Saturday, May 5, 2018

मलाई नेपाली राम्रोसँग बोल्न आउँदैनथ्यो - शशांक कोइराला

म वनारसमा जन्मिएर हुर्किएको हुनाले त्यहाँको स्कुलमा नेपाली पढाई हुने कुरै भएन । अंग्रेजी र हिन्दीमा पढाई हुन्थ्यो । जब म दार्जिलिङमा अध्ययनको लागि नयाँ ठाउँमा भर्ना हुँदा मलाई एउटा कुराले सकस दियो । त्यहाँ सबैले बि.पी. कोइराला नेपालको ठूला साहित्यका हुन भनेर बुझेका रहेछन् । उनकै कान्छा छोरा शशांक कोइराला यहाँ अध्ययनरत रहेका कारण नेपालीमा उनको राम्रो दख्खल भएको हुनुपर्छ भन्ने गाइँगुइँ चलेछ । र, एकदिन मलाई नेपालीमा भाषण गर्न लगाउने निधो समेत भएको कुरा थाहा पाउँदा मलाई डर लाग्यो । तर एकजना प्राध्यापकले तत्काल होइन पछि लगाउनुपर्छ । अहिले नयाँ बिद्यार्थीको रुपमा भर्ना मात्र भएका छन् भनेर जोगाइदिएको स्मरण अहिले पनि भइरहेको कुरा डा. शशांक कोइरालाले शिवपुरी सन्देशको वार्षिकोत्सवको अवसरमा आयोजित लोकार्पण तथा सम्मान समर्पण गर्दै बताएका हुन् । उनले सम्मानित स्रष्टाहरू र आयोजकलाई बधाई एवम् धन्यवाद दिँदै निरन्तर राम्रो साहित्य सिर्जनामा लाग्न आग्रह समेत गरेका थिए ।

कार्यक्रम टोखाको सपनतीर्थमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकारहरु रामप्रसाद पन्त, श्रीओम श्रेष्ठ रोदन र डा. सुधा शाहीलाई सम्मान समर्पण गरिएको थियो । शिवपुरी सन्देशको ७९औं अंकलाई सभापति बनाएर सुरु भएका कार्यक्रमको स्वागत वियोगी बुढाथोकीले गरेका थिए । कार्यक्रममा साहित्यिक पत्रकारहरु रोचक घिमिरे, नगेन्द्रराज शर्मा, रामप्रसाद पन्त, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक र प्रवेश नम्बर ३ का प्रदेशसभा सदस्य भीमसेन खत्रीलगायतले आआफ्ना धारणा राखेका थिए ।

सोही अवसरमा विष्णुबहादुर सिंह, शशी थापा पण्डित, मातृका पोखरेल, प्रोल्लास सिन्धुलीय, राबत, गोविन्द नेपाल, निर्मल पराजुली, शैलेन्द्र सिग्देल, बिपिन सलामी, बिक्रम श्रेष्ठ सागर, बसन्त श्रेष्ठ क्षितिज, रुद्र अधिकारी, दुर्गा तिवारी, डा. टीकाराम भण्डारी, विमला दाहाल, विजयध्वज थापा, पदम दोङ, यादव भट्टराई, गुप्तबहादुर श्रेष्ठ, बद्री कुइकेल, मणिराज सिंह, नरप्रसाद धिताल, वसन्त धर्ति मगर, धु्रव खनाल, ठाकुर शर्मा, प्रकाश घायल, श्याम संकल्प, श्यामबहादुर भावुक, लब खड्का, रामकाजी कोनेलगायतले कविता, मुक्तक र गजल वाचन गरेका थिए । कार्यक्रम सन्चालन रुपक बनवासीले गरेका थिए ।

कार्यक्रममा शंकर भारती, चेतनाथ धमला, धु्रवनरसिंह बोगटी, लक्ष्मी भट्टराई परिधि, राजु अधिकारी, भोलाराम थापा, वसन्त धर्ति मगर, मोहन चापागाई, रामकुमार खत्री, पुष्पराज जो, केशव सान्दाई, शुशील महर्जन, निबन्ध आचार्यलगायत पचहत्तर जनाको उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा चौबीस वर्षदेखि निरन्तर गर्दै आएको साँधेको गुन्दु्रक, भुटेको मकै, भटमासमा उपस्थित साहित्यकारहरुले भोक मेटेका थिए । गजराज जोशी ट्र्ष्टले प्रायोजन गरेको कार्यक्रममा न्हुच्छेनारायण श्रेष्ठ र श्री भगवती क्लवलाई धन्यवाद पत्र दिइएको थियो । न्हुच्छेनारायण श्रेष्ठले प्रमाणपत्र ग्रहण गर्दै भावविव्हल भएर आँसुको थोपा खसालेका थिए ।
















No comments: