Sunday, September 17, 2017

गुुणराज लुइटेलले ल्याए जलेको मन



 काठमाण्डौं । कवि गुणराज लुइटेलको कविता कृति ‘जलेको मन’ एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । अन्र्तराष्टिय« नेपाली साहित्य समाज च्याप्टरको आयोजनामा शुक्रबार काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, कथाकार मायाँ ठकुरी, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, पत्रकार राजेन्द्र श्रेष्ठ,  नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष महेन्द्र विष्ट, साहित्यकार गार्गी शर्मा, मातृका पोखरेल लगायत विशिष्ट साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका कवि लुइटेलले अमेरिकामा बस्दाखेरिका पीडाहरुलाई कविता मार्फत प्रस्तुत गरेका छन् । उनका कवितामा देश बोलेको छ , जीवनका भोगाइहरु  बोलेका छन्  साथै  विकृति र विसङगति उदांगिएका  छन् ।

कार्यक्रममा बोल्दै लुइटेलले भने ‘ मेरो यो कविता कृति संसारभरी रहेका नेपालीहरुको पीडाको कृति हो ।’

http://sansarnews.com बाट साभार 

No comments: