Tuesday, February 2, 2021

प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंदै



काठमाडौँ । केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा प्रगतिशील लेखक–कलाकारहरू सडकमा ओर्लिंने भएका छन् ।

प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयका विरुद्ध २०७७ पुस २६ गते दिउसो १ बजे व्यापक सङ्ख्यामा प्रगतिशील लेखक–कलाकारहरू राजधानीको माइतीघर मण्डलामा उपस्थिति भएर विरोध प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि नै प्रतिनिधि सभा विघटनका विरुद्ध आफ्नो मत सार्वजनिक गरिसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति र राष्ट्रिय परिषदका लेखक–कलाकारका साथै पुस २६ गतेको प्रदर्शनलाई नेकपा (मसाल) सम्बद्ध रक्तिम जनसांस्कृतिक अभियान र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) तथा नेकपासम्बद्ध जनसांस्कृतिक महासङ्घले समेत ऐक्यबद्धता जनाएका छन् ।

जनसांस्कृतिक महासङ्घका सरल सहयात्रीले पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको युगदर्शनलाई जानकारी दिनुभएको छ ।
एवम् प्रकारले रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष डा. गोविन्द आचार्यले पनि पुस २६ गतेको विरोध प्रदर्शनप्रति आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभएको छ ।

प्रलेसका ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ–

१. गोपीरमण उपाध्याय, उपाध्यक्ष

२. समीर सिंह, महासचिव

३. प्रकाश थापामगर, सचिव

४. बाबुराम आचार्य, सचिव

५. मातृका पोखरेल, सल्लाहकार

६. अमर गिरी, सल्लाहकार

७. रामप्रकाश पुरी, सल्लाहकार

८. डा. बिन्दु शर्मा, सल्लाहकार

९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार

१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार

११. आरएम डङ्गोल, सल्लाहकार

१२. मिश्र बैजयन्ती, सल्लाहकार

१३. डा. पुष्करराज भट्ट, सल्लाहकार

१४. इन्द्र रेग्मी, सल्लाहकार

१५. भेषमान गिरी, सल्लाहकार

१६. डा. गोविन्द आचार्य, सल्लाहकार

१७. तेजेन्द्र प्रसाई, सल्लाहकार

१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य

१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य

२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य

२१. जनक रसिक, सचिवालय सदस्य

२२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य

२३. इन्द्र लामा, केन्द्रीय सदस्य

२४. नारायण मरासिनी, केन्द्रीय सदस्य

२५. बम बानिया, केन्द्रीय सदस्य

२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य

२७. मिन राना, केन्द्रीय सदस्य

२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य

२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य

३०. राजेश विक, केन्द्रीय सदस्य

३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य

३२. जीवन शाही, केन्द्रीय सदस्य

३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य

३४. कमल कार्की, केन्द्रीय सदस्य

३५. पुरु लम्साल, केन्द्रीय सदस्य

३६. बोधकुमार घिमिरे, परिषद् सदस्य

३७. सुवास खनाल, परिषद् सदस्य

३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य

३९. कौशिला रिसाल, परिषद् सदस्य

४०. सुभास जिसी, परिषद् सदस्य

४१. हेमराज आश्रम, परिषद् सदस्य

४२. विजय राणा, परिषद् सदस्य

४३. बिनु केसी, परिषद् सदस्य

४४. केशवनाथ योगी, परिषद् सदस्य

४५. राम बसु, परिषद् सदस्य

४६. ऋतु केसी, परिषद् सदस्य

४७. ध्रुव गिरी, परिषद् सदस्य

४८. धर्मराज दानी, परिषद् सदस्य

४९. कल्पना पौडेल जिज्ञासु, परिषद सदस्य

५०. जगत् वाशिष्ठ, परिषद् सदस्य

५१. बाबा बस्नेत, परिषद् सदस्य


www.yugdarshan.com बाट साभार 

No comments: