Friday, September 15, 2017

नेपाल भारत साहित्य साटासाट

काठमाडौं

भारतीय साहित्यकार अरुण माहेश्वरीले नेपालका उत्कृष्ट पाँचवटा उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने बताएका छन्। 

नेपाल प्रज्ञाप्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा वाणी प्रकाशनका व्यवस्थापक निर्देशक समेत रहेका उनले भने, 'हामी भारतका उत्कृष्ट पाँच उपन्यास उपलब्ध गराउनेछौं।

यसरी साटासाट गरेर एकअर्को भाषामा अनुवाद गर्दै जाँदा दुवै मुलुकको साहित्य प्रवद्र्धन हुनेछ।'

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भारतीय साहित्य अकादमीसँग तीन वर्षअघि नै साहित्य अनुवाद गर्नेलगायतका सम्झौता भइसकेको बताए। 'संस्थागत ढंगले प्रतिष्ठानले काम गरिरहेको छ, अब निजी क्षेत्रका प्रकाशनगृहसँग पनि सहकार्य गर्नेछौ।

यो कार्य निरन्तर चलिरहने छ', उनले भने। अर्का भारतीय साहित्यकार केदारनाथ सिंहले नेपालसँग भारतको साहित्यिक सम्बन्ध गहिरो रहेको बताए। 'भारतीय साहित्यकार नेपालमा निस्किएका नयाँ पुस्तकबारे चासो राखिरहन्छन्', उनले भने। 

कार्यक्रममा उप्रेती, सिंह र माहेश्वरीका साथै विष्णुविभू घिमिरे, अमर गिरी, श्रवण मुकारुङ, मातृका पोखरेल, नरनाथ लुइँटेल, सन्ध्या पहाडीले कविता सुनाएका थिए।


http://www.annapurnapost.com बाट साभार

No comments: