Sunday, September 17, 2017

लोकतान्त्रिक श्रष्टाको संयुक्त मञ्च पुनःगठन गर्न कमिटी


काठमाडौँ ।
२०७३ चैत ३० 

लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चलाई पुनः गठनका लागि नौ सदस्यीय भेला आयोजक कमिटी गठन गरिएको छ । 
लोकतान्त्रिक आन्दोलनमा स्रष्टालाई दमन भएको दिनको स्मरणमा ‘स्रष्टा चैत ३०’ संस्थाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रम सो आयोजक कमिटी गठन गरिएको हो । 
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन र मुलुकको समृद्धिको यात्रालाई लेखनी र सङ्गठनका माध्यमबाट निरन्तर खबरदारी गर्न सो वाम–प्रजातान्त्रिक स्रष्टाको साझा मञ्चको पुनः आवश्यकता औँल्याइएको हो । 
आयोजक समितिमा डा तुल्सीप्रसाद भट्टराई, डा विष्णुविभू घिमिरे, हरिगोविन्द लुइँटेल, मातृका पोखरेल, डा ईश्वरचन्द्र ज्ञवाली, सुलोचना मानन्धर, आरएम डङ्गोल, मनोज न्यौपाने र प्रकाश सिलवाल रहेका छन् । 


तमोट र जोशी सम्मानित 

यस वर्षको स्रष्टा सम्मान श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ । 
वरिष्ठ साहित्यकार वैरागी काइँलाले सो सम्मान प्रदान गर्र्दै गणतन्त्र प्राप्तिका लागि स्रष्टाले खेलेको भूमिका ऐतिहासिक भएको बताए । 
“स्रष्टाको मर्म र भावनालाई राजनीतिक दल र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ,” उनले भने । 
कार्यक्रममा कवि पूर्ण विरामले ‘त्यो योद्धा को होे ?’ शीर्षकको कविता वाचन गरेका थिए । 


रासस
प्रकाशित मिति : २०७३ चैत ३१ बिहिबार

http://www.hamrakura.com बाट साभार 

===========================================

लोकतान्त्रिक स्रष्टाहरु नयाँ पहलमा

चैत्र ३१, २०७३ काठमाडौँ । यस वर्षको लोकतान्त्रिक स्रष्टा सम्मान “गाउँगाउँबाट उठ” जस्ता लोकतान्त्रिक गीतहरुका लेखक श्याम तमोटलाई र झ्याम्म झ्याम्म शैलीमा लोकतान्त्रिक देउडा गाउने गायक नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ ।
२०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरुमाथि व्यापक दमन भएको दिनको स्मरणमा हिजो ‘स्रष्टा चैत ३०’ संस्थाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सो पुरस्कार दिइएको हो ।
वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कूलपति बैरागी काइँला, प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभु घिमिरे तथा प्राज्ञ ज्ञानु पाण्डेले सो सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा विगत लोकतान्त्रिक आन्दोलनहरुमा स्रष्टाहरुले रचनाकर्म र भौतिक सक्रियता दुवै तरीकाले खेलेको भूमिकाको स्मरण गरियो । बैरागी काइँलाले स्रष्टाहरुको उक्त भूमिका ऐतिहासिक भएको तर आन्दोलनपछिका दिनहरुमा जनताका अपेक्षाकृत कामहरु हुन नसकेको बताए । आन्दोलनका उत्कर्षका दिनहरु २०४६ चैत्र ३ र २०६२ चैत्र ३० को विशेष स्मरण गरिएको उक्त कार्यक्रममा २०६२ मा लामो समय सेनाको हिरासतमा परेका कवि पूर्ण विरामले ‘त्यो योद्धा को हो ?’ शीर्षकको कविता वाचन गरेका थिए । सो अवसरमा पुरस्कृत प्रतिभाहरुले लोकतान्त्रिक आन्दोलनका उपलव्धीहरुको राम्रो उपयोग र रक्षा हुन नसकेकोमा चिन्ता जाहेर गरे । शिल्पी थिएटरको सभाकक्षमा भएको उक्त कार्यक्रममा ‘स्रष्टा चैत ३०’ का संयोजक मनोज न्यौपानेले लोकतान्त्रिक स्रष्टाहरुको ऐक्यवद्ध प्रयत्न र संघर्ष अविस्मरणीय रहेको बताए ।
सो कार्यक्रमका अवसरमा विगत आन्दोलनका क्रममा राजनीतिक दलहरु लोकप्रिय हुन नसकेर आन्दोलन शिथिल भइरहेको समयमा नागरिक आन्दोलन अन्तर्गत लेखक, कलाकारहरको प्रस्तुति र प्रयत्नले राम्रो काम गरेका पक्ष अझै सान्दर्भिक रहेको भन्दै ०६२ सालमा स्थापित लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चलाई पुनः क्रियशील गर्नु जरुरी भएको निष्कर्ष निकालियो । यसका लागि आवश्यक छलफलहरु गरी अवधारणा निर्माण गर्नका लागि एक भेला आयोजक समिति गठन गरियो । ९ सदस्यीय सो आयोजक समितिमा डा. तुल्सीप्रसाद भट्टराई, डा. विष्णुविभू घिमिरे, हरिगोविन्द लुइँटेल, मातृका पोखरेल, डा. ईश्वरचन्द्र ज्ञवाली, सुलोचना मानन्धर, आरएम डङ्गोल, मनोज न्यौपाने र प्रकाश सिलवाल रहेका छन् ।
लोकतान्त्रिक गणतन्त्रका उपलव्धीहरुलाई जोगाई मुलुकको समृद्धिको यात्रामा लेखनी र सङ्गठनका माध्यमबाट निरन्तर खबरदारी गर्न सो वाम–प्रजातान्त्रिक स्रष्टाहरुको साझा मञ्चको पुनः आवश्यकता औँल्याइएको हो ।
यस मोर्चाको भावी स्वरुपका बारेमा जिज्ञासा राख्दा प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्राज्ञ मातृका पोखरेलले यस मोर्चालाई एउटा अर्को थप संगठनको रुपमा भन्दा एउटा खुकुलो संयुक्त मोर्चाको रुपमा जीवित तुल्याइएमा बढी व्यवहारिक हुने प्रतिकृया मूल्याङ्कनलाई दिए ।
खासगरी लोकतान्त्रिक संस्कृति निर्माणका लागि अवरोधहरु चिर्न तथा सकारात्मक पहल गर्नका लागि खवरदारी गर्दै उत्प्रेरक भूमिका खेल्ने एउटा खुकुलो खालको छातासंगठनको निरन्तरता जरुरी भएको राय त्यस कार्यक्रममा उपस्थित सवै स्रष्टाहरुको थियो ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन र मुलुकको समृद्धिको यात्रालाई लेखनी र सङ्गठनका माध्यमबाट निरन्तर खबरदारी गर्न सो वाम–प्रजातान्त्रिक स्रष्टाको साझा मञ्चको पुनः आवश्यकता औँल्याइएको हो ।

तमोट र जोशी सम्मानित

यस वर्षको स्रष्टा सम्मान श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार वैरागी काइँलाले सो सम्मान प्रदान गर्दै गणतन्त्र प्राप्तिका लागि स्रष्टाले खेलेको भूमिका ऐतिहासिक भएको बताए ।
“स्रष्टाको मर्म र भावनालाई राजनीतिक दल र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ,” उनले भने । कार्यक्रममा कवि पूर्ण विरामले ‘त्यो योद्धा को होे ?’ शीर्षकको कविता वाचन गरेका थिए ।

http://emulyankan.com बाट साभार 

No comments: