Friday, September 15, 2017

नेपाल– भारत आख्यान विमर्श सम्पन्न

विभिन्न संचार माध्यमहरुमा  नेपाल– भारत आख्यान विमर्श कार्यक्रम 



========================================

नेपाली साहित्यकारहरू मणिपुरहुँदै सिलिगुडी
काठमाडौँ, बैशाख ६, २०७३ 

नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउण्डेशनको पहलमा भारतका पूर्वोत्तर राज्यहरू असम, मणिपुर, र मेघालयको एक साता लामो साहित्यक भ्रमण सकेर नेपाली साहित्यकारहरूको टोली सोमवार पश्चिम बङ्गालको सिलिगुडी आइपुगेको छ । यहाँ टोलीले पारिजान प्रतिष्ठानको आयोजनामा साहित्य गोष्ठीमा भाग लिएको छ । प्राज्ञ मातृका पोखरेलको नेतृत्वमा त्यतातिर लागेको टोलीमा प्राज्ञसभा सदस्य विवश पोखरेल, जरा फाउन्डेशन नेपालका अध्यक्ष कृष्ण प्रसाई र फाउन्डेशनका सल्लाहकार एलबी क्षेत्री सामिल् थिए । 

प्रतिनिधिमण्डलले असमको गुवाहाटीमा त्यहाँको देउराली सामाजिक साहित्यक सांस्कृतिक मञ्चसँगको सहकार्यमा एक दिने गोष्ठी सम्पन्न ग¥यो । ३० चैत्रमा आयोजित उक्त गोष्ठीमा स्थानीय साहित्यकारहरू डा. गोमा शर्मा र डा. सीताराम अधिकारीले कार्यपत्र प्रस्तुत गरे भने उपस्थित सम्पूर्ण श्रष्टाहरूले रचना वाचन गरेका थिए । इतिहासविद् डा. पुरुषोत्तम भण्डारीको अध्यक्षता आयोजित उक्त गोष्ठीमा असमका ख्यातिप्राप्त साहित्यकारहरू उपस्थित थिए । 

प्रतिनिधिमण्डलले नेपाली नववर्ष २०७३ को पहिले दिन मणिपुरको शान्तिपुरमा आयोजत राज्यव्यापी बृहत् सांस्कृतिक कार्यक्रमको अवलोकन ग¥यो । नेपाली संस्कृति सुरक्षा परिषद, मणिपुरले आयोजना गरेको उक्त कार्यक्रमको दोस्रो दिन “नेपाल–भारत आख्यान विमर्श” सम्पन्न भयो । नेपाली साहित्य परिषद मणिपुरको संयोजनमा सम्पन्न उक्त विमर्शमा मणिपुरेली नेपाली समालोचक रामप्रसाद पौड्यालले “भारतीय नेपाली कथा परम्परा र मणिपुर” विषयक गोष्ठीपत्र प्रस्तुत गरे, जसमाथि नेपाली साहित्यकार एलबी क्षेत्री र मणिपुरेली साहित्यकार टङ्कनाथ खतिवडाले टिप्पणी गरेका थिए । स्थानीय विधायक ख्वाइराक्पन देवेन सिंह प्रमुख अतिथि तथा प्राज्ञ मातृका पोखरेल विशेष अतिथि रहेको उक्त कार्यक्रमका कृष्ण प्रसाई, एलबी क्षेत्री, विवश पोखरेलका अतिरिक्त स्थानीय साहित्यकारहरू देवीप्रसाथ थापा मामा, कीर्तिमणि खतिवडा, मुक्ति गौतम, खुमप्रसाद पौड्याल, दीपक पन्थ, चुडामणि खरेल, बसन्ती पौडेललयागतका साहित्यकारहरूले आआफ्ना रचना वाचन गरे । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेशनको तर्फबाट प्राज्ञ मातृका पोखरेल र कृष्ण प्रसाईले मणिपुरेली नेपाली साहित्यकारहरूलाई सम्वद्र्धनापत्रसहित अभिनन्दन पनि गर्नुभयो । 

३ बैशाखका दिन प्राज्ञ मातृका पोखरलेको प्रमुख आतित्थयमा मणिपुरेली प्रकाशन संस्था गोर्खा ज्योति प्रकाशनले स्थानीय साहित्यकार डा. गोमा देवी शर्माद्वारा लिखीन “नेपाली साहित्यमा मणिपुर ः एक अध्ययन” शीर्षकको पुस्तकको विमोचन तर्था पुस्तकमाथि अन्तरक्रिया सम्पन्न भयो । मणिपुरको काङ्लातोङ्बीमा आयोजित उक्त कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यमा मणिपुरको योगदानको विशेष चर्चा गर्दै त्यहाँका साहित्यकारहरूको प्रशंसा गर्नुभयो । प्राज्ञ मातृका पोखरेलले नेपाली साहत्यिको मूल प्रवाहसँग मणिपुरलाई निरन्तर जोडिरहनका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । 

५ बैशाखका दिन मणिपुरबाट साँझ सिलङ् पुगेको नेपाली प्रतिनिधिमण्डलले मेघालयका साहित्यकारहरूसँग विशेष साहित्यक विमर्श र भेटघाट सकी नेपाल फर्किएको छ । कार्यक्रमको उद्देश्य भारतमा बसेर पनि नेपाली भाषा र साहित्यको उत्थानका लागि योगदान गरिरहनुभएका साहित्यकार र नेपाली साहित्यको मूल प्रवाहका लेखक र संघसंस्थाबीच राम्रो समन्वय होस् र नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तरमा यसले सघाउ पु¥याओस भन्ने रहेको यस भ्रमणका संयोजक साहित्यकार महेश पौड्यालले जानकारी दिएका छन् ।



==============================================
साहित्यकारहरू मणिपुरबाट स्वदेश फिर्ता
13045692_10156829173600182_1928575237_n
महेश पौड्याल
काठमाडौँ, ६ बैशाख २०७३ 
नेपाल प्राज्ञा–प्रतिष्ठान र जरा फाउण्डेशनको पहलमा भारतका पूर्वोत्तर राज्यहरू असम, मणिपुर, र मेघालयको एक साता लामो साहित्यक भ्रमण सकेर नेपाली साहित्यकारहरूको टोली सोमवार स्वदेश फिर्ता भएको छ । प्राज्ञ मातृका पोखरेलको नेतृत्वमा त्यतातिर लागेको टोलीमा प्राज्ञसभा सदस्य विवश पोखरेल, जरा फाउन्डेशन नेपालका अध्यक्ष कृष्ण प्रसाई र फाउन्डेशनका सल्लाहकार एलबी क्षेत्री सामिल् थिए ।
प्रतिनिधिमण्डलले असमको गुवाहाटीमा त्यहाँको देउराली सामाजिक साहित्यक सांस्कृतिक मञ्चसँगको सहकार्यमा एक दिने गोष्ठी सम्पन्न ग¥यो । ३० चैत्रमा आयोजित उक्त गोष्ठीमा स्थानीय साहित्यकारहरू डा. गोमा शर्मा र डा. सीताराम अधिकारीले कार्यपत्र प्रस्तुत गरे भने उपस्थित सम्पूर्ण श्रष्टाहरूले रचना वाचन गरेका थिए । इतिहासविद् डा. पुरुषोत्तम भण्डारीको अध्यक्षता आयोजित उक्त गोष्ठीमा असमका ख्यातिप्राप्त साहित्यकारहरू उपस्थित थिए ।
प्रतिनिधिमण्डलले नेपाली नववर्ष २०७३ को पहिले दिन मणिपुरको शान्तिपुरमा आयोजत राज्यव्यापी बृहत् सांस्कृतिक कार्यक्रमको अवलोकन ग¥यो । नेपाली संस्कृति सुरक्षा परिषद, मणिपुरले आयोजना गरेको उक्त कार्यक्रमको दोस्रो दिन “नेपाल–भारत आख्यान विमर्श” सम्पन्न भयो । नेपाली साहित्य परिषद मणिपुरको संयोजनमा सम्पन्न उक्त विमर्शमा मणिपुरेली नेपाली समालोचक रामप्रसाद पौड्यालले “भारतीय नेपाली कथा परम्परा र मणिपुर” विषयक गोष्ठीपत्र प्रस्तुत गरे, जसमाथि नेपाली साहित्यकार एलबी क्षेत्री र मणिपुरेली साहित्यकार टङ्कनाथ खतिवडाले टिप्पणी गरेका थिए । स्थानीय विधायक ख्वाइराक्पन देवेन सिंह प्रमुख अतिथि तथा प्राज्ञ मातृका पोखरेल विशेष अतिथि रहेको उक्त कार्यक्रमका कृष्ण प्रसाई, एलबी क्षेत्री, विवश पोखरेलका अतिरिक्त स्थानीय साहित्यकारहरू देवीप्रसाथ थापा मामा, कीर्तिमणि खतिवडा, मुक्ति गौतम, खुमप्रसाद पौड्याल, दीपक पन्थ, चुडामणि खरेल, बसन्ती पौडेललयागतका साहित्यकारहरूले आआफ्ना रचना वाचन गरे । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेशनको तर्फबाट प्राज्ञ मातृका पोखरेल र कृष्ण प्रसाईले मणिपुरेली नेपाली साहित्यकारहरूलाई सम्वद्र्धनापत्रसहित अभिनन्दन पनि गर्नुभयो ।
३ बैशाखका दिन प्राज्ञ मातृका पोखरलेको प्रमुख आतित्थयमा मणिपुरेली प्रकाशन संस्था गोर्खा ज्योति प्रकाशनले स्थानीय साहित्यकार डा. गोमा देवी शर्माद्वारा लिखीन “नेपाली साहित्यमा मणिपुर ः एक अध्ययन” शीर्षकको पुस्तकको विमोचन तर्था पुस्तकमाथि अन्तरक्रिया सम्पन्न भयो । मणिपुरको काङ्लातोङ्बीमा आयोजित उक्त कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यमा मणिपुरको योगदानको विशेष चर्चा गर्दै त्यहाँका साहित्यकारहरूको प्रशंसा गर्नुभयो । प्राज्ञ मातृका पोखरेलले नेपाली साहत्यिको मूल प्रवाहसँग मणिपुरलाई निरन्तर जोडिरहनका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
५ बैशाखका दिन मणिपुरबाट साँझ सिलङ् पुगेको नेपाली प्रतिनिधिमण्डलले मेघालयका साहित्यकारहरूसँग विशेष साहित्यक विमर्श र भेटघाट सकी नेपाल फर्किएको छ । कार्यक्रमको उद्देश्य भारतमा बसेर पनि नेपाली भाषा र साहित्यको उत्थानका लागि योगदान गरिरहनुभएका साहित्यकार र नेपाली साहित्यको मूल प्रवाहका लेखक र संघसंस्थाबीच राम्रो समन्वय होस् र नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तरमा यसले सघाउ पु¥याओस भन्ने रहेको यस भ्रमणका संयोजक साहित्यकार महेश पौड्यालले पर्ल स्ट्रीत जर्नललाई जानकारी दिनुभयो ।
http://www.pearlstjournal.com बाट साभार
============================================

भारत–नेपाल आख्यान विमर्श
काठमाडौँ, वैशाख ३ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनको पहलमा भारतको मणिपुर प्रान्तमा बिहीबार भारत–नेपाल आख्यान विमर्श सम्पन्न भएको छ । 
नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा समालोचक रामप्रसाद पौड्यालले ‘भारतीय नेपाली कथा परम्परा र मणिपुर’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै भारतमा सवाइ साहित्यको जन्मभूमि मणिपुरले आशारानी राई, पदमबहादुर राई, देवीप्रसाद थापा मामा, राहुर राई बोगिको जस्ता कथाकारले नेपाली आख्यान साहित्यमा कथाको परम्परालाई दर्बिलो बनाएको जिकिर गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यको श्रीवृद्धिमा मणिपुरको योगदान सदैव स्मरणीय रहँदै आएको बताउनुभयो ।
द्विदेशीय साहित्यक अनुष्ठानका अवसरमा नेपालका मातृका पोखरेल, कृष्ण प्रसाईं र विवश पोखरेलसँगै स्थानीय साहित्यकार भवानी अधिकारी, टङ्कनाथ खतिवडा, खुमप्रसाद पौड्याल, कीर्तिमणि खतिवडा, दीपक पन्थ, हरि बस्नेत आदिले आ–आफ्ना रचना सुनाए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान र जरा फाउन्डेसनका तर्फबाट मणिपुरेली साहित्यकारलाई सम्मान गरिएको थियो । 
शुक्रबार गोर्खा ज्योति प्रकाशनको सहकार्यमा असमबाट मणिपुर पुगेको इतिहास सङ्कलन टोलीसँग नेपाली प्रतिनिधिमण्डलले संयुक्त साहित्य गोष्ठी गरेको छ । त्यस अवसरमा प्राज्ञ पोखरेलले स्थानीय समालोचक डा गोमा शर्मा अधिकारीद्वारा लिखित ‘मणिपुरमा नेपाली साहित्यः एक अध्ययन’ शीर्षकको पुस्तकको पनि लोकार्पण गरेको नेपाली प्रतिनिधिमण्डलका सदस्य महेश पौड्यालले जानकारी दिनुभयो । रासस
http://gorkhapatraonline.com बाट साभार

=========================

भारत-नेपाल आख्यान विमर्श

काठमाडौँ :  नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको पहलमा भारतको मणिपुर प्रान्तमा नेपाल-आख्यान विमर्श सम्पन्न भएको छ।

नेपाली संस्कृति सुरक्षा परिषद् मणिपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा समालोचक रामप्रसाद पौड्यालले ‘भारतीय नेपाली कथा परम्परा र मणिपुर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। भारतमा सवाइ साहित्यको जन्मभूमि मानिने मणिपुरले आशारानी राई, पदमबहादुर राई, देवीप्रसाद थापा मामा, राहुर राई जस्ता कथाकार जन्माई नेपाली आख्यान साहित्यलाई मजबुत बनाएको उनले बताए।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालबाट गएका साहित्यकार एलबी क्षेत्रीले नेपाली साहित्यको श्रीवृद्धिमा मणिपुरको योगदान सदैव स्मरणीय रहँदै आएको बताए।

द्विदेशीय साहित्यिक अनुष्ठानका अवसरमा नेपालका मातृका पोखरेल, कृष्ण प्रसाईं र विवश पोखरेलसँगै स्थानीय साहित्यकार भवानी अधिकारी, टंकनाथ खतिवडा, खुमप्रसाद पौड्याल, कीर्तिमणि खतिवडा, दीपक पन्थ, हरि बस्नेत आदिले आफ्ना रचना सुनाए। कार्यक्रममा प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनका तर्फबाट मणिपुरेली साहित्यकारलाई सम्मान गरिएको थियो।

गोर्खा ज्योति प्रकाशनको सहकार्यमा असमबाट मणिपुर पुगेको इतिहास संकलन टोलीसँग नेपाली प्रतिनिधिमण्डलले संयुक्त साहित्य गोष्ठी पनि गरेको छ। त्यस अवसरमा प्राज्ञ पोखरेलले स्थानीय समालोचक डा गोमा शर्मा अधिकारीद्वारा लिखित ‘मणिपुरमा नेपाली साहित्यः एक अध्ययन’ शीर्षकको पुस्तकको पनि लोकार्पण गरेको नेपाली प्रतिनिधिमण्डलका सदस्य महेश पौड्यालले जानकारी दिए। रासस
=============================================

असम र मणिपुरमा नेपाली श्रष्टा

इम्फाल, बैशाख १ , २०७२ सेतोापाटी संवाददाता 



नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँ र जरा फाउण्डेशन नेपालको संयुक्त तत्वावधानमा चार ख्यतिप्राप्त नेपाली श्रष्टाहरूको टोलीलाई भारतको मणिपुरमा स्थानीय नेपाली भाषीहरूले भव्य स्वागत गरेका छन्।
प्राज्ञ मातृका पोखरेल, प्राज्ञ सभा सदस्य विवश पोखरेल, जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाई र फाउण्डेशनका सल्लाहकार एलबी क्षेत्री सम्मिलित नेपाली टोलीलाई मणिपुरको नेपाली संस्कृति सुरक्षा परिषदले शान्तिपुरमा स्वागर गरेको हो।
नेपाली नववर्ष २०७३ को अवसरमा आयोजित भव्य सांस्कृतिक एवं द्विदेशीय साहित्यक कार्यक्रमका लागि श्रष्टाहरू त्यहाँ पुगेका हुन्। स्थानीय विधायक श्री ख्वाइराक्पन देवेन्द्र सिंहको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमका अवसरमा वृहत् सिर्जना वाचन कार्यक्रम पनि सम्पन्न गरिएको छ। बैशाख २ गते सोही परिषदसँगको सहकार्यमा साहित्य गोष्ठी सम्पन्न हुने स्थानीय साहित्यकार देवीप्रसाद थापाले जानकारी दिएका छन्। गोष्ठीमा नेपाल–भारत साहित्यक आदानप्रदान तथा दुई देशका आख्यानका विविध पक्षको बोरेमा गोष्ठीपत्र वाचन र परिचर्चा हुने थापाले बताए। 
मणिपुर पुग्नु अघि श्रष्टाहरूले  चैत्र ३० गते असमको गुवाहाटीमा असमेली नेपाली साहित्यकारहरूका बीच गोष्ठी र रचना वाचनको कार्यक्रम सम्पन्न गरेका थिए। असमको देउराली सामाजिक साहित्यक सांस्कृति मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेलले दुई देशका नेपाली भाषी श्रष्टा नागरिकताले फरक भए पनि भाषा र संस्कृतिले एक भएकाले एकअर्काका सीमा र सामर्थ दुवैमा सँगै उभिनुपर्ने बताए। उनले नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि कटिबद्ध रहेको पनि बताए। 
बैशाख ३ गतेका दिन मणिपुरकै काङ्लातोङ्बीमा स्थानीय प्रकाशक संस्था गोर्खा ज्योति प्रकाशनसँग संयुक्त साहित्यक गोष्ठी गरेर नेपाली टोली नेपाल फर्कने प्रकाशनकी व्यवस्थापिका डा. गोमा अधिकारीले जानकारी दिइन्। 

प्रकाशित मिति: बिहीबार, बैशाख २, २०७३ १७:०६:१९



http://global.setopati.com बाट साभार 

No comments: