखा–आँखामा छरपष्ट फिजाउँदै हामी कुदिरहयौँ । कोही गफमा तल्लीन हुँदै, कोही सपनामा घुर्दै हामी एकनासले हिँडिरह्यौँ । डाइबर भाइ अजय स्फर्तिमा मन फालेर गाडीलाई डो¥याउँदै छन् ।
झापाको भूमि टेक्दा रातको १२ः०० नाघिसकेको छ । फोनमा सम्पर्क भएअनुसार साहित्यकार तथा झापाका पत्रकार संघका सचिव कृष्ण सुवेदी ‘निराकार’ बाटोमा हामीलाई पर्खिराखेको देखियो । उनीसँगै लागेर नेपाल सामुदायिक विकास केन्द्र (ल्ऋम्ऋ) को गेष्टरुममा पुग्यौं । खाना तयार रहेछ; भोकसँग सबैले खाना साट्यौ । धन्य रहेछ झापा– अतिथिहरूलाई खाना ख्याउन पर्खिराखेका रहेछन् रातको १२ः३० बजेसम्म पनि । हतार हतारमा सबैले खाना खान सिध्यायाँै– हतार हतारमा सबै सुत्न गयौँ । मातृका र विष्णुसँगै एउटा कोठामा सुत्यौं । विहान ४ः०० बजे नै मेरो निदँ खुल्यो । भारती र लक्ष्मी अर्कै कोठामा सुतेकोले सम्पर्क भएन । विहान ५ः०० बजेतिर रोचक घिमिरे, रामप्रसाद पन्त र ठाकुर शर्मासँग भएर रोचकदाईका सम्बन्धित नातेदारहरूकहाँ केहीक्षण चियासँगै भुल्यौँ ।
गर्मी त्यति पोल्दो भएर बसेको महसुस भएन । विहान चूडामणि रेग्मीको घरमा पुग्यौँ – भलाकुसारी ग¥यौँ सबै परिवारसँग । भारतीलाई त्यतै खाना ख्वाउने रहर गरेकोले भारतीलाई त्यहिँ छोडेर हामी कोठामा फर्कियौँ । खाना खानुभन्दा अगाडि कार्यक्रम बनाइसक्नुपर्ने भएकोले कृष्ण सुवेदीलाई कार्यक्रमको खाँका खिच्न भनियो । पहिलो सत्रको कार्यक्रम संचालक कृष्ण सुवेदी हुने भएकोले सबै कायैक्रमको बेलीबिस्तारको टिपोट देखाए । केहि थपघटसहित गर्ने गरी सहमति जनाइयो ।
खाना खाइसकेपछि ११ः०० बजे जिविस हल पुग्यौँ । धमाधम सहभागीहरू आइरहेका रहेछन् । चिनजान गर्दै जनमतको भदौ अङ्क सबैजसो अतिथिहरूलाई वितरण गरियो । हस्ताक्षर भरिनसक्ने स्रष्टाहरूलाई फाराम खोजी–खोजी दिएँ । ११ः३० मा कार्यक्रम सुरु गरे – कृष्ण सुवेदी ‘निराकार’ले । साहित्यिक कार्यक्रममा भागलिन सभाकक्षमा आइरहेछन् झापालीहरू । मञ्चमा रमे थुप्रै स्रष्टाहरू । सभाध्यक्ष रोचक घिमिरे रहेको उक्त कार्यक्रममा सम्मानित प्रतिभाहरू डा. तुलसी भट्टराई, तेजराज खतिवडा (तेराख), कुन्ता शर्मा र शेषराज सिवाकोटी यी सम्मानित ४ जना प्रतिभाहरू काठमाडौं, झापा, धरान र दाङ्बाट आएका हुन् । सम्मानित स्रष्टाहरूमा चार दशक लामो अनवरत साहित्ययात्रामा आफ्नो सिर्जनात्मक लेखनकर्म र छात्रप्रया, तरुण, संसार, वाणीसाधना, लेखक आदि पत्रपत्रिकाको सम्पादनमा लागेबापत डा. तुलसी भट्टराईलाई, पाँचदशक लामो अनवरत साहित्ययात्रामा आफ्नो सिर्जनात्मक लेखनकर्म र आँखो, पाउलो, झटारो, धारो आदि पत्रिकाको सम्पादनमा संलग्न रही गरेको योगदानलाई तेजराज खतिवडालाई, चारदशक लामो अनवरत साहित्य यात्रामा आफ्नो सिर्जनात्मक लेखनकर्म र ‘संकल्प’ पत्रिकाको सम्पादन प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले कुन्ता शर्मालाई र न्यायक्षेत्रसँग सम्बद्ध भएर पनि नेपाली भाषा र साहित्यमा समर्पित रही ‘ज्ञानगुनका कुरा’ पत्रिका र ‘ज्ञानगुन साहित्य प्रतिष्ठान’ को माध्यमबाट योगदान पु¥याएकोले न्यायाधीश शेषराज सिवाकोटीलाई सम्मान कार्यक्रम राखिएको हो ।
स्वागतमन्तव्यसहित यी चारजना स्रष्टाहरूको बारेमा परिचय प्रस्तुत गर्न मैले जिम्मा पाएअनुसार सङ्क्षिप्तमा चारैजनाका विशेषताहरू र यिनीहरूसँगको मेरो सम्बन्धबारे चर्चा गरे । यी प्रतिभाहरूलाई सम्मान प्रदान गर्ने कार्य भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा जूहीका सम्पादक चूडामणि रेग्मी हुनुहुन्थ्यो । सभापतिय मन्तव्य प्रकट गर्दै रोचकले बोले– “साहित्यिक पत्रकारितालाई राज्यले उपेक्षा गरेको छ । यस क्षेत्रलाई ध्यानसम्म दिन पनि कन्जुस्याई भएको छ ।” उक्त कार्यक्रममा लेखक नरेन्द्रको निबन्धसङ्ग्रह ‘मैझारो’ र कवि विष्णुहरि अधिकारीको ‘आत्मोद्गार’ कृतिको लोकार्पण पनि प्रमुख अतिथिबाट भएको थियो । धन्यवाद ज्ञापन लक्ष्मी उप्रेतीले दिनु भएको थियो ।
वरिष्ठ लेखक तथा समालोचक गणेशबहादुर प्रसाईले दोस्रो सत्रको सभाध्यक्षत्व गरेको उक्त कार्यक्रममा प्राध्यापक दधिराज सुवेदीले “पूर्वाञ्चलमा नेपाली साहित्यको संस्थागत विकास” र लेखक चूडामणि वशिष्ठले “साहित्यको विकासक्रममा झापाको सहभागिता” विषयक छुटाछुट्टै कार्यपत्र प्रस्तुतभएका थिए । सुवेदीको कार्यपत्रमाथि प्रा.डा. गोपाल भण्डारीले र वशिष्टद्वारा प्रस्तुत कार्यपत्रमाथि प्राध्यापक पुण्य खरेलले टिप्पणी गरेका थिए । झापाको जिविस हलमा भएको उक्त कार्यक्रममा झापा जिल्लाका उल्लेख्य स्रष्टाहरूको उपस्थिति थियो ।
००
साँझतिर एउटा ट्याक्सी रिजर्भ गरेर मेची नदीको तीरमा भारती र म पुग्यौँ । ३ वर्ष अघि पनि त्यस्तै रुपरङ्ग बोकेर ठिङ्ग परेर बग्दै गरेको मेची नदीको पुल किन बन्न सकेन – आज पनि त्यस्तै फुङ्ग परेको अनुहार नियालिरहेछु । साँझमा सबै साथीहरू किच्चवध भएको ठाउँमा जाने रहर व्यक्त भएको कारणले म र भारती पनि साथीहरूसँग डोरिएर हिड्यौँ । आनाजाना करिब १७ किलो मिटरमा अवस्थित ठाँउ–थलो नियाल्यौँ – ऐतिहासिक ठाउँ भएर पनि संरक्षण नभएको जस्तो क्षेत्र हामी सबैले नियाल्यौँ र फक्र्यौ ।
असोज १४ गते विहान ५ः०० बजे नै हामी घर फर्किन तम्तयार भयौँ । बाटोमा आउँदै गर्दा बर्दिवासस्थित नेपालमा व्यवस्थित हुँदै आएको कम्युन संसार जस्तो बनाइएको ठाउँमा पुगी त्यसठाउँका मित्रहरूसँग केहीक्षण कुराकानी ग¥यौँ । १५ परिवारको साझा घरबाट पारिजात स्मृति हस्पिटल, वरिष्ठ राजनीतिज्ञ जयगोविन्द शाह स्मृति पुस्तकालय, मसला उद्योग, सामुदायिक विद्यालय, खेतीपाती आदिको सुरुवात गर्दै आएको कार्यक्रमको रोचक जानकारी मिल्यो । ‘आधारशीला’ नाम गरेको यो घरको आफ्नै खालको विशेषता र रमणियता रहेको भान भयो । लस्सी र चिया पियौँ । उक्त घरका संरक्षक रहेछन् गिरीराजमणि पोखरेल । केहीक्षणको कुराकानी र चियापान पछि हामी हिड्यौँ । लामो बाटोमा हिँड्दा अलिक कमजोर मोटर भएपछि निकै दुःख दिँदोरहेछ – त्यो भोगियो । हेटौँडामा मोटर नबनिसकेकोले आज १४ गते हेटाँैडामा नै बस्नुपर्ने भयो । हेटाँैडाका साहित्यिक मित्रहरू निमेश निखेल, डा. गणेश पौडेल, श्याम बानिया, केशव तौजलेले हामीलाई बस्न खान व्यवस्था मिलाई दिए । हामी ५ः०० बजे नै हेटाँैडा छोडेर सुमो टाटामार्फत ९ः०० बजेतिर काठमाडौं पग्यौँ । यसपल्टको साहित्यिक कार्यक्रम र यात्रा मनोरम नै रह्यो । झापासँग नजिकको साइनो जोड्न पाइयो – रमणीय भयो ।

http://www.kavretimes.com.np  बाट साभार 

No comments: