Friday, September 15, 2017

साहित्यकार श्यामप्रसादको अभिनन्दनका लागि समिति गठन

काठमाडौँ, चैत १३, 2072। वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको नागरिक अभिनन्दनका लागि साहित्यकारको एक भेलाले आज १५१ सदस्यीय अभिनन्दन मूल समिति गठन गरेको छ ।
साहित्यकार रामविनयको संयोजकत्वमा गठित समितिमा हेमनाथ पौडेल सहसंयोजक र डा देवी नेपाल सदस्य–सचिव छन् । यस्तै २५ सदस्यीय सचिवालय समितिमा जगत् उपाध्याय प्रेक्षित, वासुदेव अधिकारी, श्रीओम श्रेष्ठ रोदन, डा विजय सुब्बा, खगेन्द्र राई, रामप्रसाद प्रदीप, गोपीरमण उपाध्याय, अमर गिरी, मातृका पोखरेल, मित्रलाल पङ्ज्ञेनी, अनिल पौडेल, मोहन दुवाल, श्याम रिमाल, सीता शर्मा, गायत्री विष्ट, रमेश पोखरेल, रमेश शुभेच्छु, डा विन्दु शर्मा, शशि लुमुम्बु, आरएम डङ्गोल, यशोदा अधिकारी, कमल मिश्र र यादव भट्टराई रहेका छन् ।
भेलाले डा मोदनाथ प्रश्रितको संयोजकत्वमा सल्लाहकार समिति, वाचस्पति देवकोटाको संयोजकत्वमा स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको छ । भेलाले प्रकाशन, आर्थिक र प्रचारसम्बन्धी उपसमिति पनि गठन गरेको छ । समितिले उहाँसम्बन्धी विभिन्न रचनाको ग्रन्थ प्रकाशन र बाँकी रचना प्रकाशनका संयोजन गर्नेछ ।
विसं १९८६ मा मकवानपुरको सोलुथुम गाउँमा जन्मेका शर्माले राणा शासनविरोधी सत्याग्रह अभियान हुँदै विसं २००९ मा स्थापित प्रगतिशील लेखक सङ्घको संस्थापक अध्यक्ष हुनुभएको थियो । शर्माले निबन्ध, समीक्षा, सम्पादन, पत्रकारिता, राजनीति र सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन् । रासस
http://www.everestdainik.com बाट साभार

==================================================

श्यामप्रसादलाई नागरिक अभिनन्दन गरिने

राजधानी समाचारदाता
काठमाडौं, १३ चैत २०७२ 
अग्रज प्रगतिवादी साहित्यकार श्यामप्रसाद शमालाई नागरिक अभिनन्दन गरिने भएको छ । सो अभिनन्दनका लागि मूल आयोजक समिति गठन भएको छ ।राजधानीमा प्रगतिशील साहित्यकारहरूको एक भेलाले साहित्यकार शर्माको स्वास्थ्य उपचार, रचना प्रकाशन तथा नागरिक अभिनन्दन गर्न १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । साहित्यकार एवं साहित्य सन्ध्याका अध्यक्ष राम विनयको संयोजकत्वमा गठित सो समितिको सहसंयोजक प्राध्यापक हेम पौडेल रहेको साहित्यकार डा. देवी नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार मूल आयोजक समितिअन्तर्गत अभिनन्दन ग्रन्थ प्रकाशन समितिको संयोजकमा प्राध्यापक जगत् उपाध्याय, आर्थिक तथा स्वास्थ्य उपचार समितिको संयोजकमा वासुदेव अधिकारी, सल्लाहकार संयोजकमा मोदनाथ प्रश्रित र प्रचारप्रसार संयोजकमा श्रीओम श्रेष्ठ रोदन रहेका छन् ।
त्यसैगरी, समितिका अन्य सदस्यमा विजय सुब्बा, रामप्रसाद प्रदीप, खगेन्द्र राई, अमर गिरी, मातृका पोखरेल, मित्रलाल पंज्ञानी, अनिल पौडेल, मोहन दुवाल, श्याम रिमाल, डा. बिन्दु शर्मा, गोपीरमण उपाध्याय, कमल मिश्र, गायत्री विष्ट, यादव भट्टराई, शशी लुलुम्बू, रमेश पोखरेल, यशोदा अधिकारी, रमेश शुभेच्छुक, सीता शर्मा र आरएम डंगोललगायत रहेका छन् ।
साहित्यकार शर्मा प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष हुन् । शर्मा मकवानपुर जिल्लाको सोलीथुम गाउँमा वि.सं. १९८६ साल असार ६ गते बुधबार जन्मिएका थिए । हाल कमलपोखरीमा बस्दै आएका श्यामप्रसादको उमेर तेह्र पुग्दा नपुग्दै उनका पिताको पनि निधन भएको थियो । त्यसपछि नेपाली साहित्यमा लागेका श्यामप्रसादका दर्जनौं पुस्तक प्रकाशन भएका छन् ।
उनको पहिलो प्रकाशित सिंगो डायरी (कृति थुनुवाको डायरी २०३८) हो ।
यसमा श्यामप्रसाद २००५ सालमा वीरगन्जमा पक्राउ परेर सैनिक ब्यारेक हुँदै वीरगन्ज जेलमा थुनिएको समयावधिको विवरण रहेको छ । त्यसैगरी, मेरा डायरीका पाना (१९६१ (१९६५) (२०५७ मेरा डायरीका पाना (सन् १९४५ (१९६०) २०६२, मेरा डायरीका पाना (१९६६) (२०६२, मेरा डायरीका पाना १९९१÷२०६३ र मेरा डायरीका पाना १९९२ (२०६४ र मेरा डायरीका पाना (१९९३) (२०६८ मा प्रकाशित भएको छ ।
लेखक कसरी बन्ने ? २०१०) साहित्यसम्बन्धी दुई÷चार कुरा (२०२२), साहित्यका पात्रहरू (२०३९), जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य (२०५०), साहित्यमा सापेक्षता (२०५०), साहित्यिक फाँटका मेरा केही धारणा (२०५२) र मेरा समालोचना (२०६७) जस्ता उनका समालोचनात्मक कृतिहरू प्रकाशित भएका छन् ।
http://rajdhani.com.np बाट साभार 

No comments: