Sunday, September 17, 2017

नेपालको सुन्दर नगरी पोखरामा अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न ।

पर्यटकीय नगरी पोखरामा यही २०७४ साल भाद्र २४ गते अन्तर्राष्ट्रिय काव्य संगम सम्पन्न भएको छ । विभिन्न देशका स्रष्टाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संगीत नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ सरूभक्त हुनुहुन्थ्यो । देवकाेटा लुसुन प्रज्ञा-प्रतिष्ठानको आयोजना र गण्डकी साहित्य संगमको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता  देवकाेटा लुसुन प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गर्नुभएको थियो । देशभित्र र बाहिरका करिव तीन दर्जन कविहरूले कविता वाचन गर्नुभएको थियो । कविता बाचन गर्ने कविहरुमा भिम रावत, भुपेन्द्र अधिकारी, डा. विन्दु शर्मा, हरिमाया भेटवाल, बलराम तिमिल्सिना , शेषमणि आचार्य, सरस्वति प्रतीक्षा, अनिल श्रेष्ठ , केवल विनाबी, रामबाबु सुवेदी आदि हुनुहुन्थ्यो । 

उक्त अन्तर्राष्ट्रिय काव्य संगम संगममा प्रसिद्ध जनगायक जीवन शर्मा, कवि एवं गायक संगीतस्रोता र बिकाश लुंगेलीले गीत प्रस्तुत गर्नु भएको थियो । 

उक्त काव्य महोत्सवमा कवि कृष्ण प्रसाईंको  'घामको विरासत' को विमोचन भएको थियो । उक्त कवितासंङ्ग्रह नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा वरिष्ठ कवि सरूभक्त, देवकोटा लूसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ समालोचक निनु चापागाई,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य  मातृका पोखरेल, प्राज्ञ तथा वरिष्ठ कवि तिर्थ श्रेष्ट, दिल्ली एकेडेमीका सदस्य देहरादुन निवासी वरिष्ठ कवि भुपेन्द्र अधिकारी, प्रेस क्लब अफ सिक्किमका अध्यक्ष  भिम रावत , भुटानका कवि तुम्वेहाङ लिम्बु लगायतका बाहुलीबाट बिमोचन भएको थियो  । कवितासंग्रह माथि कवि  तिर्थ श्रेष्ठले   टिप्पणी गर्नुभएको थियो । 

गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो। 



























































No comments: