Friday, September 15, 2017

'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक बिचारगोष्ठी सम्पन्न

प्रगतिशील लेखक संघ नेपाल , केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा मिति २०७३ साल श्रावण ८ गते शनिवार  'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक बिचारगोष्ठी कबिता बाचन कार्यक्रमको आयोजना गरियो । वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छे ( कमरेड रोहित ) प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलले गर्नुभएको थियो । उदघाटन मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छे ( कमरेड रोहित ) ले राजनीति र साहित्यको अन्तर्सम्बन्ध बिचार र दृष्टिकोणका आधारमा रहेको धारणा राख्नुभयो। कार्यक्रमको आरम्भमा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । समालोचक पुरुषोत्तम सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्र 'साहित्य र राजनितिको अन्तर्सम्बन्ध' विषयक कार्यपत्रमाथि साहित्यकार आहुतिले विचारोत्तेजक टिप्पणी गर्नुभएको थियो । कार्यपत्रको प्रस्तुति र टिप्पणी पश्चात कविहरु बिमल निभा ,मोदनाथ मरहट्ठा,निभा शाह, प्रोल्लास सिन्धुलीय ,केबल बिनाबी , सरस्वती चिमोरिया ,हरिहर तिमिल्सिना, नरेन्द्र नगरकोटी , निर्भिकजंग रायमाझी, दिपक सापकोटा, पुष्पदास स्याउला , लक्ष्मण सापकोटा ,दिपक सापकोटा ,अनिल श्रेष्ठ ,पुरु लम्साल ,नारायण निरासी,मुक्त्तान थेबा ,रामप्रकाश पुरी, राजु स्याङ्तान, निरज लबजु आदि कविहरुले कविता वाचन गर्नुभएको थियो। प्रगतिशील लेखक संघ काभ्रे जिल्ला समितिका उपाध्यक्ष लक्ष्मण सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रगतिशील लेखक संघ , केन्द्रीय समितिका महासचिव आर. एम. डंगोलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा लोक गायक मछेश्वोर सापकोटाले एउटा सुन्दर लोकगीत पनि प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्यकार एवं प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष मोहन दुवालले पनि उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रलेस महिला उपाध्यक्ष डा. विन्दु शर्मा , प्रलेस उपाध्यक्ष खेम थपलिया ,प्रलेस उपाध्यक्ष पुष्करराज भट्ट ,प्रलेस उपाध्यक्ष रामप्रकाश पुरी प्रलेस केन्द्रीय काेषााध्यक्ष बिजयराज आचार्य , पारिजात स्मृति केन्द्रका अध्यक्ष लक्ष्मी माली , वरिष्ठ कवि स्नेह सायमी , वरिष्ठ साहित्यकार गोपीरमण उपाध्याय , कवि बलराम तिमल्सिना , कवि छविरमण सिलवाल आदिको उपस्थिति रहेको थियो । 




No comments: