Saturday, February 22, 2020

‘रूपा : स्रष्टासँग गाउँछिन् र सिर्जनासँग नाच्छिन्’ : शारदाप्रसाद भट्टराई




संरक्षक
बालकृष्ण पोखरेल

प्रधान–सम्पादक
मातृका पोखरेल

कार्यकारी–सम्पादक
शारदाप्रसाद भट्टराई

सम्पादक–मण्डल
राममणि पोखरेल
मोहनबहादुर बुढाथोकी
बालकृष्ण काफ्ले
भोजकुमार ठकुरी
दीपकराज बुढाथोकी


प्रमुख सल्लाहकार
तोयाबहादुर बुढाथोकी


सल्लाहकार
चित्रबहादुर बुढाथोकी
फत्तबहादुर ठकुरी
अमृत साफी
लीलाकान्त झा
फुलराम यादव


व्यवस्थापक
रामदेव पण्डित
खिपमान विश्वकर्मा
हरिबहादुर थापा
रुक्मिणी राउत
दीपाकुमारी थापा


प्रकाशक :-
महेन्द्र–रत्न उच्च मा.वि.
रूपाटार–७, उदयपुर
रूपाटार स्मारिका २०६९
मूल्य :-१५०।– (व्यक्तिगत)
३००।– (संस्थागत)
प्रति :- १००१
प्रकाशन–मिति :- २०६९ वैशाख १
यस स्मारिकामा प्रकाशित रचनाहरू लेखकका निजी विचार हुन् । त्यसउपर सम्पादक÷प्रकाशकको कुनै जिम्मेवारी रहनेछैन ।
– सम्पादक/प्रकाशक

शब्दघर अपसेट प्रेस, बागबजार, काठमाडौँ, फोन नं. ०१–४२४४५९७ द्वारा मुद्रित


साउने पानी गैरीगाउँ रूपाटार
है मेरी मलमल जूनकीरी.... ।

गीतिविधाबाट प्रारम्भ हुन्छ रूपाटार र यस सेरोफेरालाई राष्ट्रिय रूपमा चिनाउने साङ्गीतिक इतिहास । यही सङ्गीत रेडियो नेपालबाट आजभन्दा करिब चार दशक अगाडि गुन्जियो र तत्कालीन समयमा मुलुकभर चर्चामा आयो । यो नै हाम्रो भेगको औपचारिक सङ्गीतको थालनी हो । रूपाटार, गैरीगाउँ र त्यसको बीचमा अवस्थित साउने पानीको कलकल आवाजले मूर्त रूप लियो, जब त्यसले राष्ट्रिय सङ्गीतकार वासुदेव मुनालद्वारा रचित उनकै स्वरमा बाहिर निस्कन पायो । हिमाल, पहाड र तराई एकै साथ सङ्गीतप्रेमीको ओठ–ओठमा सल्बलायो । यसरी गायनको माध्यमबाट सिर्जनाको जग बसाल्ने रेडियो नेपालका तत्कालीन कार्यक्रम सञ्चालक तथा लोकगायक सम्राट वासुदेव मुनाल (कोइराला) राष्ट्रिय महŒवका साथ रूपाटारलाई चिनाउने ऐतिहासिक स्रष्टा हुन् ।

वासुदेव मुनाल भन्छन्, ‘मेरो लामो पैदलयात्रामा अन्यत्र नफुरेको विचार त्यही पुगेपछि फु¥यो, लम्बे यात्रामा नजागेको भावना साउने पानी पिएपछि जाग्यो । सङ्गीतको रागले त्यहीको माटो टेकेपछि लय टिप्यो । आखिर ममा भएको प्रतिभा त्यहीँ नै किन आकर्षित भयो ? मलाई लाग्छ रूपा र त्यस सेरोफेरोको माटो साहित्यिक छ, हावा सङ्गीतमय छ र पानी सिर्जनशील छ ।’

स्रष्टाको यस भनाइमा सङ्गीतको माध्यमबाट उहाँको धूनमात्र पोखिएको छैन, बरु ती आवाजसँगसँगै यहाँको वातावरण अनुकूल छ– सङ्गीत भर्न, साहित्यिक सिर्जना गर्न र कलाकारको लागि कलासाधना गर्न ।
हुन पनि व्यक्तिभित्रको प्रतिभा सबै ठाउँमा एकै नास पोखिँदैन । ठाउँअनुसार वातावरण पनि मिल्नुपर्छ । बादलमा पानी भए पनि सबै ठाउँमा वर्षँदैन रसबिनाको फूलमा मौरी पनि बस्न रुचाउँदैन, न त बास्ना न भएको फूलमा भँमरा नै भुन्भुनाउँछ । सायद हाम्रा सङ्गीतकारको सङ्गीतको राग पोखिने उर्वरभूमि यही अनुकूल भएर हुनसक्छ, सर्जकका भावना पनि यसै ठाउँमा आएर पोखिएको ।

सङ्गीत स्वयम्मा छुट्टै साहित्यिक विधा हो । यसले मानिसको कठोर हृदय पगालिदिन्छ । हाँस्नेलाई रुवाउने र रुनेलाई हँसाउने सङ्गीतको विशेषता हो । यसले जातजाति, धर्म, लिङ्ग तथा वर्गको विभेद गर्दैन, अनि सहर र गाउँबीच भिन्नता पनि राख्तैन । गाउँलेको जनजीब्रोमा बसिदिन्छ, गरिबको झुपडीमा नाचिदिन्छ र नचाइदिन्छ । यतिमात्र होइन, किसानसँगसँगै असारे गीत गाइदिन्छ । रोदी घरमा सुसेलीदिन्छ अनि सहरका ठूलाठूला रेस्टुरेन्टलाई चम्काइदिन्छ । डोकादेखि ढोकासम्म सङ्गीतको ध्वनि एकनास घन्किन्छ । त्यसैले होला ऐतिहासिक सङ्गीत साउने पानीको पँधेरीदेखि सिंहदरबारको विशाल भवनभित्रसम्म गुञ्जिन पुगेको ।

साहित्य
सङ्गीतकार, साहित्यकार, कलाकार, वैज्ञानिक तथा दार्शनिकहरू संसारमा विरलै जन्मने गर्दछन् । उनीहरूको जन्म समयको माग र पात्रको उपस्थितिको सन्तुलनबाट हुने गर्दछ । केही धनाढ्यहरूले धनको खोलो बगाएर ठूलाठूला महल ठड्याउलान्, मिहिनेत गरे अब्बल दर्जाको प्रमाणपत्र हात पर्ला, परिस्थिति अनुकूल भए कुनै व्यक्ति घुम्ने कुर्सीमाथि विराजमान हुनसक्ला, तर पनि कलाकार, साहित्यकार, सङ्गीतकार वैज्ञानिक र दार्शनिक भने बजारमा किन्न पाइने वस्तु होइनन् । यसका लागि परिस्थितिले मागेअनुसार पात्र उपस्थिति हुन सक्नुपर्छ । त्यस्ता प्रतिभाशाली व्यक्तिहरू केवल आफूमात्र माथि उठ्दैनन्, बरु महान् कामबाट मातृभूमिलाई चिनाउँछन् । आफ्नो मुलुकलाई संसारसामु चम्काइदिन्छन् । यस्तै विशेषता बोकेका प्रतिभाशाली साहित्यिक व्यक्तित्व हुन्, ‘बालकृष्ण पोखरेल’ ।

पोखरेल मूर्धन्य साहित्यकार, सम्राट, खोजमूलक स्रष्टा र भविष्यका द्रष्टा, राष्ट्रिय साहित्यिक व्यक्तित्व दर्जनौँ पुस्तकका रचनाकार, नेपाली भाषाका भाषाशास्त्री, अनगिन्ती राष्ट्रिय पुरस्कारद्वारा सम्मानित, सिद्धहस्त कलमका पारखी साहित्यिक व्यक्ति हुन् । बालकृष्ण रूपावासी, बालकृष्ण पोखरेल किन रूपावासीमा रूपान्तरण हुन पुगे ? आफ्नो उपनाम रूपावासी नै किन जुराए ? यसको उत्तर भावनात्मक र अर्थपूर्ण छ । यसो गरेर उनले आफ्नो मूलघरको ऋणतिरे । केवल ऋणमात्र चुक्ता गरेनन्, बरु रूपाटारको सेरेफेरोलाई ऋण पनि लगाए । रूपावासी शब्द रूपाटारको निम्ति अमूल्य सम्पत्तिको रूपमा रहन पुग्यो । करोडौँ रुपैयाँसँग पनि यो शब्द किनबेच गर्न नसकिने भयो । रूपावासी शब्दले जतिजति चर्चा पाउँदै गयो, त्यतित्यति रूपाटारको उचाइ चुलिँदै गयो । रूपाटारको इज्जत र प्रष्तिष्ठा रूपावासीको कलमसँग जोडिन पुगेको छ ।

रूपाटार बालकृष्ण पोखरेलको मूल घर भएता पनि बाबु जागिरे हुनुको नाताले मकवानपुर जिल्लाको सदरमुकाम चिसापानी गढीमा बसेका बखत त्यही उनको जन्म भएको हो । बाल्यकाल यही बिते तापनि किशोरावस्थाको केही समय रूपाटारकै माटोमा रमाएका हुन् । पढाइको सन्दर्भमा कलकत्ता विश्वविद्यालयसम्म पुगी नेपाली विषयमा त्यहीँबाट स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । आफ्नो बजारेको घर विराटनगरमा बसेर महेन्द्र मोरङ क्याम्पसमा लामो समयसम्म प्राध्यापक भई विराटनगरलाई नै कर्मथलो बनाए । अध्यापन पेसामा आबद्ध भए पनि साहित्यलाई आफ्नो अङ्गको रूपमा ग्रहण गरी बृहत् नेपाली शब्दकोष, खस जातिको इतिहास, पाँच सयवर्ष अघि.... जस्ता महŒवपूर्ण पुस्तकका माझमा रही नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य पनि हुन् । उनले रूपाटारको निम्ति शाब्दिक भावनामात्र पोखेनन्, समयसमयमा भौतिक शरीरलाई मधेस–पहाड गराइरहे । वि.सं. १९९० सालमा जन्मिएका पोखरेल करिब ८० वर्षे वृद्ध अवस्थामा पनि लौरौको सहाराले रूपाटारलाई कुल्चिन र म्वाई खान पुग्दै छन् । आफू भौतिक रूपमा हाजिर हुन नसकेको ठाउँमा किम्बदन्तीकै भ¥याङ चढेर भए पनि रूपाटारको आसपासलाई त्यत्तिकै मुसारेका छन् । कहिले बूढापाकालाई तमाखु भर्न तमाखर्क पुग्छन् त कहिले कमिले डाँडाका दर्शकलाई स्वागत गर्छन् । फेरि मादले गएर सोह्र वर्षे युवासँग मादलको ताल ठोक्छन् ।

त्यस्तै दियाथुम्काको दियोमा वर्तन थप्न पनि पछि पर्दैनन् । यसरी जागिरे परिवारमा जन्मिएका पोखरेलले शहरको सेरोफेरोदेखि आफ्नो मूलघरको हेरोफेरो फन्को मारेका छन् । अब उनी डिठ्ठा यज्ञप्रसादको नाति र सुब्बा शारदाप्रसादको छोरामात्र रहेनन्, राष्ट्रकै निम्ति गौरव र रूपावासीहरूको निम्ति अमूल्य निधि बन्न पुगे ।

खानलाई बाँच्नु र बाँच्नलाई खानुमा आकास–धर्तीको फरक छ । पशुपक्षीहरू प्रायः बाँच्नलाई खान्छन् । तर, केही मानिस खानलाई पनि बाँच्ने गर्छन् । त्यसको तात्पर्य खानु र बाँच्नुसँग मात्र सीमित छैन । मानिस केही गर्नको निम्ति बाँच्छ र बाँच्नु पनि पर्छ । त्यसैमा नै मानवमात्रको अस्तित्व पनि छ । त्यसैले खानलाई मात्र बाँच्नुभन्दा बाँचेर जन्मभूमि, कर्मभूमि अझ भनौँ थोरै भए पनि राष्ट्रको निम्ति केही योगदान गर्नुपर्ने हुन्छ । यस्तैयस्तै अभिलाषाका साथ उपस्थित भएका छन्, तलका स्रष्टा हरू ।

रूपाटारसँग सम्बन्धित अग्रज स्रष्टाहरू१. जन्ममूभि तथा कर्मभूमि पनि रूपाटारलाई नै बनाएका सर्जकहरू
२. रूपाटार विद्यालयका पूर्वविद्यार्थी पुस्तककारहरू
३. अन्यत्रै बसेर भए पनि रूपाटारलाई सान्दर्भिक विषय समावेश गरिदिने साहित्यकारहरू
४. हास्य व्यङ्ग्यकारहरू
रूपाटारसँग सम्बन्धित अग्रज स्रष्टा

ललितबहादुर खड्का

हामीलाई पत्तै थिएन, हाम्रा स्थानीय अग्रज स्रष्टा ललितबहादुर खड्काले वि.सं. १९६२ साल रूपाटार–९ आदमारामा जन्मिएर साहित्यिक क्षेत्रमा ऐतिहासिक जग बसालिसकेका छन् भन्ने कुरा । सायद कतिपय सर्जकहरू यसरी नै ओझेलमा पर्ने र कालान्तरमा अस्तित्व नै समाप्त भएर जाने पनि हुनसक्छ क्यारý यदि पछिका पुस्ताले ख्याल नगर्ने हो भने ।

तत्कालीन समयका जानकारअनुसार स्रष्टा ललितबहादुर खड्का खासगरी सवाई श्लोक तथा भजन रचना गर्दथे । तिनै फुटकर रचनाको सँगालोलाई वि.सं. २०१५ सालमा ‘अमरगुँद’ नामक पुस्तक प्रकाशन गरे । उक्त पुस्तक हाल हाम्रो हातमा छैन, तापनि यसको खोजीनीति भने भइरहेको छ । तल उल्लेख गरिएका केही हरफहरू उनका छरछिमेक र आफन्तले भनेअनुसार उक्त पुस्तककै अंश हुन् ।

सुन सुन भक्तजन मनमा गुन्छु
निरन्जन निराकारको प्रकाश कहन्छु ।।
घटदेखि उदय प्रकाश भएको
सोही रूप संसारमा साकार रहेको
निराकार साकारले सृष्टि भयो यहाँ
भक्तजनले विचार गर्नु आफ्नै घरमहाँ
सत्य भन्नु अविनासी विषय हो यही
आखिरमा काम दिने अरू छैन कोही
यस्तो कच्चा शरीर छ आज हो कि भोलि
मरे पछि दुई दिनमा गइजान्छ गली
लुकाएर राखेमा मट्टीले खान्छ
बाहिर लडाइदिए कीरा परी जान्छ ।
भँमराले रस पिई चौधै भुवन फि¥यो
घर जाने थाहा नपाई पृथ्वीमा गि¥यो
घर जाने बाटो पनि ज्ञानी जनले देखे
अज्ञानी जनलाई पृथ्वीमा लेखे ।

माथि उल्लिखित हरफहरूको मात्रै अध्ययन गर्दा पनि उनमा रचनामा ज्ञानयोग, भक्तिरस र आध्यात्मवादी दर्शनको भरपूर आभास पाइन्छ । पुस्तकको नाम ‘अमरगुँद’ आफैँमा प्रतीकात्मक हुनुले उनमा साहित्यिक विशिष्टताको पुष्टि हुन्छ ।
(स्रोत - भीमध्वज कार्की, तामिल्छा–२, शेरबहादुर खड्का, रूपाटार–९)

लोकनाथ पोखरेल
उदयपुर जिल्ला ओख्लेको फलाँटे गाउँमा वि.सं. १९३२ सालमा जन्मिएका पोखरेलको लोकमञ्जरी पुस्तक वि.सं. २०२० सालतिर प्रकाशन भएको हो । पाण्डुलिपि धेरै वर्षअघिदेखि गर्भमा नै रहेता पनि पछि आएर पछिका पुस्ताले पुस्तक प्रकाशन गरिदिएका हुन् । आजसम्म त्यो भन्दा अगाडिका अन्य पुस्तक फेला नपरेकोले उदयपुर जिल्लाको पहिलो प्रकाशन मानिन्छ । त्यसको आधारमा उदयपुर जिल्लाको पहिला आदिकवि भनिन्छ । पोखरेलका लोकमञ्जरी पुस्तकका केही अंश यस प्रकार छन्-

गाग्राले दुःख दिन्छ धेर छचलकी आधा भएदेखि झन्
कि गाग्रो भरिनै भए हुँदी असल रित्तै भए झन् असल
००
जुन देशमा कहिल्यै महापुरुषको गरिन्न कदर अनि
त्यस देशमा कहिल्यै महापुरुषको हुँदैन जन्मै पनि
००
मान्य मानिसलाई मान गरनु ढोग गर्नुभेटघाट हुँदा
आदर सत्कार गर्नुपर्छ उनको आफ्नो घरै आउँदा
००
के काम भयो थाम र भेट झ्यालको
देख्यौ गति सब यही नब्बे सालको
००
भुल्नेछन् खुकुरी ती कामीहरूका शान लाउन जान्दैन कि
किसानका घरमा म देख्तिनँ अनाज त्यो काम गर्दैन कि ?
००
प्यारी सुन्दरी नेल दुई पयरकी गलबन्दी छोरा जति
नाति हत्कडी हुन् पनाति ठिँगुरा झ्यालखान हो सम्पत्ति
००
उदयपुरको मुसा राजदहको खर
कुल्लीब गिरीको सम्पत्ति दलबहादुरको डर

पोखरेलका रचनाहरू मौलिक प्रतिभाले ओतप्रोत छन् । उनका सिर्जनामा स्तुतिपरक चिन्तन प्रतिशोधात्मक प्रवृत्ति, आख्यानात्मक घटना र मानवीय भावको झल्को पाइन्छ । आदर्शवादी सोच भएर पनि कलात्मक शैली तथा छन्दोबद्ध लय उनको कृतिको मूल विशेषता हो । विवाहबटुलमा भनिने श्लोक होस् वा वनपाखामा पोखिने दुःखेसो, रामायण, महाभारत र कृष्णचरित्रजस्ता महाकाव्यसँग उनी कुम जोडेर उभिएका छन् । यसरी सबैको जनजिब्रोमा मुखरित हुनु लोकमञ्जरीको संस्थागत पहिचान पनि हो ।

गम्भीरबहादुर थापा
कथ्यकवि गम्भीरबहादुर थापा वि.सं. १९८१ सालमा उदयपुरको डुम्रे गाउँमा जन्मेका हुन् । उनले आफ्नो रचनालाई लेख्य रूपमा उतारेनन् । कथ्यरचनाका धनी थापाका सिर्जनाहरूलाई मर्न नदिन गम्भीर साहित्य प्रतिष्ठानले गम्भीरबहादुर थापा स्मरण विशेषाङ्क, निकालेर कथ्य रचनाहरूको जगेर्ना गरेको छ ।
थापा स्वयम्मा आशुकवि थिए । समाजमा जे देख्थे, त्यही बोल्थे, जे बुझ्थे, त्यही ओकल्थे । जहाँ टेक्न पुग्थे, त्यहीँ फलाक्थे । गद्यात्मक शैलीमा प्रस्तुत हुने उनका कवितामा शैली र कलाभन्दा भाव र विचारको प्रधानता पाइन्छ । ‘रोटी चिल्ला मीठा कुरा खस्रा मीठा’ उनका रचनामा मुखरित भएको पाइन्छ । थापा सङ्घर्षशील तथा यथार्थवादी कवि पनि हुन् । थापाले महलमा बसेर काल्पनिक कविता रचेनन्, खाली खुट्टा झुप्रा–झुप्रामा पुगेर वास्तविक तस्बिर उतारे । थापाले कुनै संस्थासँग पुरस्कार र पदकको आशा राखेनन्, बरु बेलाबेलामा जमिनदारको तिरस्कार सहे । काजु, किसमिस अनि चौरासी व्यञ्जनका लागि ¥याल काढेनन्, बरु रचनेको आलु कोपरीरहे । विदेशी रेशमी लुगा लगाउन त के, हेर्न पनि चाहेनन्, बरु जुटको बोरा ओढेरै जीवन बिताए । थापाका कथन–सिर्जनाका केही अंश यस प्रकार छन्-

ठाडो खोला रचने
वर्षामा जुका मच्चने
जसको मुलुकमा सीयो छैन
उसकै दामी फेसन
जाँगरिलो नेपालीले सुखैगरी खाला
जालीफाटाहा बाह्रमासे हराएर जाला
मुर्खको सल्ला
खरानीको डल्ला
जतिजति उच्चा
उतिउति लुच्चा
जतिजति होच्चा
त्यतित्यति सच्चा
उद्योगबिना जो धनी भो
त्यस्तो व्यक्ति बैमानी हो
टाट्ने–चित्रे शेर्पा दाइ
त्रियुगाको थारू भाइ

माथि उल्लिखित अग्रज साहित्यिक स्रष्टाहरूले आ–आफ्नै दर्शन, सिद्धान्त र शैलीमा कलम चलाए । त्यसबारे समालोचकले समीक्षा गर्ने नै छन् । जे, जहाँ र जस्तो भए पनि यी ऐतिहासिक साहित्यिक सर्जकहरू हाम्रा निमित्त पथप्रदर्शक, प्रेरणाको स्रोत तथा सम्मानित पुर्खा भने अवश्य हुन् ।
जन्मभूमि र कर्मभूमि रूपाटार नै भएका सर्जकहरू-

शारदाप्रसाद भट्टराई
जम्काभेट कथासङ्ग्रहबाट २०५३ सालमा उपस्थित कथाकार फुट्कर रचनाहरू कविता, नाटक र समालोचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएता पनि प्रकाशित पुस्तकको रूपमा जम्काभेट कथासङ्ग्रह नै हो । कथा विधाको हिसाबले यो प्रकाशित पुस्तक उदयपुर जिल्लाको पहिलो हो । शोधकर्ताहरूले यस सङ्ग्रहलाई विषय बनाएर व्याख्या र विश्लेषण गर्दै आएका छन् ।

सामाजिक यथार्थमा आधारित उक्त कथासङ्ग्रह यथार्थपरक मानिन्छ । कथामा सामाजिक यथार्थता, वर्गीय चित्रण र मनोवैज्ञानिक द्वन्द्वलाई उजागर गर्न खोजिएको छ । कथाभित्र रूपाटार सेरोफेरोको स्थान, घटना र पात्रहरू समेटिएका छन् । मार्सेली बूढा, जल्किनी पाखो, छतिउने बेसी, कर्मीठूलेजस्ता पात्र र स्थानहरूको उल्लेख गरी रूपाटारको परिवेशलाई कथामा समेट्नुले जन्मभूमिप्रतिको कथाकारको आत्मीयता चरितार्थ हुन्छ ।

रूपाटार–४ गैरीगाउँमा जन्मिएका भट्टराईको कर्मथलो पनि हालसम्म श्री म.र. उ.मा.वि. रूपाटार नै हो । यसरी जन्मभूमि र कर्मभूमिसमेत रहेको ठाउँलाई उनले विचार र वस्तुको समायोजनद्वारा अविच्छिन्न सेवा पु¥याउँदै आएको स्पष्ट छ ।

राममणि पोखरेल
‘सम्झनाको पोखरीमा छचल्किएका छालहरू’ निबन्धसङ्ग्रहबाट उदाएका राममणि पोखरेलका फुटकर लेखरचनाबाहेक आजसम्म झन्डै पौने दर्जन जति पुस्तकहरू प्रकाशित भैसकेका छन् । लामो समयसम्म राजनीतिमा सक्रिय भूमिका निभाउँदै आएका उनी हाल राजनीतिलाई भन्दा साहित्यलार्ई प्राथमिकता दिन्छन् । झन्डै वर्षको एउटा पुस्तक प्रकाशन गर्ने पोखरेलका पुस्तकहरू यस प्रकार छन्-

सम्झनाको पोखरीमा छचल्किएका छालहरू
जेल संस्मरण भाग –१
साहिँली मैयाँ र रसुवाघाट (उपन्यास)
हरिमानको आत्महत्या (कथासङ्ग्रह)
सोममाया र शान्ति अभियान (कथासङ्ग्रह)
दण्डहीनता (कथासङ्ग्रह)
सूचना टाँस (कथासङ्ग्रह)
समयका पाइला (कथासङ्ग्रह)

समग्रमा भन्नुपर्दा पोखरेलका रचनामा सामाजिक यथार्थता, वर्गीय स्वरूपको निख्खर चित्रण, ग्रामीण परिवेशका स्थानीय पात्रहरू समेटिएका छन् भने सीमान्तीकृत वर्गको प्रतिनिधित्व उनका रचनाले गरेका छन् । राजा–महाराजा, ठूलाबडा, हुनेखानेको मात्र इतिहास लेखिने पुरानो परम्परालाई तोड्दै तल्ला जाति र वर्ग पनि इतिहासका पात्र हुन सक्छन् भन्ने नवीन थालनी पनि उनका कृतिहरूमा पाइन्छ । जन्मस्थान रूपाटारको सरोफेरोभित्र रहेर पात्र, घटना र स्थानहरू उल्लेख गरी चौतारे, तिम्सिना साहिँला, गोरी दिदी, शारदाको कोठा, आकाशे दमाईजस्ता पात्रहरूका साथ जन्मभूमि तथा कार्मभूमिको चर्चा गरेका छन् ।

आफ्नो जन्मभूमि रूपाटारमा भई जीवनको यौवन अवस्थासम्म रूपाटारलाई नै कर्मस्थल बनाई शिक्षा र सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथ्यहरूमध्ये १९७२ सालमा निर्मित भई जीर्ण भइसकेको श्यामपाटीलाई उनकै पहलमा विद्यालयमा सदुपयोग गरिनु एउटा सार्थक उदाहरण हो । पोखरेल हाल उदयपुरको सदरमुकाम गाईघाटअन्तर्गत त्रि.न.पा. वडा नं. ७ मोतीगडामा बसोबास गर्छन् । आफ्नो भौतिक शरीर मोतीगडामा भए पनि उनका भावना, विचार तथा लेखरचनाबाट उनी रूपाटारमै उपस्थित भैरहेको अनुभूति हुन्छ ।

मातृका पोखरेल
‘सेतो दरबारको छेउबाट’ (कवितासङ्ग्रह) मार्फत पुस्तककार सर्जकका रूपमा देखापरेका मातृका पोखरेलले फुटकर रचनाबाहेक हालसम्म आधा दर्जन जति पुस्तक प्रकाशन गरिसकेका छन् । हाल उनी पेसाले विद्युत् प्राधिकरणको जागिरे भए पनि उनले साहित्यलाई मित्र बनाइआएका छन् । हालसम्मका उनका कृतिहरू निम्न छन्-

सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह)
यात्राको एउटा दृश्य (कवितासङ्ग्रह)
संत्रस्त आँखाहरू (कथासङ्ग्रह)
अनुहारहरू (कवितासङ्ग्रह)
घाम झुल्किनुअघि (कथासङ्ग्रह)

रचनाधर्मिताको हिसाबले पोखरेल प्रगतिवादी लेखक मानिन्छन् । उनका रचनाहरूमा सामाजिक यथार्थताभित्र व्यङ्ग्यको आभास पाइन्छ । ‘सेतो दरबारको छेउबाट’ कवितासङ्ग्रहको निष्कर्षले गरिबभित्रको हरिपको पसिनाले निर्माण भएको सिंहदरबारको सेतो घरको छेउबाट नियाल्ने व्यङ्ग्यात्मक कारुणिक पात्र यसको उदाहरण हो । त्यसै गरी उनका अन्य रचनाहरूमा पनि अग्रगति र प्रगतिशील भाव पोखिएको पाइन्छ ।

रूपाटारको सेरोफेरोलाई उभ्याएर पात्र र घटना समावेश गरेको र रूपाटार विद्यालयमा अध्यापन गरेका पूर्वविद्यार्थीलगायत हाल पनि रूपाटार–९ कबासेभै स्थायी बसोबास भइरहेको हुँदा उनी रूपाटारवासी नै हुन् । यसरी विचार, भावना तथा वस्तुसमेतको उपस्थितिलाई अध्ययन गर्दा उनी राष्ट्रिय स्तरमा स्थापित रूपाटारभित्रकै साहित्यिक प्रतिनिधि पात्र हुन् ।

कपिल ठकुरी
‘काउसोको माला’ उपन्यासबाट प्रारम्भ गरेका ठकुरी पनि फुटकर रचनाबाहेक झन्डै आधा दर्जन रचनाका धनी हुन् । उनका कृतिहरूमा समाज काउसोजस्तै चिलाउँछ– सक्सकाउँछ अनि निकास खोज्छ । उनका कृतिहरू निम्नानुसार छन्-

काउसोको माला (उपन्यास)
अङ्ग्रेजी माने स्वास्नीमान्छे (निबन्धसङ्ग्रह)
कपिलको कल्पना (कवितासङ्ग्रह)
एउटा वेश्या र म (कथासङ्ग्रह)

साहित्यका विभिन्न विधामा रचना गर्न सक्नु ठकुरीको विशेषता हो । कपिलका रचनाहरूले पनि सामाजिक यथार्थको चित्रण गर्दछ । उनी कहीँकहीँ म पात्रद्वारा निराश देखिन्छन्, कहीँ समस्या देखाउँछन् त कहीँ उपाय पनि खोज्दछन् । यसरी निराश, आश र तीतो कटुताआदिको समग्रता नै उनको रचनाको विशेषता हो । रूपाटार–६ कटहरेमा जन्मिएका कपिलले आजसम्मको कार्मथलो कटहरेलाई नै बनाएका छन् । उनको साहित्यिक उपस्थितिलाई ऐतिहासिक पाटोबाट हेर्दा वरिष्ठ समालोचक डा. ईश्वर बरालको पुख्र्यौली थलो कटहरेको साहित्यिक थालनीको निरन्तरता पनि हो ।

यिनले पनि पात्र, घटना र परिवेश प्रायः कटहरेकै सेरोफेरोलाई रोजेका छन् । यसले गर्दा यी पनि रूपाटार क्षेत्रभित्रका आशलाग्दा साहित्यकर्मी हुन् ।

अन्यत्रै बसेर रूपाटारका सान्दर्भिक विषयलाई समावेश गरिदिने साहित्यकारहरू -

पुन्य कार्की
एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका पुन्य कार्कीलाई साहित्यिक मैदानबाट हेर्दा सङ्ख्यात्मक तथा गुणात्मक हिसाबले उदयपुर जिल्लाकै विशिष्ट स्रष्टामध्येका एक मानिन्छन् । उनका कृतिहरूले राष्ट्रिय रूपमै स्थान पाउन थालेका वास्तविकता विभिन्न व्यक्तिबाट भएका समालोचना र शोधपत्रहरूले बकिसकेका छन् । कार्कीले बालकृष्ण रूपावासीसँग सन्ध्या पत्रिकामार्फत लिएको अन्तरवार्ता र वि.सं. २०६४ सालमा प्रकाशित बलिदानका गाथा पुस्तकद्वारा रूपाटार–२ खानीडाँडा का ‘प्रचार’ भनिने अर्जुन श्रेष्ठको बलिदानबारे उल्लेख गरेका छन् । यसै प्रसड्डहरूले पनि रूपाटारभित्रका घटना र पात्रसँग कार्की सन्निकट छन् भन्ने पुष्टि हुन्छ । ताम्लिछा–२ मा जन्मिएका पुन्य कार्की हालको स्थायी बसोबास गाईघाट मोतीगडा हो र उनी अध्यापन पेसामा संलग्न छन् ।

शिवहरि राई
राईले ‘रोपाछा कोयीहरूको नालीबेली’ पुस्तकमार्फत रूपाटारको विश्लेषणात्मक तथा अनुसन्धानात्मक खोज गरेका छन् । यसरी कुनै पनि ठाउँविशेषको चासो दिई परिचय गराइदिनु स्वयम्मा स्वागतयोग्य कुरा हो । हाल गाईघाट मोतीगडामा स्थायी बसोबास गर्दै आएका राई सरोकारवाला खोजमूलक सर्जक हुन् ।
डा. कविताराम श्रेष्ठ
ओखलढुङ्गामा जन्मिएका भए पनि डा. कवितारामले आफ्ना पुस्तकमार्फत रूपाटारको भरपूर चर्चा गरेका छन् । यस अर्थमा उनी रूपाटारसँग जोडिएका छन् ।

पूर्वविद्यार्थीका प्रकाशित पुस्तकहरू-

उदयपुर इनामे–५ मा जन्मिएका शङ्करप्रसाद ढुङ्गाना रूपाटार विद्यालयका पूर्वविद्यार्थी हुन् । सरकारी सेवामा माथिल्लो दर्जासम्म पुगी हाल विश्राम लिइरहेका ढुङ्गानाले ‘राधालीलामृत’ नामक धार्मिक पुस्तक प्रकाशन गरेका छन् ।

श्रद्धाञ्जली’ कवितासङ्ग्रह २०४८ मा मणिकुमार पोखरेलद्वारा प्रकाशित भएको थियो । हालै उनको ‘गोमा–रत्न’ खण्डकाव्य प्रकाशित भएको छ ।
यसैगरी मादलेका स्थायी वासिन्दा पूर्वविद्यार्थी चूडामणि राईले ‘इज्जत’ कथासङ्ग्रह तथा बाच्छाङनिवासी वीरेन्द्र राईले ‘भाग्यले जुरायो’ उपन्यास पुस्तकको रूपमा प्रकाशित गरिसकेका छन् । अन्य पूर्वविद्यार्थीहरूले कहीँकतै पुस्तक प्रकाशन गरेको जानकारी लेखकले नपाएको र फुटकर रचना प्रकाशन गर्नेहरूको स्थानअभावले उल्लेख गर्न नसकिएकोले उत्कृष्ट रचना प्रकाशन गर्ने स्रष्टाहरू प्रशस्त हुँदाहुँदै पनि यसमा समावेश गर्न सकिएन ।

विद्वान, लेखक, वैज्ञानिक तथा दार्शनिकको लागि कुनै टाढा र नजिक हुँदैन । अनि हिजो आज भोलि पनि हुँदैन । अँध्यारो कोठामा बसेर धुलौटो कोर्ने ज्योतिषीको गणनाले एक मिनेट फरक पर्दैन । जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि भनेझैँ विज्ञानका द्रष्टा र साहित्यका स्रष्टा प्रकृतिका सबै खेल राम्रोसँग पहिल्याउँछन् र क्षितिजभन्दा पर समुद्रभन्दा तलका कुरा बाहिर ल्याइदिन्छन् । जस्तै जीनज्याक्स रुसो, दाँते, थोमस एल्वा एडिसनले संसार चिनाइदिए । राइट ब्रदरले आफू घर बसीबसी हामीलाई आकाशमा उडाइदिए । बुद्ध आफूले आँखा बन्द गरेर मानवमात्रको आँखा खोले । दिव्य चक्षु हुनेका लागि कुनै टाढा हुँदैन । त्यसैले यी सर्जकहरूले रूपाटारलाई टाढै बसेर देखे अनि हामीसँग नाता गाँसे । यस्ता हाम्रा आदरणीय व्यक्तित्वहरूलाई हामीले सम्मान गर्नुपर्छ । किनकि यी स्रष्टा हाम्रा क्षेत्रका पाहुना हुन् भने सिर्जना हाम्रा सम्पत्ति हुन् ।

हास्यव्यङ्ग्यकारहरू
‘आज मुख च्यातिउन्जेल हाँसियो । भुँडी बाउँडिएर खपिसक्नुभएको छैन । हाँस्दाहाँस्दा आँसु पनि आयो । भोको पेटमा धेरै हाँसिएछ, झन्डै मरेको ............... ।’ यस्तैयस्तै सुनिन्छ हाँस्नेको मुखबाट । हाँस्ने र हँसाउने विषय विविध हुन सक्छन् । तर पनि हँसाउने र व्यङ्ग्य गर्ने क्षमता सबैमा उत्तिकै हुन्छ भन्न सकिँदैन । हास्य र व्यङ्ग्य विधा पृथक्पृथक् भए पनि एकअर्काबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । एउटाको उपस्थितिबिना अर्काले पूर्णता पाउँदैन । हास्यव्यङ्ग्य स्वयम्मा अद्भूत विषय पनि हो । ‘खोलो बाड्डो हुन्छ, पानी बाड्डो हुँदैन’ भनेझैँ व्यङ्ग्यमा शैली लाक्षणिक र भाव यथार्थ हुन्छ । व्यङ्ग्यकर्तासँग तार्किक क्षमता वाकपटुता, घटनाको सही पहिचान, परिस्थितिको उचित मूल्याङ्कन, मनोविश्लेषणात्मक चिन्तन, समयानुकूल प्रयोग तथा आकर्षक प्रस्तुति जस्ता विविध पक्षमा ज्ञान हुन जरुरी छ । यी विशेषताहरूलाई जसले ठीक ढङ्गले प्रस्तुत गर्न सक्छ, त्यो नै सफल हास्यव्यङ्ग्यकार हो । यस्तैयस्तै विशेषताले ओतप्रोत रूपाटारका पात्रहरूको झलक यस प्रकार छ-

जहाँ बोके दाह्री  त्यहाँ हाँस्य फूलबारी
दाह्री देख्नुहुन्छ, मुसुक्क मुस्कुराउनुहुन्छ । सरोकारवाला दाह्री छाम्छ, तपाईंको मुस्कान हाँसोमा रूपान्तरित हुन्छ । दाह्री छेउ लाग्छ हाँसोको फोहोरा छुट्न थाल्छ । जब दाह्रीलाई छिचोलेर हाँसोको पोको खुल्छ, तपाईं भुँडी मिचीमिची हाँस्न थाल्नुहुन्छ । दाह्री हाँस्ने र हँसाउनेबीचको सहजकर्ता हो । दाह्री हाँस्दैनः तपार्इं हाँस्नुहुन्छ ।

जब अनेकन् कथा, कहानी, चुट्किला, तुक्का, लोकोक्ति, घटना परिघटना तथा किम्बदन्ती कलात्मक शैलीमा छचल्किन थाल्छन्, अनि कस्को के लाग्छ , तपाईंलाई नहाँसी सुखै छैन । मरिमरी हाँस्न थाल्नुहुन्छ । आत्महत्या गर्न डोरी लिएर पासो लाग्न हिँडेको मान्छे डोरी चुँडालेर हाँस्न थाल्छ । घरको दुःखले भारी बोक्न हिँडेको भरिया डोको अड्याएर हाँस्न थाल्छ । बन्दुक बोकेर सङ्घर्षको मैदानमा लड्न हिँडेको योद्धा बन्दुक छेउमा राखेर खित्का छाडीछाडी हाँस्छ । इन्द्रीय विजेता भनिने सन्तहरू कमन्डलु थन्क्याएर डल्लो परीपरी हाँस्छन् । हँसाउने सीप र कला भएकाले हँसाइदिएपछि मन थाम्न कसले सक्ने ? यस्तैयस्तै विशषेताले भरपूर व्यङ्ग्यकर्मी रूपाटारका प्रतिनिधि पात्र हुन् – वेदप्रसाद पोखरेल ।

रूपाटार ७ मा जन्मिएका वेदप्रसाद पोखरेल हाल त्रि.न.पा. गाईघाटमा स्थायी बसोबास गर्छन् । राजनीतिलाई पेसाको रूपमा अँगालेका पोखरेल हाल पनि गाउँटोलदेखि उपल्लो तहसम्म हँसाइरहकै छन् ।

भरत पोखरेल र अकलेको आची
मानिसलाई लाग्छ यहाँ जादुगरले डम्मरु बजाएर जादु देखाइरहेको छ । कतिलाई लाग्छ, सायद नाटक मञ्चन भइरहेको छ, यहाँ । अनि कसैकसैलाई भान हुन्छ, यहाँ गीत र नृत्यको रौनक छ क्यार  यस्तैयस्तै कुनै कारण झ्याम्मिएका होलान्, मान्छेहरू । तर धेरै मानिसको अन्दाजले फेल खान्छ । त्यहाँ न जादु छ, न नृत्य । न त भोजभतेर नै । त्यहाँ त छन् नाकेस्वरमा ताल ठोकीठोकी गफिरहेका, भरत पोखरेल । जहाँ पोखरेलको बसाइ हुन्छ त्यहाँ मानिसको कुँडुलो लाग्छ । मलाम जाँदा होस् वा जन्ती । खसी काटेको ठाउँमा होस् वा चिया पसलमा । जहाँजहाँ उनको गफ, त्यहाँत्यहाँ मान्छेको भीड ‘जहाँ श्रीमतीको माइती, त्यही मेरो ससुराली भने’ झैँ जहाँ हाँसो त्यही भरत पोखरेल ।

श्यालटारे मामाको केही लागेनछ । मलाई बोलाए । ‘भानिज मेरो केही लागेन, हैरान भएँ ।’ मलाई पनि खेतमा पानी पटाएर स्कुल जान हतार । के भएछ त भनी कुलामा निस्किएको त मामा असिनपसिन हुँदै गल लगाइरहेका । म पनि पानी थुनिएकोले आजित थिएँ । पल्टाउन त के पत्ता ¤ मामा–भानिज भएर छेउसम्म लगायौँ । पानी गयो, खुसी भयौँ । के रहेछ त भनी हेर्दा पो थाहा भयो, कुनै भीमकाय मानिसको आची । कोट्याएर यसो नाकमा लागेको त ह्वास्सै  खपिसक्नुभएन । मामा–भानिज दुवै मुखामुख ग¥यौँ । मामा पानी मिलाउन खेततिर लागे, म स्कुलतिर । खोजीनीति गर्दै जाँदा पो पत्ता लाग्यो – अकलेको आची ।
यो त पोखरेलको व्यङ्ग्यको एक टुक्रामात्र हो । यस्ता चुट्किलाहरू पोखरेलसँग कति छन् कति । हास्यव्यङ्ग्यका पर्यायवाची नै हुन् भरत पोखरेल । रूपाटार ७ रूपाटारमा जन्मिएर लामो समयसम्म हालको उच्च मावि रूपाटारमा नै अध्यापन गरी हालसालै त्रि.मा.वि. कटारीबाट विश्राम लिन पुगेका उनी अहिले रिस्कु गाविसमा बसोबास गरी के गाउँ, के सहर सबैतिर हँसाइरहेका छन् ।

भगत पौडेल
भगत पौडेलले कुमालेको सुरुङकाण्डदेखि .... ले छुन पाको जस्ता बाल्यकालका हास्यसामग्री हामीलाई नासोको रूपमा सुम्पेर हाल झापा हल्दीबारीमा बसेर सुदूरपूर्वलाई हँसाइरहेका छन् ।

तोयाबहादुर बुढाथोकी
नर्सिड्ड घले र बुधुनाको भिडन्त, जुँगे जुवाडेको जखमी र महिलालाई पाकान्छाको चुनौतीजस्ता चुट्किला र तुक्का अनिगिन्ती छन् उनीसँग । यस कलालाई निरन्तरता दिँदै लगेमा तोयाबहादुर खाइलाग्दा व्यङ्ग्यकार मानिनेछन् ।

मोहनबहादुर बुढाथोकी
बाजे रणबहादुरको स्वभाव र ठट्यौलीपन अझ परिस्कृत भएर आएको छ, उनमा । चुट्किला तर्क, किम्बदन्तीका पारखी मोहनबहादुर बुढाथोकीको व्यङ्ग्य फाँट भविष्यका लागि समेत उर्वर छ । हास्य विधाका आशालाग्दा पात्र हुन् उनी ।
‘सम्धिनीको ढोग र अमरेको स्वास्नी’ उनले व्यङ्ग्यकोषबाट झिकेका डोली पैसासरह मात्र हो ।

ईश्वर हमाल
रूपाटारका पूर्वविद्यार्थी ईश्वर हमाल हाल सदरमुकाम गाईघाटमा लेखापढी पेसामा संलग्न छन् । उनी पनि वाकपटुता र हास्य फाँटका आँखालाग्दा व्यक्ति हुन् । ज्योतिषि नन्दलालको गणना, गजबहादुरको कुराउनी र ईश्वर हमालको जिब्रो उनको व्यङ्ग्य विद्याको एउटा केस्रा हो ।

स्व. साहिँला पौडेल (राजदह)
ऐतिहासिक व्यङ्ग्यकार साहिँला पौडेल धेरै अगाडि बितिसके तर पनि उनका उक्तिहरू हालसम्म पनि जीवन्त छन् ।
बाँदरको गलामा बोसोको माला,
भतिजाको बिहेको निम्तो
ज्वाइँ पाहुना, .......... ।

भक्तबहादुर ठकुरी (रूपाटार) तथा तुलाराम मगर पनि तत्कालीन समयका खाइलाग्दा व्यङ्ग्यकार हुन् । तुलराम मगरको ससुरा–बुहारीको सवाल–जवाफ र भक्तबहादुर ठकुरीको पाहुना र मुस्ली चर्चित छन् ।

हाम्रा माथि उल्लिखित व्यङ्ग्यकारहरू एक से एक होनाहार छन् । छुट्टाछुट्टै सङ्कलन गर्ने हो भने प्रत्येक हास्यव्यङ्ग्यको एकएक वटा पुस्तक तयार हुन्छ ।

कला
कुनै पनि स्थानको उचाइ मापन त्यस ठाउँको सङ्गीत, कला, साहित्य, संस्कृति र सभ्यताजस्ता तराजुद्वारा गरिन्छ । जुन ठाउँमा सङ्गीतको धुन पोखिन्छ, कला बोल्छ, साहित्य सग्बगाउँछ । त्यो ठाउँ माथि उठेको मान्नुपर्छ । गगनचुम्बी घर, फराकिला सडक, चिल्ला गाडीहरू चिप्लिन सक्छन् । त्यो पनि आफ्नो ठाउँमा ठीकै होला । तर केवल भौतिक वस्तुको तमकझमक सबै कुरा होइन । यसको साथसाथै विचार पोखिनुपर्छ, कला कँुदिनुपर्छ, साहित्य सिर्जिनुपर्छ अनिमात्र त्यो स्थानले पूर्णता पाउँछ ।

कलाकृति स्वयम्मा अलिखित दस्तावेज हो । कला लेखिँदैन कुँदिन्छ, पढिँदैन देखिन्छ, घोरिँदैमा बुझिन्छ । यसो भनौँ विद्वान्देखि लाटासोझासम्मको साझा पुस्तक हो, कलाकृति । ठूलाठूला पुस्तकका ठेलीले उपलब्ध गराउन नसकेको ज्ञान एउटा कलाकृतिबाट प्राप्त हुन्छ । अमुक भाषामा कला आफँै बोलिराखेको हुन्छ । कलाको अन्तरहृदयमा प्रेम, सद्भाव, सम्यता तथा संस्कृति मुखरित भएको हुन्छ । जस्तै दाभिन्चीको मोनालिसा विश्वभर मुस्कुराएकी छिन् । आगराको ताजमहल संसारकै नमुना बनेको छ, पेरिसको आइफल धरहरा संसारभर चर्चित छ । हाम्रै मुलुकको ऐतिहासिक कृष्ण मन्दिर, बूढानीलकन्ठ, स्वयम्भूले मुलुकको कला, संस्कृति र सभ्यताको परिचय दिइरहेको छ ।

यसैगरी कलाको सन्दर्भ कोट्याउँदै जाँदा हालै रूपाटारमा निर्माण भएको स्मारकलाई पनि लिन सकिन्छ । यो स्मारक स्वयम् आफैँमा विचार, भावना र दर्शन मुखरित भएको कला हो । यो कलाकृतिले एकापट्टि भौतिक रूपमा आकर्षण र मनोरञ्जन दिइराखेको छ भने अर्काेतर्फ साहस, विवेक र अनुशासनको पाठ पढाइरहेको छ । कम्पाउन्डको मूलढोकाको भित्री भागमा अवस्थिति तीन बाँदरको चित्रले कम बोल्न, ठीक सुन्न र राम्रो हेर्नजस्ता मानवीय सचेतनातर्फ सन्देश दिएको छ । स्मारकअगाडि रहेका दुई सिंहले शत्रुसँग बाँच्नको लागि विवेक साथै साहस, आँट र स्वाभिमानको हुङ्कार गरिरहेको छ । चार होचा खम्बा विद्यालयको निम्ति शिक्षा नियमावली हो । एउटा खम्बा विद्यार्थीको प्रतीक हो भने, अर्काे खम्बा शिक्षकको । त्यस्तै तेस्रो खम्बा अभिभावक मानिन्छ भने चौथो प्रशासन । चार खम्बाको बीचमा अवस्थित अग्लो स्तम्भले भने विद्यालयको इतिहास जाहेर गर्दछ ।

यसरी वस्तु र विचार सूचना र सन्देश एकसाथ दिइरहेको यो स्मारक नाड्डो आँखाले जसकसैले पढ्न बुझ्न र अनुसन्धान गर्न पाइने अलिखित कृति हो । यी कलाकृतिका डिजाइनर तथा निर्देशक हुन् विक्रमश्री ।
हाल इटहरीमा स्थायी बसोबास गर्दै आएका विक्रमश्रीको निर्देशनमा किसन चौलागाई र रामु पण्डितद्वारा शील्पकारिता गरिएको स्तम्भ सम्भवतः हालसम्मको उदयपुर जिल्लाको उत्कृष्ट कलाकृति हुनुपर्दछ । पूर्वाञ्चलमा मात्र नभएर नेपालकै चर्चित कलाकार इन्जिनियर विक्रमश्रीको कलाकारिताको क्षेत्रमा छुट्टै पहिचान छ । उनको कलाकृतिमा दर्शन झल्किन्छ, शोध र अनुसन्धानको बाटो खुल्छ, लाटो हाँस्छ, बाठो घोरिन्छ । यसरी वस्तु एक विचार अनेक, कला एक सन्देश अनेक, हेराइ एक बुझाइ अनेक भएर ठडिएको स्मारकले रूपाटारलाई छुनसम्म छोएको छ, बुझ्नसम्म बुझेको छ ।

अत : अब रूपा केवल रूपारानी, रूपावासी, रूपाटार, तथा रूपात्रेय मात्र रहिनन्, रूपाको रूप र उचाइ चुलिँदै गएको छ । सङ्गीत, साहित्य र कलाको त्रिवेणी बन्न पुगिन् ‘रूपा’ । किनकि पाण्डव सुनुवारका साथ वासुदेव मुनाल सङ्गीत लिएर उपस्थित छन्, यहाँ माथि दर्जनौँ साहित्यकर्मीका माझ अनगिन्ती पुस्तक र कलम समाएर उभिएका छन्, बालकृष्ण पोखरेल ‘रूपावासी’ । त्यस्तै अग्लो पातलो शरीरभित्र आकर्षक दाह्रीका साथ मुस्कुराएका छन् विक्रमश्री । त्यसैले त होला रूपा झन्झन् भावविभोर हँुदै नाच्छिन्ः ‘साउने पानी गैरीगाउँ रूपाटार, हैमेरी मलमल जुन्कीरी.....’ को लयमा ।

No comments: