Sunday, September 17, 2017

प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको निधन ।

प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको निधन


काठमाडौं :

नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन भएको छ । विं सं. १९८६ साल असार ६ गते मवानपुरमा जन्मिनुभएका शर्माको आइतबार बिहान ४ बजे निधन भएको उहाँका निकट साहित्यकार हरिहर खनालले  जनकारी दिनुभयो ।
साहित्यकार मातृका पोखरेलका अनुसार शर्माको पार्थिव शरीर आइतबार बिहान दस बजेदेखि दुईबजेसम्म प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिने र साँझ पशुपति आर्याघाट लाने तयारी भएको छ। नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो।
नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो। । २००७ सलाको राजनीतिक परिवर्तनपछि शर्मा राजनीति, साहित्य र पत्रकारिता तीनवटै विधामा निरन्तर अगाडि बढ्नुभएको थियो । बुबाको काम वीरगञ्ज भएकाले उहाँ ६ वर्षको उमेरमा आमा हितकुमारीको निधनपछि वीरगञ्जमा हुर्कनु भएको हो ।
२००९ सालमा शर्माले वीरगञ्जबाटै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएको थियो । त्यस लगत्तै सोही साल प्रगतिशील लेखक संघको स्थापना उहाँले नै गर्नुभएको थियो । सँगै २०१८ सालमा ४१ जना पत्रकारलाई भेला गरी ‘नेपाल पत्रकार संघ’ समेत गठन गर्नु भएको थियो। साहित्यकार शर्माको पहिलो प्रकाशित कृति ‘गाउँको सफाइ वि.सं. २००१ मा प्रकाशनमा आएको थियो । उहाँको साहित्ययात्रा कविताबाट भएको देखिन्छ । १० वर्षकै उेर उहाँले पहिलो कविता लेख्नु भएको तर प्रकाशित कविता भने २००२ मा ‘उदय’ मासिकमा छापिएको‘सन्देश’ शीर्षकको हो ।
नेपाली साहित्यमा निबन्ध विधाका उत्कृष्ट लेखक शर्माको ‘त–तिमी, तपाई–हजुर’ २०१४, ‘मेरी आमा’ २०१३ लगायत दर्जनौ कृति चर्चित छन् । राजनीतिक जीवन भोगाइका क्रममा उहाँले धेरै डायरी लेख्नु भएको छ । जसमा ‘थुनुवाको डायरी (२०२८), मेरा डायरीका पानाका थुप्रै शृङखला रहेका छन्। शर्मा नेपाली साहित्यको निबन्ध, कविता, गीत, समालोचना विधाका नेतृत्वकर्ता व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याउनु भएको छ ।
-अन्नपूर्ण अनलाइन
http://aamsanchar.com बाट साभार 



























No comments: